सांसदका छोरालाई कविता र पुस्तक दाइजो

असोज १९, २०७६

काठमाडौं – पूर्वमन्त्री एवं सांसद सोमप्रसाद पाण्डेयका छोरा अचलराज पाण्डेयले आफ्नो विवाहमा दाइजोस्वरूप कविता र पुस्तक पाएका छन् ।

पाल्पा मदनपोखरा निवासी पाण्डेयको तिलोत्तमा– ८ मणिग्राम शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारि पराजुली तथा गीता पराजुलीकी छोरी अस्मिता पराजुली विवाह भएको हो ।


ADVERTISEMENT

दाइजोरहित विवाहमा पराजुली दम्पत्तिले फ्रेममा राखिएको कविता वाचन गरी आफूद्वारा लिखित पुस्तक उपहार दिए ।

सम्धीहरूलाई टीका, एक–एक वटा गुलाफकासहित दोसल्ला ओढाएर तथा जन्तीहरूलाई टीका र फूल समर्पण गरेर बिदाइ गरिएको थियो ।

वैवाहिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नं. प्रदेशका विभिन्न मन्त्री, सांसद् तथा साहित्यकारहरूको उपस्थिति
रहेको थियो ।

असोज १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार