कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं – दशैंको पूर्वसन्ध्यामा ऐनबहादुर शाही गत बिहीवार वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश सरकारका विभिन्न मन्त्रालय धाइरहेका थिए ।
राउटे समुदायका लागि दशैं खर्च जुटाउन आएका उनी जसलाई भेट्यो उसैलाई नमस्कार गर्दै पैसा माग्थे ।
अन्य केही राउटेहरू बजारका विभिन्न पसल चहारिरहेका थिए ।
‘हामीलाई यो वर्ष दशैं मान्ने खर्च कम भएको छ,’ ऐनले भने, ‘सरकारले दिन्छ कि भनेर आएका हौं ।’
दैलेखको गुराँस गाउँपालिकास्थित कान्छी बजारमा अहिले १४५ जना राउटे बसिरहेका छन् । दशैंमा सरकारले सहयोग गर्ने उनीहरूको आशा छ ।
‘स्थानीय सरकारले हामीलाई खसी देला कि भन्ने आश मान्याका छौं,’ उनले थपे, ‘दशैं मान्नका लागि खर्च जुटाउन एक टोली काठमाडौं गएको छ । कोही दाङ, कोही नेपालगञ्ज गएका छन् । हामी यहाँ आएका छौं ।’
उनले दशैं सबैभन्दा ठूलो चाड भएका कारण यसलाई भव्य रूपमा मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने उनको माग थियो ।
‘हाम्रा जनतालाई सरकारले तत्काल खसी किन्ने रुपैयाँ दिनुपर्छ,’ शाहीले भने, ‘नभए हामीलाई खसी दिएपनि हुन्छ ।’
भक्तपुर दरबार स्क्वायर लगायतका स्थानमा आफूहरूले उत्पादन गरेको हस्तकलाको सामग्री प्रदर्शनी एवं बिक्री गर्न प्रकाश शाहीको नेतृत्वमा एक टोली राजधानी पुगेको थियो ।
प्रकाशसँगै, शिवराज, दीपक र कलम शाहीसहितको टोलीको टोली सुर्खेत आइसकेको छ ।
दैलेखमा ४६ घर भएकाले ४६ वटै खसी चाहिने माग उनीहरूले गरे ।
‘हाम्रा ४६ ओटा घरका लागि कम्तिमा ४६ वटा खसी चाहिन्छ,’ उनले भने, ‘सरकारले नदिया हामीलाई कसले दिने हो ?’
उनले दशैं पर्वमा दानदक्षिणा दिनुपर्ने भएका कारण खर्च बढी आउने गरेको बताए । ‘छोरीचेलीलाई दान दक्षिणा दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि हामीलाई धेरै रुपैयाँ चाहिन्छ ।’
सरकारले आफूहरूलाई पैसा दिनुपर्नेमा उनको जोड थियो ।
देशैभर पुग्दै राउटे
दैलेखमा बसिरहेका राउटे समुदायका लागि दशैं धेरै पैसा जम्मा गर्ने पर्वको रूपमा आउने गर्छ, तर उनीहरूले जति पैसा संकलन गरेपनि मदिरामा नै स्वाहा गर्ने गरेका छन् ।
‘राउटे समुदायले दशैंमा देशैभरी पुगेर रुपैयाँ संकलन गर्छन्,’ स्थानीय नन्दकृष्ण आचार्य भन्छन्, ‘उनीहरू नगरपालिका, प्रदेश सरकार, सरकारी तथा गैरसरकारी संघ संस्थामा धाउने गरेका छन् । उनीहरूले ठूलो मात्रामा रकम संकलन गर्ने गरेतापनि त्यो पैसा भने मदिरामा नै सक्ने गरेको मैले पाएको छु ।’
के गर्दैछ गुराँस गाउँपालिका ?
यता, राउटेको बस्ती बसिरहेको गुराँस गाउँपालिका भने राउटेका लागि भत्ता दिइसकिएको बताउँछ । गाउँपालिका प्रमुख खेम वलीले राउटे समुदायको धेरै भार गाउँपालिकाले बोकेको बताए ।
‘हामीले राउटे समुदायका लागि धेरै काम गरिसकेका छौं,’ उनले भने, ‘राउटेले पाउने भत्ता हामीले दिइसकेका छौं । अब राउटेका लागि अन्य के गर्न सकिन्छ हामीले तयारी गरिरहेका छौं ।’
राउटे परियोजना सञ्चालन गरिरहेको सामाजिक सेवा केन्द्र सोसेकले राउटेका लागि केही खसी उपलब्ध गराउने संस्थाका अध्यक्ष हिरासिंह थापाले जानकारी दिए ।
‘धेरै त भन्न सकिँदैन, केही खसी उपलब्ध गराउँदैछौं,’ उनले भने ।
उनले राउटेलाई निःशुल्क रूपमा खसी उपलब्ध गराइरहँदा उनीहरूको बानी थप मगन्ते भइरहने बताए ।
‘सबैकुरा निःशुल्क दिने गरिएका कारण दिन प्रतिदिन राउटे समुदाय मगन्ते बन्दै गएको छ,’ उनले भने, ‘राज्यले नै नीति बनाएर अघि बढनुपर्छ, नभए राउटे समुदाय लोप भएर जानेछन् ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...