पुरुषको अनावश्यक चासोबाट कसरी बच्ने महिलाले ?

असोज १९, २०७६

तपाईं कुनै बारमा एक्लै बसेर ड्रिंक लिइरहनुभएको छ अनि एक नचिनेको पुरुष त्यहाँ आइपुग्छ । 

ऊ तपाईंसँग कुरा गर्ने कोशिश गर्छ र तपाईंले बारम्बार अस्वीकार गरेपनि टाँसिइरहन खोज्छ । यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ? 


ADVERTISEMENT

कि त तपाईंले त्यहाँबाट उठेर अन्तै जानुप–यो कि त कसैले आएर हस्तक्षेप गर्ला कि भनी कुर्नुप–यो । 

प्रत्येक महिलाले कुनै न कुनै बेलामा कुनै अपरिचित पुरुषले जबर्जस्ती कुरा गर्ने कोशिश गरेको अनुभव गर्नुपरेका हुन्छन् ।

त्यसैले बेलायती पत्रकार ऐम्ना सलीमले आफूमाथि भएको घटना ट्विटरमा सुनाइन् । त्यसपछि सामाजिक सञ्जालमा बहस चल्यो, कसरी पुरुषले महिलाको इच्छाविना नै उनीहरूको निजी स्पेसमा हस्तक्षेप गर्छन् । 

अर्की एक महिलाले पनि यस्तै घटना शेयर गरिन् । इटालीको फ्लोरेन्समा एक व्यक्तिले उनीसँग जबर्जस्ती डान्स गर्ने कोशिश गरेको उनले बताइन् । 

उनी भन्छिन्, ‘मलाई एक अपरिचित युवतीले बचाइन् । उनले मनजिक आएर मेरो मिल्ने साथीले झैं चिच्याइन् ।’

ऐम्नाको ट्वीटको जवाफमा ज्यामियल नामक एक प्रयोगकर्ताले रमाइलो घटना सुनाइन् । 

उनले लेखिन्, ‘एकचोटि ट्रेनमा एक युवकले युवतीलाई सताइरहेको थियो र उनी एक्लै थिइन् । त्यसैले मेरो दाइले ती युवतीको पति भएको अभिनय गरे अनि त्यो युवक त्यहाँबाट गयो ।’

यो घटना १० वर्षअघिको हो र उनको दाइ अहिले साँच्चै ती युवतीका पति हुन् । 

आयरल्यान्डको डब्लिनमा बस्ने एक व्यक्तिले बताएअनुसार, उनले धेरैचोटि सीधै हस्तक्षेप गर्ने कोशिश गरेका छन् । 

उनले लेखे, ‘मैले सताइरहेको केटालाई भनें, यार तिमी जाऊ, केटीमा तिमीप्रति रुचि छैन । तर कुरा बिग्रियो । त्यो केटा रिसायो र झगडा चर्किन खोज्यो ।’

फ्रान्सका सायरा सुझाव दिन्छिन्, ‘सताउन खोज्ने मानिसलाई वाहियात प्रश्न सोधेर अल्झाउनुस्, जस्तो, सरी, कति बज्यो ?’

असोज १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस