×

NMB BANK
NIC ASIA

कार्यस्थलको दशैं

ट्राफिकको दशैं सडकमै : थापाथली र सिंहदबारअगाडि सिट्ठी फुक्दैछन् सरिता र कमला

असोज २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारअगाडि सिट्ठी फुक्दै सवारी जामलाई व्यवस्थित गरिरहेको अवस्थामा भेटिइन्, ट्राफिक प्रहरी सरिता परियार ।

Sagarmatha Cement
Muktinath Bank

सरिताले यसरी जनताको सेवा गर्न थालेको २०७३ सालबाट हो । अहिले उनको दैनिकी राजधानीका विभिन्न चोक तथा सडकमा सवारी व्यवस्थापन गर्नमै बित्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दू नेपालीहरूको महान चाड बडादशैं अहिले घरघरमा आइसकेको छ । दशैंको नवरात्र चलिरहँदा उनी सडकमा सिठ्ठी फुकिरहेको अवस्थामा भेटिइन् ।


Advertisment
Nabil box
Kumari

यसपालिको दशैंमा सरिता मोरङस्थित घर जान पाइनन् ।

Vianet communication
Laxmi Bank

‘देश र जनाताको सेवा गर्छु भनेर आएपछि यस्ता सानातिना कुरालाई स्वीकार्न सक्नु पर्दोरहेछ,’ सरिताले लोकान्तरसँग भनिन् ।

प्रहरीको काम यसैपनि नागरिकको सुरक्षामा खटिनु हो, त्यसमाथि चाडबाडको समयमा अन्य प्रहरी जस्तै ट्राफिक प्रहरी पनि विशेष चनाखो रहनु आवश्यक हुन्छ । ‘ट्राफिक प्रहरीलाई पनि चाडबाडमा चुनौती नै हुन्छ,’ सरिता भन्छिन्, ‘दशैंको बेलामा मदिरा सेवन गरेर तीव्र गतिमा सवारी चलाउनेहरूले गर्दा अरूलाई पनि असर पर्ने गरेको छ ।’

आमाले बिदा मिलाएर आऊ है छोरी भनेर फोन पनि गरिन्, तर जान नपाउँदा थोरै खल्लोचाहिँ उनलाई लागेको छ ।

मन भारी बनाएरै भएपनि उनले आमालाई सम्झाइछन्, ‘दशैंमा आउन बिदा मिल्दैन आमा, अरू बेलामा बिदा मिलाएर आउँछु नि ! प्रहरीको जागिर, भनेको बेलामा बिदा पाइँदैन, तपाईंहरूचाहिँ दशैं राम्रोसँग मनाउनु होला ।’

दशैंभरी ड्यूटीमा खटिने सरिताले घर जान नपाए पनि ट्राफिक प्रहरी प्रमुखको हातबाट टीका लगाउने योजना भने बनाइएकी छन् ।

ब्यारेककै साथीहरूसँग रमाइलोसँग दशैं मनाउने उनले बताइन् । ‘मान्छे जहाँ बस्यो त्यहीँ रमाउन सिक्नुपर्छ, ब्यारेकका साथीभाइ पनि घरपरिवारजस्तै मान्नुपर्छ,’ उनले भनिन् ।
....

रोल्पाकी कमला खड्का थापाथली चोकमा बिहानैदेखि ट्राफिक व्यवस्थापनमा खटिएकी हुन्छिन् । यसपालिको दशैंमा उनी पनि घर नजाने भएकी छन् । 

काठमाडौं उपत्यकामा सवारी व्यवस्थापन र दशैंको बेलामा हुनसक्ने दुर्घटना न्यूनिकरणका लागि आफूले बिदा नपाएको उनले सुनाइन् ।

‘यसै त प्रहरीको जागिर दशैंतिहारमा धेरै खटिनुपर्ने भएकाले बिदा पाउने भन्ने सम्भावना निकै कम हुन्छ । घर जान पाइँदैन भनेर मानसिक रूपमा पहिले नै तयार भएका हुन्छौं,’ कमलाले भनिन्, ‘अन्य समयमा अलि भीडभाड हुँदा दिनभरि नै व्यस्तता हुन्थ्यो, दशैंको बेलमा अलि सुनसान त हुन्छ तर पनि ड्युटीमा खटिनै पर्‍यो ।’

यसपालिको दशैं ब्यारेकमै साथीहरूसँग मनाउन उनको योजना छ । सरिताले जस्तै ट्राफिक प्रहरी प्रमुखबाट टीका थाप्ने योजना उनले पनि बनाएकी छन् ।

उनको श्रीमान भने घर जाँदैछन् । दशैंमा श्रीमानसँग छुटिनुपर्दा नरमाइलो चाहिँ लागेको छ । ‘उहाँ (श्रीमान) घर जानुहुन्छ, म यसपालि जान नपाउने भएँ,’ कमलाले भनिन्, ‘घर टाडा छ, घर जानका लागि समय पनि धेरै लाग्छ, नजिक भए त सजिलो हुन्थ्यो नि के गर्नु !’

माइती र घर दुवैतिरबाट उनलाई फोन आइरहेको छ, तर जिम्मेवारीमा बाँधिएकी छिन्, उनी । 

‘माइती घरबाट बाआमाले यसपालि घरमा आए हुन्थ्यो भनेर फोन गर्नुभएको थियो, सासूससुराले पनि बुहारी घरमा आएर दशैं मनाउनु पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो,’ उनले लोकान्तरसँग सुनाइन्, ‘जनताको सेवा गर्छु भनेर प्रहरीको  जागरि खाएपछि परिवार पनि दोस्रो प्रायोरिटीमा पर्ने रहेछन् ।’

सम्भव भएमा अर्को वर्ष घरनजिकै दरबन्दी मिलाएर परिवारको साथमा दशैं मनाउने उनको योजना छ ।

साथै उनले चाडबाडको समयमा सडक खाली भयो भनेर ट्राफिक नियमलाई बेवास्ता नगर्न पनि सुझाव दिइन् ।

‘ट्राफिक नियम भनेको सबैका लागि हो । सवारी साधन हो, भनेको ठाउँमा ब्रेक लाग्दैन, स्पीडमा सवारी नकुदाउनु होला । दशैंको समयमा घरपरिवार तपाईंलाई कुरेर बसिरहेका हुन्छन् भन्न चाहन्छु,’ उनले भनिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x