×

NMB BANK
NIC ASIA

संस्कार आ-आफ्नै

पश्चिम तराईमा डसियाको उल्लासः ढिकरहुवा, पिट्रहुवादेखि सेतो टीकासम्म

असोज २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– हिन्दूधर्मलम्वीहरूको घर अंगनमा यतिबेला दशैंको उल्लास छाएको छ । उही तिथिमा पश्चिम नेपालका थारू समुदाय आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’को रौनकतामा झुमिरहेको छ । 

Muktinath Bank

साहित्यकार छविलाल भन्छन्– ‘दशैं र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो । तर सामाजिक मूल्य मान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हेर्दा भिन्न, भिन्नै रहेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आम हिन्दू धर्मावलम्बीहरूले देवता र दानवहरू बीचको लडाईमा देवताहरूले विजय प्राप्त गरेको हुनाले बिजय उल्लासको साथ मान्यजनहरूबाट रातो टीका लगाउने र दुर्गाको पूजा गरी मनाउँछन् । तर उही तिथिमा थारू समुदायले आफ्नो पूर्खाहरूको दिवंगत आत्माले शान्ति पाओस् भनी पूर्खाहरूको सम्झनामा डसिया मनाउने प्रचलन रहदै आएको सहित्यकार कोपिला बताउँछन् ।


Advertisment
Nabil box
Kumari

थारू समुदायमा असोज महिनाको औंसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ भएको छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएइको माटोको भाँडा)मा राख्ने प्रचलन छ । मल्सी नभए डेहुरारको पाटा (पूजा कोठा) माथि भुईमा पनि राख्ने चलन छ । यो समुदायले आफ्नो कुलदेवतालाई डसियामा जमरा र बाबरी मात्रै चढाउँछन् । फूल चढाउने प्रचलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने प्रचलन नै नभएको पनि सहित्यकार कोपिलाको दाबी छ । जुन संस्कार नै थारू जातिको मौलिक विशेषता भएको उनी अगाडी थप्छन् ।

Vianet communication
Laxmi Bank

‘थारू समुदायमा देउता नुहाउने काम तथा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूट मान्ने चलन अनुसार डसियामा पनि पूर्खाहरूको मृत्युको कारण छूट मानिने भएकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने गरिन्छ’, डसियाको पूजा विधिवारे प्रकाश पार्दै सहित्यकार कोपिला भन्छन्–‘भित्तामा बकुल्ला बनाउने । दिवंगत आत्माले शान्ति पाओस् र यिनै बकुल्ला माथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । गुर्वाहरू (तान्त्रिक)को वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारू आफ्नो पूर्खाहरूको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् ।’ 
बानढुप बनाउने र चढाउने

थारू समुदाय डसियामा आफ्ना कुलदेवतालाई चढाउनको लागि बनाइने ‘बानढुप’लाई पनि महत्वपूर्ण मानिन्छ । बानढूप भनेको गुर्वाहरूले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धान लगायत सात किसिमको फूला लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानढुप पनि धेरै जसो थारूहरू दहित थर भएकाहरूकै चलाउँछन् । अन्य थरको गुर्वाहरूले पनि चलाउँछन् । तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन आएकोमा बताइएको छ ।

पिट्टर दिने प्रचलन

यसैबीच थारू समुदायभित्र पिट्टर (पिण्ड) दिने प्रचलन रहदै आएको छ । थारूभित्रको दहित गोत्र भएका थारूहरूले पञ्चमीको दिन (१६ गते) र आम थारूहरूले नवमीका दिन पुर्खाहरूलाई सम्मान गर्दै श्राद्ध तथा पिट्टर दिने कार्य गछैन् ।

थारू बुद्धिजीवी महावीर दहितको अनुसार श्राद्धको लागि पुईको साग, मसुर या मासको भुजा, माछाको सुकुटी, दहिलगायत खाद्य सामग्री जोहो गरिन्छ ।

उनी भन्छन्–‘डेहुरार ‘पिट्टर’ दिने चलन अनुसार पुस्तान्तर अनुसार खानेकुरा राख्ने गरिन्छ । जस्तो कि, सात पुस्ताको पितृलाई सम्झिदा सात वटा टपरीमा र पाँच पुस्ताको पितृलाई पाँच टेपरीमा खानेकुरा राखिन्छ । तर दहितथारू भित्र नौ टपरीमा खानेकुरा राखिने र टपरीको अगाडी १८ वटा दुुनाहरूमध्ये नौ/नौ वटा लहरै राखिन्छ । पहिलो लहरमा जल र अर्कोमा मिठाइ वा रक्सी चढाइन्छ ।’

ढिकरहुवा उत्सव

जखोर लेक परिषद (इन्जल) नेपालद्वारा प्रकाशित थारू भित्तेपात्रो अनुसार असोज १७ गते झोलझर्ना (घर सरसफाई गर्ने), १८ गते पैनस्टोपी ढोइना अर्थात ढिक्रि (चामलको विशेष परिकार) बनाउने उपकरण धुने दिन परेको थियो । १९ गते ढिकरहुवा (ढिक्रि उत्सव), २० गते पिट्टर अस्राइना (पिण्ड सेलाउने) र २१ गते टीका थप्ने दिन परेको हो ।

थारू बृद्धिजीवीहरूका अनुसार पैनस्टोपी धोएको भोलिपल्ट ढिकरहुवाको उत्सवको तयारी विहानैदेखि सुरु हुन्छ । घरको मुुली अथवा पूजापाठ गर्ने व्यक्ति दिनभरी निराहार व्रत बसेका हुन्छन् । उनीहरूले नै नयाँ धानको चामलको पिठो बनाइ ढिकरी बनाउँछन् । साथै विभिन्न आकार प्रकारका ढिक्रि बनाइ प्रसादको रूपमा आफ्नो कुल देवतालाई चढाउने प्रचलन रहेको बताइन्छ । खासगरी गोलो ढिक्रि, लाठी ढिक्रि, पौवा ढिक्रि, ढकिया ढिक्रिलगायत आकार प्रकारको ढिक्रि बनाइन्छ । पूजापाठको लागि वनबाट बेलको पातसहितको हाँगा, कुश, भेला (रुख)को पात ल्याइन्छ । 

दिनभरि निराहार व्रत बसेका व्रतालुहरू साँझपख विधिपूर्वक ल्याएको बेलको हाँगा पूजाकोठामा गाडी त्यसको काँडामा ढिक्रिहरू लहरै खोपेर कुल देवताको पूजापाठ गर्ने संस्कार रहेको कैलारी गाउँपालिका–६ बेनौलीकी चोंधिया देवी थरुनी बताउँछिन् ।

त्यस्तै, सहित्यकार कोपिला थप्छन्–‘साँझ डेहुरार रहेका र बाहिर रहेका सबै देउताहरूलाई नुहाएर छिनोनि पानी छर्केर नयाँ दियो बाल्छन् र गोलो ढिक्रि, बाबरी, जमरा, रक्सी (टौला र बजारि) र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रूपमा कुपिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्छन् । गोठमा ढमराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरूलाई पूज्दछन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् र सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् ।’

पशुपन्छीको बलि दिने संस्कार

नवमीको दिन बिहानै घरमूली तथा पूजा गर्ने व्यक्तिले नुहाएर सबै देउताहरूलाई अघिल्लो दिन झै जमरा–बाबरी चढाएर कुखुराको बलि दिन्छन् । बलि दिनुभन्दा पहिले पाटा माथिको बर्ह्नि (झारु) हटाएर नयाँ बहर्नी राख्छ । जुन एक वर्षपछि दोश्रो डसियासम्मको लागि मात्रै राखिन्छ र दोश्रो डसियामा पनि त्यो बहर्नी साटिन्छ ।

देउता नभएको मानिसले एक अथवा तीनवटा आफ्नो चलन अनुसार कुखुरा पूज्दछन् भने देउता भएका घरका मानिसले सातदेखि १५ वटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् । देवताहरूको प्रकृति अनुसार वलि सँगै जमरा, बाबरी, रक्सी, बानढुप चढाएर सेतो टीका लगाउँने प्रचलन रहेको सहित्यकार कोपिला बताउँछन् ।

पूजा सकिएपछि महिलाहरू नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करैमा छाँकि, समूह–समूहमा महिलाहरू ढकियामा डेहुरार राखिएको पूरानो बर्ह्नि, पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गर्छन् त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकि र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आफूसंग लिएर आएको छाँकि आपसमा मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् । 

डसियामा सेतो टीका

डसियाको टीकालाई ‘राजा–टीका’ रूपमा मनाइने प्रचलन थारू समुदाय छ । गाउँको महटवा अथवा भलमन्साको घरमा आफु भन्दा ठूलाबाट अर्शिवादसहित टीका लिने प्रचलन रहि आएको छ । उसो त गाउँभरी घर–घरमा आफ्नो मान्यजनहरूको हातबाट टीका थपिन्छ । आजभोलि रातो टीकाको प्रयोग भएपनि थारू समुदाय सेतो पीठोको टीका नै परम्परादेखि चल्दै आएको बताइन्छ । सेतो टीका शोकको टीका हो । यसलाई शान्तिको प्रतिक रूपमा लिने गरेको थारू बुद्धिजीवीको ठहर छ ।

यसैबीच थारू गाउँमा विभिन्न खाले सांस्कृतिक कार्यक्रम हुन्छन् । यूवायुवतीहरू आजभोलि स्टेजमा सांस्कृतिक कार्यक्रमदेखि परम्परागत झुम्रा, सखिया नाच नाचिने र गर्छन् ।

अइ टे गैली बरी डुुरिक पहुनी हो,
ए हो.....धानिन् चेरिया अंगना बहार,
अइ टे गैली बरी डुुरिक पहुनी हो,
ए हो....अर्रर गोडरिया बिछाई ।
...
लडियाके ढिकुवाई ढिकुवाई फूलावा गैली हो,
सखी हो, फूलवा लगैली गेडा सार ।
...
‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,
ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’
...
एनरी बाहाँस हो काटी कमवा सिटैबु
कमवा सिटैबु मै पिन्जला बनैबुँ
पिन्जला बनैबु मै सारी सुगा पलबु
वचनक बिनल पिन्जला कबु रे जिनी टुट
टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना ।।

यसैबीच बुढापाकाहरू आपसमा बर्किमार गाउँछन् । महाभारतको गाथामा आधारित लोक महाकाव्यको रूपमा रहेको बर्किमार अर्थात ठूलो लडाइको गीत गाउँछन् । जुन १२ पैढार (अंश) मा उल्लेख छ ।
बेबुरी बिनायक झमकी उरावै, बिना बुुन्डी टुहार पास ।

घनपती घनरे सुगा कई ठोर, हृडा बाइस मोती डेहो रे सिखाइ ।
भगमोती शरण लेहबु टोहार नाउँ, डेखि धरम देवी बन्धन बा ।।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x