कोशिका सम्बन्धी खोज गर्ने तीन वैज्ञानिकले जिते चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

असोज २०, २०७६

काठमाडौं – यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा विलियम जी काएलिन जुनियर, सर पिटर जे र्‍याटक्लिफ र ग्रेग एल सेमेन्जालाई दिने घोषणा सोमवार गरिएको छ । 

शरीरका कोशिकाहरूले अक्सिजनको उपलब्धतालाई कसरी थाहा पाउँछन् र त्यस अनुकूल आफूलाई ढाल्छन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरूलाई पुरस्कार दिइएको नोबेल एसेम्ब्लीले जनाएको छ । 


ADVERTISEMENT

असोज २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार