अन्तरिक्षविज्ञानमा काम गर्ने तीन वैज्ञानिकलाई दिइयो भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

असोज २१, २०७६

काठमाडौं – यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरू जेम्स पीबल्स, मिशेल मेयर र डिडिएर क्वेलाजलाई दिने घोषणा मंगलवार गरिएको छ । 

पीबल्सलाई भौतिक ब्रह्माण्डविज्ञानमा सैद्धान्तिक आविष्कार गरेकाले यो पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । उनले पुरस्कारको आधा रकम पाउनेछन् । पीबल्स अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा आबद्ध छन् ।


ADVERTISEMENT

मेयर र क्वेलोजलाई चाहिँ सूर्य जस्तो एक ताराको परिक्रमा गर्ने एक्जोप्लानेट पत्ता लगाएकाले पुरस्कार दिन लागिएको हो । उनीहरूले पुरस्कारको बाँकी आधा रकम प्राप्त गर्नेछन् । 

मेयर स्विट्जरल्यान्डको जेनेभा विश्वविद्यालय अनि क्वेलोज जेनेभा विश्वविद्यालयका साथै बेलायतको केम्ब्रिज विश्वविद्यालयमा आबद्ध छन् ।
 

असोज २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार