×

NMB BANK
NIC ASIA

हिजो दिनभर : १० प्रमुख समाचार पढ्नुहोस्

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel


टीका लगाइयो
नेपालीहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाउँदै हर्सोल्लासका साथ मनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत मंगलबार बिहान १० बजे ३५ मिनेटका लागि तोकेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन छ ।  


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिबाट टीका

Vianet communication
Laxmi Bank

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छन् । 

राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन् । राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट पनि टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरिन् । 

राष्ट्रियगान गायन पछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।

राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन् भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन् । 

उपराष्ट्रपतिबाट टीका ग्रहण

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट यसवर्षको दसैँको टीका ग्रहण गरेका छन् । 

उनले उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका छन् । 
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छिन् । 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् । 

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइन् ।  

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाएकी छन् । 

प्रधानमन्त्री ओलीको टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाए । 

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए । 

प्रधानमन्त्री ओलीले कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाइदिएका छन् । 


चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ 

चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरूको महान् चाड दशँै, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो ।

निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी अरूण श्रेष्ठले चाडबाडका बेला सर्वसाधारणको ध्यान रमाइलो गर्नेतर्फ जाने हुँदा यस्तो समयमा वन्यजन्तुमाथि हुनसक्ने खतरा रोक्न सुरक्षामा कडाइ गरिएको बताए । 
    

कुमारी र तलेजु जात्रा मनाइयो

    जीवित देवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारीजात्रा सम्पन्न भएको छ ।

    तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई मंगलबार तलेजुको आगमघरमा ल्याएर विधिवत् रूपमा जात्रा मनाइएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । 

    तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको थियो । कुमारीको चर्तुब्रह्म महाविहारमा लगी पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

    तलेजुमा दशैँमा ५४ बोका, ३२ राँगा र २४ वटा हाँसको बली दिई तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुति होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । 

सौराहामा विदेशी पर्यटकले मनाए दशैँ 

तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । 

ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरूको दशैँ मनाउन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । 

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशँै मनाउने परम्परा बनाएका छन् ।

    पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् । 

हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा पक्राउ परेका छन् ।

    कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

    आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

    आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । 

नृत्य टोलीसँगै बडा दशैँको टीका 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापे ।  थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ । सधैँ सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे । उनले भने, “यस पटक झुम्रा नृत्य टोलीसँगै पुगेर टीका थापे ।”

 गुरुवासँग टीका थापेर आर्शिवाद लिएपछि झुम्रा नृत्यसँग सखिया नृत्यको सबै गाउँलेसँग बसेर मनोरञ्जन मात्रै लिएनन् सधैँ कामको सिलसिलामा गाउँभन्दा बाहिर बस्नेहरूको हालचाल बुझ्नाका साथै भलाकुसारी गर्नसमेत भ्याए ।

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने परम्परागत चलन रहेको छ । कोशेलीका रूपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जाने चलन रहेको छ ।

गुरुवासँगै गाउँका मान्यजन वडाध्यक्ष, सदस्य, वडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने पुरानो चलन छ । 

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् ।

    घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x