×

NMB BANK
NIC ASIA

पर्यटन बिकासका लागि सूचना केन्द्र निर्माण

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्नका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कावासोती नगरपालिकामा पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न सकून् भनेर पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनले बताए। कावासोती नगरपालिका–१५, गोडारमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । कावासोती–१५, मा नै सामुदायिक स्तरबाट सफल रुपमा घरवाससमेत सञ्चालनमा रहेको छ । नारायणी तटीय क्षेत्र, नगरभित्र रहेको पोखरी ताल, नारायणी गङ्गेश्वर धाम, महाराज थान, पर्यटकीय सम्भावना बोकेको बालुवाडाँडा लगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरु रहेको भए पनि उचित जानकारी नहँुदा पर्यटकहरु यी क्षेत्रमा नपुग्ने भएकाले सबै पर्यटकीय क्षेत्रको जानकारी दिन पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको नगरप्रमुख पुनको भनाइ छ । पर्यटकहरुले सहज रुपमा जानकारी हासिल गर्दा ओझेलमा परेका पर्यटकीय क्षेत्रमा समेत चहलपहल बढ्ने र यसले समग्र नगरको पर्यटकीय विकासमा टेवा पर्याउने प्रमुख पुनले  बताए ।

Vianet communication
Laxmi Bank

सूचना केन्द्रमार्फत यस क्षेत्रमा आउने पर्यटकको  तथ्याङ्क राखिने भएकाले, पर्यटकको आगमन कस्तो रहेको छ, कुन कुन स्थानबाट पर्यटक आउने गरेका छन् आदि सबै जानकारी हासिल गर्न सकिने हुँदा आगामी दिनमा पर्यटनको सवालमा नीति निर्माण तथा योजना बनाउन सहयोग पुर्याउने कावासोती नगरपालिका–१५, का वडाध्यक्ष देवनारायण महतोले बताए । 

कावासोती नगरपालिकाको रु आठ लाख ५० हजार बजेटमा गत वर्ष भवन निर्माण गरिएको थियो । चालू आर्थिक वर्षमा समेत पर्यटन सूचना केन्द्रका लागि रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष महतोले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x