गाईलाई रंग पोतेर जेब्रा जस्तो बनाउँदा कीराले नटोक्ने जापानी वैज्ञानिकहरूको दाबी

कात्तिक १, २०७६

काठमाडौं – गाईलाई रंग लगाएर जेब्रा जस्तो बनाउँदा कीराले कम टोक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । 

जापानका काला गाईहरूमा सेतो रंग दल्दा पहिलेको भन्दा आधा मात्र संख्यामा कीराहरूले टोकेको एक परीक्षणमा पाइएको छ । 


ADVERTISEMENT

रंग दलेपछि गाईहरूले पुच्छर हल्लाउने र टाउको बजार्ने काम घटाएको पाइएको छ । 

कीराहरूलाई कालो र सेतो रंगले झुक्याउने विश्वास गरिएको छ । 

यसअघि गरिएका अनुसन्धानमा जेब्राको दोहोरो रंग बनेको नै टोक्ने कीरालाई भगाउनका लागि हो भन्ने देखिएको छ । 

वैज्ञानिकहरूले त्यही ट्रिक गाईमा गर्दा काम गर्ला कि भनी गाईलाई रंग पोतिदिएका हुन् ।

कीराहरू गन्ध, चमक र शरीरको तापक्रम लगायतका कारक तत्त्वले गर्दा जनावरहरूप्रति आकर्षित हुन्छन् । 

तर जेब्राको श्यामश्वेत रंग झूटै भए पनि कीराहरूलाई भगाउन पर्याप्त रहेको विज्ञहरू विश्वास गर्छन् । 

श्यामश्वेत रंगले कीराहरूको गति पत्ता लगाउने प्रणालीलाई भ्रममा पार्ने वैज्ञानिकहरूको कथन छ ।

वैज्ञानिकहरूले यो आविष्कार वातावरणमैत्री भएको र टोक्ने कीरा नियन्त्रण गर्ने व्यावहारिक उपाय भएको बताएका छन् । 

कृषकहरूले कीरा भगाउन कीटनाशक उपयोग गर्ने भए पनि कीराहरूले रसायन पचाइदिने गर्छन् ।

एजेन्सी 

कात्तिक १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस