लिथियम-आयन ब्याट्री विकास गर्ने तीन वैज्ञानिकलाई दिइयो रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

असोज २२, २०७६

काठमाडौं – यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम–आयोन ब्याट्री विकास गर्ने तीनजना वैज्ञानिकहरूलाई दिइने घोषणा बुधवार गरिएको छ । 

जोन बी गूडइनफ, एम स्ट्यान्ली ह्विट्टिंगम र अकिरा योशिनालाई संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरिएको हो । 


ADVERTISEMENT

लिथियम आयोन ब्याट्रीहरूले मानिसको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् । यिनको उपयोग मोबाइल फोनदेखि ल्यापटप अनि विद्युतीय सवारीसाधनसम्ममा हुने गर्छ । यो ब्याट्री पत्ता लगाउने वैज्ञानिकहरूले ताररहित तथा इन्धनरहित समाज निर्माणमा योगदान गरेको नोबेल कमिटीको भनाइ छ । 

सन् १९७० को दशकमा ह्विट्टिंघमले पहिलोपटक कामकाजी लिथियम ब्याट्री बनाएका थिए । 

गूडइनफले लिथियम ब्याट्रीको सम्भाव्यतालाई दोहोरो पार्दै थप शक्तिशाली र उपयोगी ब्याट्री निर्माणका लागि सही परिस्थिति निर्माण गरे । 

योशिनोले ब्याट्रीबाट शुद्ध लिथियम निर्मूल पार्न सफल हुँदै यसलाई लिथियम आयोनमा पूर्णतः निर्भर गराए । शुद्ध लिथियमभन्दा आयोन बढी सुरक्षित हुन्छ । यसले गर्दा ब्याट्री व्यवहारमा लागू गर्न सहज बन्यो ।
 

 

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस