उच्च रक्तचाप देखिएपछि महरा अस्पताल भर्ना

असोज २३, २०७६

काठमाडौँ -यौन दुर्व्यवहारको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

शरीरमा रक्तचाप बढेपछि महरालाई अस्पताल भर्ना गर्नुपरेको प्रहरी स्रोतले दाबी गरेको छ ।


ADVERTISEMENT

महरालाई बिहीवार बिहान राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोप लागेपछि गत असोज १९ गते महरालाई सभामुख निवासबाटै पक्राउ गरिएको थियो ।

 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस