यी चोरले एटीएम मशिन फुटाउन पड्काए बम, आफैं राम राम (भिडियो)

असोज ३०, २०७६

काठमाडौं – रुसको चेरेपोभेट्स शहरमा रहेको स्बेरबैंकको एटीम मशिन खोल्नका लागि शक्तिशाली विस्फोटक पदार्थ राख्ने क्रममा विस्फोट भएपछि चोरको मृत्यु भएको छ । 

सीसीटीभी क्यामरामा ३७ वर्षीय चोरले हूड भएको ज्याकेट लगाएर एटीएम मशिन फुटाउन खोजेको देखिन्छ । 


ADVERTISEMENT

उनले ल्याएको हातेबम पड्किएपछि स्क्रीन अचानक खाली हुन्छ । 

चोरले झोला खोतलेर बम झिकी पड्काउन खोजेका थिए तर त्यसैले उनलाई मारेको थियो । 

बमले एटीएम खुल्ला भन्ने उनको आशा थियो तर बम उनैतिर फर्कियो र विस्फोटका कारण उनको घटनास्थलमै मृत्यु भयो । विस्फोट निकै चर्को भएका कारण ढोका नै ५३ फीट पर हुत्तियो । 

प्रहरीले घटनाको पुष्टि गर्दै पहिचान नखुलेका ती व्यक्तिको घटनास्थलमा मृत्यु भएको बतायो । 

उनीसँगै आएका अर्का व्यक्ति चाहिँ घटनास्थलबाट भागे । प्रहरीले उनको खोजी गरिरहेको छ । 

एटीएमबाट पैसा हराएको छैन । 

एजेन्सी
 

असोज ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस