साहित्यतर्फको नोबेल पुरस्कार ओल्गा टोकारचुक र पिटर हान्ड्केलाई

असोज २३, २०७६

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा बिहीवार गरिएको छ । 

सन् २०१८ को नोबेल साहित्य पुरस्कार पोल्यान्डकी लेखिका ओल्गा टोकारचुकलाई दिइएको छ । 


ADVERTISEMENT

सन् २०१९ को नोबेल साहित्य पुरस्कार चाहिँ अस्ट्रियाका लेखक पिटर हान्ड्केलाई दिइएको छ । 

टोकारचुक सन् १९६२ मा जन्मिएकी पोलिश लेखिका, अभियन्ता र विदूषी हुन् । उनी आफ्नो पुस्ताकी सबभन्दा उम्दा र सफल लेखिका मानिन्छिन् । सन् २०१८ मा उनको उपन्यास फ्लाइट्सले म्यान बूकर पुरस्कार हात पारेको थियो ।

त्यो पुरस्कार हात पार्ने उनी पहिलो पोलिश लेखिका हुन् । 

पिटर ह्यान्ड्के सन् १९४२ मा जन्मिएका अस्ट्रियाली उपन्यासकार, नाटककार र अनुवादक हुन् । उनका प्रशस्तै उपन्यास र नाटकहरू प्रकाशित भएका छन् र उनले प्रतिष्ठित पुरस्कारहरू पाइसकेका छन् । 


 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार