×

NMB BANK
NIC ASIA

हिजो दिनभरः महराको सेवासुविधा स्थगितसहित यस्ता छन् प्रमुख समाचार

असोज २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महराले सांसदका रूपमा पाउने सेवासुविधा स्थगित
यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा स्थगित भएको छ ।

Muktinath Bank

संसद् सचिवालयले बिहीवार सूचनापत्रमा सूचना प्रकाशित गरी महरा पक्राउसम्बन्धी जानकारी गराएलगत्तै महराले सांसदका रूपमा गर्ने काम र पाउने सेवासुविधा स्थगित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि सदस्य पक्राउ परेको जानकारी सभाको अध्यक्षता गर्ने व्यक्तिले प्राप्त गरेमा सदन चालू रहेको अवस्थामा तत्काल सभालाई जानकारी गराउने र चालू नरहेको अवस्थामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७५ को निमय २४४ उपनियम (१) र (२) मा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

यो सूचना प्रकाशित भएपछि महराले सांसदका रूपमा प्राप्त गर्ने सम्पूर्ण सेवासुविधा स्थगित भएको संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले बताए ।
यसैबीच हाल प्रहरी हिरासतमा रहेका महरामा रक्तचापको समस्या देखिएपछि नसर्भक अस्पताल भर्ना भएका छन् । 

Vianet communication
Laxmi Bank

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा उच्चस्तरीय सुरक्षा 

    चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । 

    आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।  सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरूप रिहर्सलसमेत भइरहेको उनले बताए । 

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने  कार्यक्रम रहेको छ । उनको सुरक्षामा काठमाडौँको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

काठमाडौँ उपत्यका भित्रिने यात्रु वृद्धि

    विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो । 

    ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बुधबार बिहानदेखि बिहिबार बिहानसम्म ११ हजार ४२१ सवारीसाधनमा ७० हजार ७५९ यात्रु उपत्यका भित्रिएका छन् । यस्तै नौ हजार ६७३ सवारीसाधनमा ५६ हजार ७०५ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै यात्रु भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन् । जगातीबाट ३८ हजार ९३३, नागढुङगा नाकाबाट २६ हजार ३५७, मुड्खुबाट एक हजार ४८७ र फर्पिङ नाका हुँदै तीन हजार ९८२ यात्रु उपत्यका भित्रिएका हुन् । 

बढी भाडा लिने चालकलाई कारवाही

चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो ।

    ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको हो । 

पेट्रोलियम खपत तीन गुणाले वृद्धि
    
पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ । 

    नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५÷७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।
 
    निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ । निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ । आव २०७१÷७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५÷७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ ।
  
    त्यस्तै आव २०७१÷७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५÷७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ । त्यस्तै आव २०७१÷७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५÷७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ ।
 
    आव २०७१÷७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५÷७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्यास खपत भएको नेपाल आयल निगम नेपालगञ्ज डिपोको तथ्याङ्क छ । यस अवधिमा मट्टितेलको खपत भने शुरुआतमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर रहेको छ ।

    आव २०७१÷७२ मा ३०९ किलोलिटर खपत भएको मट्टितेल आव २०७२÷७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ । त्यसयता खपत दर करीब स्थीर छ । आव २०७३÷७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४÷७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५÷०७६ मा एक हजार ९३७ किलोलिटर खपत भएको छ ।

    
समान भोल्टेजको विद्युत् उपलब्ध गराउन आग्रह

चिनियाँ राष्ट्रपति सि चिन फिङको राजकीय भ्रमणको क्रममा सहज रूपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ गते दुई दिवसीय राजकीय भ्रमणका लागि आउँदै छन् । 
 
    नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई बुधबार पठाएको पत्र अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, फुल्चोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशनमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । यस्तै भट्टेडाँडास्थित राडार स्टेशनमा निरन्तर विद्युत् उपलब्ध गराइदिन समेत ध्यानकर्षण गराएको छ ।
 
    ती स्थानमा निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिएको चाबहिल तथा नयाँ बानेश्वरको फिडर लाइनको डेडिकेटेड विद्युत् आपूर्तिलाई समेत उच्च प्राथमिकतामा राखी निरन्तर विद्युत् आपूर्ति गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको हो ।

    विद्युत्को भोल्टेजमा हुने उतार चढावले समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिइएको बताइएको छ । त्यसो त विद्युत् प्राधिकरणले यस अघि नै अत्यावश्यक स्थानमा भोल्टेजलगायतका विषयमा देखिएको समस्याको समाधान गरिसकेको छ । 
दुई अर्ब ७१ करोड अनुदान स्वीकार

    नेपाल सरकारले विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि दिने रु दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिए । 
    
    नेपाल सरकारको असोज १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो । विद्यालय तहमा सुशासन, व्यवस्थापन र गुणस्तरका लागि गत पाँच वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । बैठकले विशेष आर्थिक प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोकेको छ भने चालू आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सात आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
    
    नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासहित पाँच जनालाई सहायक रथी दर्जामा पदोन्नति गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । 
 यसैगरी नख्खुखोला–भैँसेपाटी–बुङमति सडक स्तरोन्नतिका लागि राष्ट्रिय वन प्रयोग गर्न दिने तथा नेपाल–भारत विद्युत व्यापार सम्झौताअन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

दुर्घटनामा दुईको मृत्यु 

पश्चिम नवलपरासीमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा बिहीबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना४३प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

    सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन् । 

    यस्तै खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उहाँको  नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । 

 नेपाल अष्ट्रेलियासँग पराजित

    विश्वकप फुटबल छनोट दोस्रो चरणअन्तर्गतको समूह ‘बी’ को खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकोे छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रङ्गशालामा बिहीबार भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० गोलले हराएको हो । 

    मध्यान्तर अघिको खेलमा अष्ट्रेलियाले तीन गोल गरेको थियो । मध्यान्तरपछि उसले थप दुई गोल ग¥यो । अष्ट्रेलियाको जितमा म्याकलरेनले तीन तथा सौटरले दुई गोल गरे । खेलको छैटौं मिनेटमा म्याकलरेनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । उनले खेलको १९औँ तथा ९०औँ मिनेटमा गोल गरे । अष्ट्रेलियाका लागि सौरटरले खेलको २३औँ मिनेटमा व्यक्तिगत पहिलो तथा ५९औँ मिनेटमा दोस्रो गोल गरे । यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो भने नेपालले चाइनिज ताइपेईलाई भने २–० गोलले पराजित गरेको थियो । 

नेपाल ओमानसँग पराजित  

    यता पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग पराजित भएको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपाल छ विकेटले पराजित भएको हो । 

    टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रन बनायो । नेपालले दिएको ६५ रनको सामान्य लक्ष्य ओमानले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि सुरज कुमारले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३० बलमा तीन छक्का तथा दुई चौका प्रहार गरे । बलिङतर्फ करण केसीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक÷एक विकेट लिए ।

    यसअघि नेपालका लागि आरिफ शेखले २० तथा दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए । बलिङतर्फ ओमानका आमिर कलिम एक्लैले पाँच विकेट लिए । बिलाल खानले दुई तथा मोहम्मद नदिम र खावर अलीले एक÷एक विकेट लिए । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए । 

    युवतीलाई अपहरण गरेको आरोपमा पक्राउ
 
    युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

    भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो ।

    लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर बिहीबार बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

    उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।  अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । 

    अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र (लाइसन्स) र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x