चर्चामा बाँदर 'राजा', जसले मानिसको जूम्रा निकाल्ने देखि कान सफा गर्नेसम्मको काम गर्छ

असोज २९, २०७६

काठमाडौं – तपाईं कत्तिको सहयोगी हुनुहुन्छ ? कतै तपाईंले भन्दा धेरै यो बाँदरले त गरिरहेको छैन ?

कतिपय जनावरहरू मानिसभन्दा धेरै सहयोगी हुन्छन् भन्दा फरक पर्दैन्  । यहाँ सहयोगी बाँदरबारे उल्लेख गरिएको छ । 


ADVERTISEMENT

भारतको पीलीभीतमा इन्स्पेक्टरको काँधमा बसी जूम्राटिप्न व्यस्त हुने बाँदर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

यो बाँदर कहाँदेखि कसरी आयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । बाँदरको नाम 'राजा' राखिएको छ । यस बाँदरको आमाको मृत्युपश्चात स्थानीय ट्राफिक प्रहरीले यस बाँदरलाई आफ्नो साथ राखेको बताइन्छ । एजेन्सीका अनुसार, बाँदर कमजोर हुँदा दिनेश नामका एक प्रहरीले उनको धेरै नै सेवा गरे । अहिले ती प्रहरी इलाहाबार कुम्भको मेलामा सुरक्षाका लागि खटिएका छन् । बाँदर भने शहरमै घुमिरहेको छ । 

बाँदरले केही दिनअघि मात्रै गान्धी स्टेडियम सडकमा एक मोटरसाइकलमा यात्रा गरेको थियो । मानिसहरूको भिडमा बाँदर निकै रमाइरहेको देखिन्थ्यो । बाँदरको बानी भने अचम्म अचम्मको छ,  जब कसैले उसलाई धपाउन खोज्छ, उसले सलाम गर्छ र मानिसलाई क्षणभरमै फकाइदिन्छ ।

यस बाँदरले कहिले कोही मानिसको कान सफा गरिदिन्छ भने कसैको कपालबाट जूम्रानिकालिदिन्छ । यो बाँदरको तस्वीर समेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एजेन्सी


 

असोज २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस