×

NMB BANK
NIC ASIA

यसकारण खुइलिन्छ कम उमेरमै तालु, यस्तो छ उपचार

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आजकल धेरै मानिसमा तालु खुइलिने समस्या छ । महिला र पुरुष दुवैमा यस्तो समस्या देखिन्छ । 

Muktinath Bank

तनावमा हुँदा वा तौल कम हुँदा अनि कुनै गम्भीर रोग लाग्दा मानिस तालु खुइलिने समस्यामा पर्छन् । तालु खुइलिने समस्या हटाउनका लागि महंगो ट्रीटमेन्ट वा ट्रान्सप्लान्टेसनको सहारा लिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर क्यास्टर (अरण्डी) को तेलले यो समस्या सजिलै समाधान गरिदिन्छ ।  


Advertisment
Nabil box
Kumari

राति सुत्नुअघि क्यास्टर तेललाई टाउकोमा हलुका हातले मसाज गर्नुस् र त्यसपछि कपाल छोपेर हलुका गरी बाँध्नुस् । यसो गर्दा तेल मज्जाले कपालमा बस्छ । 

Vianet communication
Laxmi Bank

कपालमा मात्रै चाहिँ यसलाई नरगड्नुहोला । कपाल धुँदाखेरी फेरि ननिस्केर समस्या आउँछ । 

क्यास्टर तेल हप्तामा कम्तीमा दुईचोटि प्रयोग गर्नुपर्छ । सातचोटि जस्तो प्रयोग गरेपछि त्यसको असर देखिन्छ । 

क्यास्टर तेल गाढा हुने गरेकाले यसलाई पातलो बनाएर मात्र टाउकोमा मसाज गर्नुस् । पातलो बनाउनका लागि नरिवल वा बदामको तेल मिसाउन सक्नुहुन्छ । 

यसमा भएको रिसिनोलिईक एसिड तथा ओमेगा–६ फ्याट्टी एसिडले तालु खुइलिने समस्या समाधान गरिदिन्छ । 

यसमा भएका एन्टीभाइरल, एन्टीब्याक्टेरियल र एन्टी फंगल तत्त्वले कपाललाई मोइस्चराइज गरेर घना र कालो बनाउँछन् र कपाललाई फुस्रो हुन पनि दिँदैनन् । 

तालु खुइलिने कारणहरू

उमेर बढ्दै जाँदा तालु खुइलिने समस्या आइलाग्छ । 

महिलाहरूमा यो समस्या हर्मोन असन्तुलन, कपालको जरा कमजोर हुने, चायाँ, धेर क्रोध, तनाव, धेर सोच्ने, धेर तातो खाने, चिसो कपालमा काइँयो लगाउँदा, कपाल छोपेर राख्दा अनि पर्याप्त निद्रा नपुग्दा तालु खुइलिन थाल्छ । 

पुरुषहरूमा यो समस्या टेस्टोस्टेरोन हर्मोनको कमी, काइँयो नलगाउने, मनतातो पानीले कपाल धुँदा, ड्रायरले कपाल सुकाउँदा, डिप्रेसन, तनाव, माइग्रेन र तौलको कमीका कारण तालु खुइलिन्छ । 

क्यान्सरमा केमोथेरापी गर्दा पनि कपाल झर्छ । 

वंशाणुगत रूपमा पनि यो रोग सर्छ । 

आहारमा प्रोटीन र आइरनको कमी हुँदा पनि तालु खुइलिने समस्या आउँछ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x