पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
परासी –पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् ।
पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन् । उनीहरुले घाँस बिक्री गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् ।
जिल्लाको सुनवल नगरपालिका–३ स्थित कीर्तिपुरका महिलाहरुले स्थानीय जनउदय सामुदायिक वन क्षेत्रभित्रको खाली जग्गामा सामूहिक घाँस खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । सशक्ति महिला समूहमा आबद्ध यहाँका चालीस महिलाले विगत दुई वर्षदेखि १५ बिघा क्षेत्रफलमा विभिन्न जातका घाँस खेती गरिरहेको समूहका अध्यक्ष होमकुमारी गुरुङले बताए।
'घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, वन उपभोक्ता समूहका पदाधिकारीले हामीलाई बीउ उपलब्ध गराएर घाँस खेती गर्न प्रोत्साहन गर्नुभयो, अहिले हामीलाई घाँस लिन सजिलो भएको छ, घाँस बेचेर आम्दानी पनि गरिरहेका छौँ', उनले भने।
जनउदय सामुदायिक वन उपभोक्ता समूहले पाँच वर्षका लागि कबुलियतीमा महिलाहरुलाई उक्त क्षेत्र घाँस खेतीका लागि उपलब्ध गराएको हो । यहाँ बहुवर्षीय घाँससहित बकाइनो, स्टाइलो, नेपिएर, डाले लगायतका उन्नत र पोसिलो जातका घाँस खेती गर्ने गरिएको समूहका सचिव जुनी सेनले बताए।
व्यावसायिक रुपमा घाँस खेती गर्न थालेपछि पशुपालन गर्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको छ । उनले भने, 'विगतमा घाँसका लागि निकै दुःख थियो, अहिले धेरै सजिलो भएको छ, महिलालाई आयआर्जन पनि भइरहेको छ, हामीले समूहमा घाँस बेचेर आएको रकम जम्मा गरी दुई वर्षमा तीन लाख रुपैयाँ बचत पनि गर्न सफल भएका छौँ, समूहमा आवद्ध महिलाहरुलाई त्यँहीबाट ऋण पनि दिने गर्छाैं ।'
पशु उन्नत जातको र धेरै उत्पादन दिने खालको भए पनि उपयुक्त पोषण तत्वको अभावमा राम्रो उत्पादन लिन नसकिने भएकाले पशुका लागि घाँस निकै उपयोगी हुने पशु चिकित्सक बताउँछन् । आहाराबाट प्राप्त पौष्टिक तत्वहरुबाट नै पशुले उत्पादन गर्ने भएकाले पशुपालनमा सबैभन्दा ध्यान पु¥याउनुपर्ने कुरा पशु आहारा नै रहने र सबैभन्दा राम्रो पौष्टिक तत्व घाँस नै हुने पशु स्वास्थ्य प्राविधिक विमल ढकाल बताउनुहुन्छ । यहाँका महिलाले सामूहिक घाँस खेती गरेर वन संरक्षण, आम्दानी तथा रोजगारीको अवसर पाउनाका साथै महिलामा सशक्तिकरण पनि बढेको उनले बताए।
मानिसलाई जस्तै पशुलाई पनि पौष्टिक आहारा आवश्यक पर्ने र त्यसका लागि मुख्य स्रोत घाँस नै हो । उनले भने, 'हाम्रो गाउँघरमा हरियो घाँसपातको अभावमा मङ्सिरदेखि चैतसम्म जस्तोसुकै बढी उत्पादन दिने पशु भए पनि बढी मात्रामा पराल खुवाउने चलन हुन्छ, जसबाट पशुले सन्तुलित आहारा खान पाएका हुँदैनन्, अन्ततः उत्पादनमा ह्रास आउनाका साथै पशु दुब्लाएर हाडछाला बाँकी रहने हुन्छ'
हरियो घाँसमा प्रोटिन, खनिज, भिटामिन जस्ता पौष्टिक तत्व प्रशस्त मात्रामा पाइने गर्छ । पशुको पाचनप्रणाली व्यवस्थित गर्न पनि घाँस खेती आवश्यक रहेको उहाँ बताउनुहुन्छ । पौष्टिक तत्वको दृष्टिले नल, पराल ज्यादै निम्नस्तरको आहारा हो भने खेतबारी, जङ्गलबाट प्राप्त हुने घाँसपात पशुका लागि महत्वपूर्ण आहार हो । खाली रहेको जग्गामा घाँससँगै विभिन्न प्रजातिका बिरुवासमेत हुर्काइएका छन् । कम लगानीमा आम्दानी राम्रो हुने भएकाले यसतर्फ आकर्षण बढेको पशु स्वास्थ्य प्राविधिक ढकालले बताए।
व्यावसायिक पशुपालन, घाँसखेती, दुग्घ, मासु उत्पादनमा नवलपरासी नेपालकै अग्रणी जिल्लाको रुपमा चिनिन्छ । घाँस खेतीमा पनि आत्मनिर्भर बनेको नवलपरासीमा वार्षिक २५० मेट्रिक टन घाँस उत्पादन हुने गरेको छ । नवलपरासीमा बहुवर्षीय र मौसमी खालका घाँस उत्पादन हुने गर्दछ । नवलपरासीमा सामुदायिक वनमा साढे चार हजार हेक्टरमा र मौसमी घाँस खेती सात सय हेक्टरमा लगाउने गरिएको छ । दूध र मासुका लागि पशुपालनको क्षेत्र फराकिलो बन्दै गएपछि यहाँ व्यावसायिक घाँस खेती फस्टाएको कृषक बताउँछन् । मोहन पौडेल, रासस
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...