×

NMB BANK
NIC ASIA

हिजो दिनभरः यस्ता छन् प्रमुख समाचार

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा 

Sagarmatha Cement
Muktinath Bank

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।  ‘सिल्क रोड युथ फोरम’ले सोमबार आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उनले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।  उनले भने, “नेपाल र चीन दुवै देश पुराना मित्र हुन् । हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।” नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

    कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसङ्ख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गरे ।    

Vianet communication
Laxmi Bank

    फोरमका उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्ध माथि प्रकाश पार्दै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिए । 

चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि

    दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

    सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुने कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए ।  असोज ३० गतेसम्म प्रस्तुत कार्यपत्रमाथि छलफल हुनेछ । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवंम पर्यटकीय स्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० गतेको कार्यक्रम चन्द्रागिरिमा गरिने प्रतिष्ठानले जनाएको छ । उक्त दिन नेपाल पर्यटन बोर्डको तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयक प्रस्तुतिसमेत गरिनेछ । 
अस्पतालमा तोडफोड

    सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । 

    अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा ज्ञानेन्द्र झा र डा प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ । बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।  यसैबिच अस्पताल प्रशासनले डा झा बिदामा रहेको र अर्का डा यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ ।   

पन्ध्र प्रतिशत पर्यटक वृद्धि 

सन् २०१९ को सेप्टेम्बरमा १८ हजार ३५१ बाह्य पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । उक्त सङ्ख्या अघिल्लो महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । अगष्टमा भन्दा सेप्टेम्बरमा दुई हजार ४८९ बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । 

    नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सेप्टेम्बरमा सात हजार भारतीय तथा ११ हजार १४३ अन्य मुलुकका पर्यटक गण्डकीको भ्रमणमा आएका थिए । यो गण्डकी प्रदेशका पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको प्रहरी चौकीले सङ्कलन गरेको तथ्याङ्क हो ।
 पर्यटक आगमनको दुई महिनाको प्रवृत्ति हेर्दा पृथ्वी राजमार्ग भएर गण्डकी प्रदेश भित्रिने पर्यटकको सङ्ख्या झण्डै ६० प्रतिशत छ भने स्रोत बजारको दृष्टिकोणबाट भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा बढी अर्थात् ३९ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ । 

गैरआवासीय नेपाली विश्व सम्मेलन मङ्गलबारदेखि 

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । 

विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदै छ । सम्मेलनको जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए । 

    उनले सम्मेलन नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा केन्द्रित हुने बताए । सम्मेलनमा  सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई  मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत उनले जानकारी दिए । 

सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने छन् । सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए । 

उहाँका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेका
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । 

सोमबारदेखि सरकारी कार्यालय नियमित
दशैँको बेला बन्द रहेका सरकारी कार्यालय सोमबारदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि सोमबारदेखि नियमित रुपमा खुलेका हुन् । 

कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कार्यालय खुलेसँगै सेवाग्राहीको आउन थालेको बताए । 

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्काे ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।  

    प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । 
विमानस्थल तोडफोड
    
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । 
    
    नियमित समयभन्दा विमान ढिलो भएको भन्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका हुन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाही–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले जनकपुर विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका हुन् । ११ः३० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौँ जान साहले विमानस्थल पुगेकामा जहाज करीब एक घण्टा ढिलो भएपछि साह आक्रोशित हुँदै विमानस्थलभित्र बुद्ध एयरको काउन्टरका साथै विशिष्ठ कक्षको टेबल कुर्सी तोडफोड गरेका थिए । 
        
आलम सांसद पदबाट निलम्वित 

    प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ । 

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनी निलम्बनमा परेका हुन् ।  रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम आइतबार पक्राउ परेका थिए ।  सङ्घीय सचिवालयद्वारा सोमबार जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x