×

NMB BANK
NIC ASIA

अमेरिकाका कारण सिरियामा रुसलाई फाइदा

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आइतवार राति सिरियन डेमोक्रेटिक फोर्सेसले टर्कीको आक्रमणको प्रतिरक्षाका लागि सिरियाको बशर अल असद सरकारसँग सम्झौता गरेपछि नजानिदो तवरले अमेरिकाले रुसलाई मद्दत गरेको छ । 

Muktinath Bank

सिरियाको असद सरकारलाई रुसको समर्थन प्राप्त छ र अमेरिका असद सरकारको घोर विरोधी हो । आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्धको युद्धमा कुर्दहरूले अमेरिकालाई साथ दिए र उनीहरू अमेरिकाप्रति बफादार थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अमेरिकाले उत्तरी सिरियाबाट सैनिक फिर्ता बोलाएपछि कुर्दहरूले असद सरकारसँग सम्झौता गरे अनि यसरी रुससँग हात मिलाए । 


Advertisment
Nabil box
Kumari

रुसको समर्थन र इरानको सहयोगकै कारण सिरियामा असद सरकार लामो गृहयुद्धपछि पनि साबुत छ । सन् २०११ मा असदविरुद्ध शुरू भएको संघर्ष यति लामो सयम जाँदा पनि असदको कुर्सी जोगिइरहेको छ । अमेरिकाले यस संघर्षमा विद्रोहीहरूको साथ दिएको थियो । 

Vianet communication
Laxmi Bank

अमेरिकाले उत्तरपूर्वी सिरियाबाट सैनिक झिकेपछि कुर्दहरू कमजोर बनेका छन् र यसै परिस्थितिमा टर्कीले उनीहरूमाथि आक्रमण गरेको छ । उनीहरू आफ्नो अस्तित्व जोगाउनका लागि कुर्दहरूले खेमा परिवर्तन गरेका हुन् । 

सिरियाली सेना र सिरियाली नेसनल आर्मी दुवैलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन छ । टर्कीले समर्थन गरेको सिरियन नेसनल आर्मी सिरियाको राष्ट्रिय सेना हैन ।

टर्की र रुसबीच कुनै ठूलै डील हुनसक्ने विश्लेषकहरूले बताएका छन् । पुटिनलाई सिरियन डेमोक्रेटिक फोर्सेसको पनि समर्थन छ । त्यसैले रुस बलियो परिस्थितिमा छ । 

रुसको बलियो स्थिति देखेर नै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले सिरियासँग गैरसैन्य क्षेत्र स्थापनाको सम्झौता गरेका थिए । एकपटक फेरि दुवै शीर्ष नेताहरूले मतभेदका बावजूद एकअर्कासँग सम्झौता गर्ने संकेत दिएका छन् । 

नाटोमा अमेरिकापछिको ठूलो देश टर्की नै हो । विगत केही समययता अमेरिका र टर्कीबीच दूरी बढेको छ । सिरियामा टर्कीले आक्रमण गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीमाथि प्रतिबन्धको घोषणा गरेका छन् । 

परिस्थितिवश रुस र टर्की एकअर्काको निकट आएका छन् । अमेरिकासँग सम्बन्ध बिग्रँदा पुटिन र अर्दोआनलाई सम्झौता तथा सहयोगका लागि प्रेरित गरेको छ । 

रुसले टर्कीसँग एस४०० मिसाइल शील्ड किनेको छ । अर्दोआनलाई रुसले असदसँग सम्झौताका लागि प्रेरित गर्नेछ । 

सोमवार भ्लादिमिर पुटिन साउदी अरब पुगेका छन् । पुटिनले भ्रमणको क्रममा तेलको विषयमा अनि इरानसँग साउदीको विवादको विषयमा कुरा गरेका छन् । 

सिरियामा रुस र इरानको साझेदारी भए पनि साउदी अरबले पुटिनलाई न्यानो स्वागत गरेको छ । रुससँग साउी अरबको आर्थिक साझेदारी छ । ओपेक प्लस समूहमा रुस एक महत्त्वपूर्ण साझेदार बन्न सक्छ भन्ने कुरा साउदीलाई पनि थाहा छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x