×

NMB BANK
NIC ASIA

सुजुकीको नयाँ कार एस–प्रेसोको प्री बुकिङ खुला

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सिजी मोटोकर्पले सुजुकीको नयाँ कार एस–प्रेसोको प्री बुकिङ खुला गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कम्पनीका अनुसार सुजुकीले पहिलोपटक ह्याचब्याक कारलाई एसयुभी सेग्मेन्टको डिजाइन दिएको छ । आधुनिक लुक्समा उपलब्ध कार यसअघिका मोडलभन्दा विल्कुलै प्रिमियम बनाइएको छ । आकर्षक लुक्सका साथै उच्च ग्राउन्ड क्लियरेन्समा ध्यान दिइएको छ । जसकाकारण ग्रामीण सडकमा दौडाउन पनि सहज हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिएस ६ मापदण्डमा आधारित कारमा ३ हजार सिसी  क्षमताको इन्जिन जडान गरिएको छ । जसले ६८ पिएस पावर दिन्छ । कारले २१.७ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्छ । प्री बुकिङ खुला गर्दै कम्पनीले भनेको छ, ‘आधुनिक डिजाइनमा उपलब्ध एस–प्रेसोको एकपटक अनुभव गर्नुस् । तपाईंले एसयुभी कार चढेको महसुस गर्नुहुनेछ । इन्ट्री लेभलको कारमा उच्चस्तरीय सुविधा फिचर जडान गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

यो कार हार्टटेक चेसिसको पाँचौँ जेनेरेसन हो । यो प्रविधिमा उत्पादन भएको कार तुलनात्मक रूपमा बलियो र सुरक्षित हुने गर्छ । त्यस्तै, उत्कृष्ट पावर र पफरमेन्ससमेत उपलब्ध गराउँछ । यो कारले आधारभूत सुरक्षाका मापदण्ड पूरा गरेको प्रमाणितसमेत भइसकेको कम्पनीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

कारमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिएर दुईवटा एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स सिस्टम, सिट बेल्टलगायत जडान गरिएको छ । कारमा सिट बेल्ट वार्निङ र तीव्र गतिको सूचना दिने इन्डिकेटरसमेत पाउन सकिन्छ । को–ड्राइभर सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ एसिस्टक, रिभर्स पार्किङ सेन्सरलगायतसमेत उपलब्ध छ ।

एस–प्रोसो कार आफ्नो सेग्मेन्टमा स्टेरिङ माउन्टेड अडियो र भ्वाइस कन्ट्रोल फिचरमा पहिलो स्थानमा छ । एड्भान्स स्मार्टप्लेट स्टुडियोमा म्युजिक, इन्टरटेनमेन्ट र नेभिगेसन सुविधा पाउन सकिन्छ । क्याबिनको बनावट उपभोक्तामैत्री बनाइएको छ । क्याबिनमा नयाँ ग्राफिक पाउन सकिन्छ । नेपाली बजारमा यसकाे मूल्य २२ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x