×

NMB BANK
NIC ASIA

व्यावसायिक फूलखेतीले बढायो आम्दानी

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ –गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

’अहिले एउटा टनेलमा मात्र फूलखेती छ', उनले भने,'तीन महीनामै तयार भयो, केही बेच्यौँ ।' मासिक रु एक हजारमा जग्गा भाडामा लिई फूलखेती गरिएको उनको भनाइ थियो । फूलखेतीमा रु ३५ हजार लगानी परेको छ । अहिले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

मौसमअनुसार अरु फूलको पनि व्यावसायिक खेती गर्ने योजना समूहको छ । फूलखेतीमा आकर्षण बढाउन गलकोट नगरपालिका–३ ले गत जेठमा १५ दिने तालीम दिएको थियो । सुर्खेतदेखि आएका प्रशिक्षकले स्थानीय १५ जनालाई फूलखेतीसम्बन्धी सीप सिकाएका थिए ।

Vianet communication
Laxmi Bank

“तालीम र अनुदानमा बीउ पाएपछि व्यावसायिक रुपमा फूलखेती शुरू गर्‍र्यौँ', समूहका सदस्य मीना श्रेष्ठले भनिन्,'फूलखेतीलाई थप विस्तार गर्छौं, गलकोटलाई फूलबाट चिनाउँछौँ ।' समूहमा आबद्ध चार महिला मिलेर व्यावसायिक ‘फार्म’ ‘गलकोट फ्लोरी कल्चर एण्ड नर्सरी’ दर्ता गर्ने तयारीमा छन् ।

चार÷पाँच रोपनी जग्गा व्यवस्थापन गरेर फूलखेती र नर्सरी व्यवसायलाई विस्तार गरिने सदस्य श्रेष्ठको भनाइ छ । सयपत्री फूल प्रतिकिलो रु दुई सय, तयारी माला रु एक सय र बिरुवा रु २० मा बेच्ने गरिएको छ । बागलुङ सदरमुकामसहित बजार क्षेत्रलाई लक्षित गरी फूलखेती गरिएको समूहले जनाएको छ ।

समूहबाट पहिलोचोटि बागलुङ कालिका भगवती मन्दिरले दश किलो फूल खरीद गरेको थियो । बागलुङमा हुने शुभकार्य र सार्वजनिक समारोहमा अहिले पनि पोखरादेखि फूल ल्याउनुपर्ने बाध्यता छ । अहिलेसम्म फूलको व्यवस्थित र व्यावसायिक खेती हुन सकेको थिएन । जिल्लाको माग धान्ने गरी उत्पादन गर्ने लक्ष्य समूहले बनाएको छ । 

खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने र उद्यमशीलतामा टेवा पुर्‍याउने उद्देश्यले फूलखेतीमा सहयोग गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । फूलखेतीसम्बन्धी तालीमका लागि गत आवमा वडाले रु एक लाख बजेट छुट्टाएको थियो । 

“परीक्षणस्वरुप गरिएको फूलखेती सफल भएको छ', अध्यक्ष भण्डारीले भने,'फूलखेतीलाई व्यावसायिक रुपमै विस्तारका लागि वडा थप सहयोग गर्न तयार छ ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x