×

NMB BANK
NIC ASIA

अमेरिकाले इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तेहरान - अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी गराएको छ, ‘इरानी जनतालाई खाद्यान्न र औषधीसमेतमा पहुँचमा सङ्कट आउनेगरी नाकावन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को बिषय बन्नुपर्छ । इरान विरोधी प्रतिबन्ध ‘आर्थिक आतङ्कवाद’ हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी दबावले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको राष्ट्रपति रौहानीले दावी गरे । उनले भने, ‘अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबावका बावजुद इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरूले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले उक्त उद्देश्य प्राप्तितिर इरान रहेको छ ।’


Advertisment
Nabil box
Kumari

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भनी गत बर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गरेका थिए ।

Vianet communication
Laxmi Bank

सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपतिको पहलमा भएको थियो भने यसै बिषयलाई ट्रम्पले आफ्नो शसक्त चुनावी एजेण्डा बनाएका थिए ।

अमेरिकाको निर्णयलाई अन्य हस्ताक्षरकर्ताले भने गलत भन्दै सम्झौताबाट कुनै हालतमा पनि फिर्ता हुननहुने मत प्रकट गर्दै आएका छन् । अमेरिकाले नयाँ सम्झौता गर्न इरानलाई गरेको आग्रहलाई इरानले अस्वीकार गरेपछि तेहरानको अर्थतन्त्र धाराशायी हुनेगरी इरानको प्रमुख आम्दानीको स्रोत तेल तथा अन्य सामानहरूको निर्यात तथा कारोबारमा प्रतिबन्ध लगाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x