मंसिर १४, २०८०
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
काठमाडौं– गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अन्तर्गत आज हुने मतदानबाट अध्यक्षसहित उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, उपसंयोजक, महिला संयोजकलगायत विभिन्न पदको नेतृत्व चयन गरिँदैछ ।
मतदानअघिसम्म नेतृत्वका आकाँक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन प्रचार अभियानलाई तीब्र बनाएका छन् । यसैक्रममा युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार कृष्ण तिमल्सिनाले पनि आफ्नो प्रचार अभियानलाई तीब्र बनाएका छन् ।
विगत दुई दशकदेखि बेलायतमा व्यवसायका गर्दै आएका तिमल्सनाले आफ्नो चुनावी प्रचारप्रसार अभियानका क्रममा अधिकाँशले सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै विजयी हुनेमा ढुक्क रहेको बताए ।
बेलायतमा हुने हरेक सामाजिक कार्यमा अग्रमोर्चामा रहेर काम गरेका उनी एनआरएनभित्र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन् ।
उनको चुनावी प्रचारप्रसार अभियानमा अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्य दुबै पक्षका डेलिगेट्सले सहयोग गरेका छन् । कुमार पन्त समूहबाट चुनाव उपसंयोजक पदमा उम्मेदवारी दिएका तिमल्सिनाले सबैको साथ र सहयोगले आफू उत्साहित रहेको र धेरैभन्दा धेरै मत दिएर विजयी गराइदिन पनि अनुरोध गरेका छन् ।
सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए।
सोअघि शेष घलेको कार्यकाल सन् २०१५ देखि ०१७मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव उनीसँग छ ।
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...