मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
असोज २९, २०७६
काठमाडौं– घिउ कलरको कमिज, खैरौ पाइन्ट, चस्मा र दायाँतर्फ लर्काइएको कपाल; निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पतालबाट जिल्ला सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत काठमाडौं लैजाँदा देखिएको हुलिया हो यो ।
संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका महरालाई १०औं दिनको दिन म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।
बीचमा दशैंको लामो विदाका कारण अदालतबाट म्याद नै नलिई १० दिनसम्म हिरासतमा राखियो । जिल्ला अदालतले पक्राउ परेको दिनदेखि लागू हुनेगरी १३ दिनको म्याद दियो । महराले थप ३ दिन प्रहरी हिरासतमा बिताउनुपर्ने भयो । अदालतले दिएको म्याद शुक्रवारसम्म रहेको र शनिवार सार्वजनिक बिदा भएकाले हिरासतमा बस्ने दिन ५ दिनसम्म लम्बिन सक्ने सम्भावना पनि छ ।
बिरामी भएपछि नर्भिक अस्पताल भर्ना भएका महरालाई मंगलबार बिहान बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । सरकारी वकिलको कार्यालयमा बयान सकेर महरालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।
महराका केही तस्वीर सञ्चारकर्मीले झल्याकझुलुक खिच्न भ्याए, तर प्रतिक्रिया लिन भने सम्भव भएन । महरालाई कडा सुरक्षाबीच सुरक्षकर्मीले घेरेर लगेका थिए, त्यसैगरी नर्भिक अस्पताल फिर्ता ल्याए ।
महराको अनुहार प्रतिक्रिया शून्य थियो, न ज्यादै निराश न सामान्य नै । उनको पाखुरामा स्लाइन दिनका लगि लगाइएको 'क्यानुला' समेत देखिएको थियाे ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरा अस्वस्थ बनेपछि प्रहरीको निगरानीमा केही दिनयता नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
तस्वीर : रासस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...