×

NMB BANK
NIC ASIA

पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन

कात्तिक २, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

अमरगढी – डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् ।

Muktinath Bank

विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु,’ शम्भुनाथ निमावि छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु ?’ मणिलेक अधारभूत नवदुर्गा–१ निन्तोलाकी लक्ष्मीकुमारी बोहराले भनिन्, ‘विद्यालयमा खानेपानीको धारा भए पनि पानी आउँदैन ।’

Vianet communication
Laxmi Bank

खोलाबाट पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्ने वीरबलभद्र मावि मैदेका विद्याथी ममता विक बताउँछन् । विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भएपनि पानी बोक्नुपर्ने बाध्यता रहेको विद्यार्थी लक्ष्मण रैकालले दुःख व्यक्त गरे । लाखौं खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा डडेल्धुरा खुला दिसामुक्त क्षेत्र घोषणामा मात्र सीमित भएको छ ।

विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको जिल्लास्थित सरोकारवालाले जनाएका छन् । ‘सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन् कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ,’ नवदुर्गा–१ का मोहन बोहराले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x