मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं –उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।
सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमण केही दिनका लागि रोकिएको छ । अमेरिकाको आग्रहपछि टर्कीले पाँच दिनका लागि युद्धविराम गरेको जनाएको छ ।
त्यस युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्वागत गरेका छन् । उनले यो अस्थायी युद्धविराम भएपछि हालका लागि अमेरिकाले स्वागत गरेको बताएका थिए ।
सिरियाली द्धन्द्धको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले टर्कीले गरेको सो युद्धविरामको अनुगमन गरिएको जानकारी दिएको छ ।
केही दिन अघि टर्कीले गरेको युद्धविरामबाट वार्ताको र त्यस क्षेत्रमा जारी रहेको हिंसाको अन्त्यका लागि अर्को कुनै पनि वातावरण बनोस् भन्ने पक्षमा सो संस्थाले अनुमगन गरिरहेको जानकारी गराएको हो ।
टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए ।
उनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डाेगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गरेका थिए ।
सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि त्यस आक्रमणप्रति चासो व्यक्त गरेको थियो । राष्ट्रसंघीय सुरक्षा परिषदको हालै बसेको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको छलफल भएको थियो ।
टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । त्यसैगरी सो आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् ।
मरिएका यी सर्वसाधारण प्रायः कुर्द समुदायका नागरिक नै भएको अधिकारवादीहरुले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले उत्तरी सिरियामा टर्कीले गरेको यस आक्रमणका कारण मानवीय संकट पनि उत्पन्न हुनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको छ ।
सिरिया वर्षाैँदेखि गृहयुद्धमा फसिरहेको छ । तर यहाँको युद्धको शान्तिपूर्ण र दिगो समाधानको बाटो भने अझै निस्किएको छैन ।
सन् २०११ को मार्च महिना सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यस जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो । सो समयदेखि हालसम्म जारी यस युद्धमा परी करिब ४ लाख व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ व्यक्ति घाइते भएका छन् । त्यसगरी लाखौ व्यक्तिले आफ्नु घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...