×

NMB BANK
NIC ASIA

प्रजनन केन्द्रमा हुर्काइएका १४ डंगर गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

कात्तिक ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कावासोती– प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डंगर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेस्टुरेन्टमा छाडिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक वातावरणमा घुलमिल हुनसक्ने भएपछि प्राकृतिक बासस्थानमा छाडिएको हो । प्राकृतिक बासस्थानमा छाडनुअघि प्रजनन केन्द्रबाट ल्याइएका गिद्धलाई पिठौलीमा रहेको ‘रिजिलएभिएरी’ (बाहिरी वातावरण देख्न सक्ने गरी निर्माण गरिएको जालीको घर) नौ महीनासम्म राखिएको थियो । नौ महीनासम्ममा अन्य बाहिरी वातावरणको अवलोकनपश्चात बाहिर रहेका गिद्धसँग घुलमिल हुनसक्ने देखिएपछि प्राकृतिक बासस्थानमा छाडिएको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनपटक गरेर कसराको प्रजनन केन्द्रमा हुर्काइएका ३१ गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । यसअघि पहिलोपटक विसं २०७४ मा छ गिद्ध र दोस्रोपटक विसं २०७५ मा १२ गिद्ध प्राकृतिक बासस्थानमा छोडिएको थियो । यसअघि प्राकृतिक बासस्थानमा छाडिएका गिद्ध सहजरुपमा बाह्य वातावरणमा घुलमिल भएको संयोजक चौधरीले बताए । यसले गिद्ध संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक बासस्थामा छाडिनुपूर्व गिद्धको ढाडमा स्याटेलाइट ट्याग जडान गर्ने गरिन्छ । यसले गिद्धको आनिबानी थाहा पाउन सकिने संयोजक चौधरीले बताउनुभयो । यसअघि छाडिएका गिद्ध देशका करीब २० जिल्लाको २४ हजार वर्ग किलोमिटर क्षेत्रमा चरणका लागि पुगेको देखिएको छ । 

Vianet communication
Laxmi Bank

एउटा स्याटेलाइट ट्याग जडान गरिएको जङ्गली गिद्ध पिठौलीबाट करीब एक हजार १०० किलोमिटर टाढा पश्चिम–उत्तरतर्फ भारत र पाकिस्तानको सीमा जम्मु कस्मिर क्षेत्रसम्म पुगेको समेत पाइएको संयोजक चौधरीले बताए ।

गिद्धलाई शुद्ध आहारा उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले विसं २०६३ मा स्थानीय समुदायको सक्रियतामा नवलपुरको कावासोती नगरपालिका पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको गिद्ध संरक्षण केन्द्रका रुपमा जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो ।

जटायु रेस्टुरेन्टमा अघिल्लो वर्षको तथ्याङ्कअनुसार २०३ गिद्ध रहेका छन् । स्थापनाको समयमा यहाँ सात प्रजातिका ७२ गिद्ध रहेको गणना गरिएको थियो । अहिले नेपालमा पाइने नौ प्रजातिकामध्ये आठ प्रजातिका गिद्ध यहाँ पाइन्छ । रैथाने चार प्रजातिका गिद्ध रहेका छन् भने बाँकी चार प्रजाति हिमाली क्षेत्रबाट जाडो मौसममा बसाइँसराइ गरी आउने गरेको संयोजक चौधरीले बताए ।

नमूना मध्यवर्ती सामुदायिक वनको ५० हेक्टर क्षेत्रफलमा जटायु रेस्टुरेन्ट स्थापना गरिएको छ । गिद्धका आहाराका लागि वनभित्रै बृद्ध गाई पालिएको छ । गाई मरेपछि गिद्धको आहाराको रुपमा प्रयोग गर्ने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x