×

NMB BANK
NIC ASIA

पहिलोपटक नासाका महिला टोलीका अन्तरिक्ष यात्रीले पूरा गरे स्पेसवाक, बन्यो इतिहास

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्षयात्रीहरू क्रिस्टिना कोच र जेसिका मेरले महिला मात्र भएको टोलीबाट पहिलोपटक स्पेसवाक गरेका छन् । 

Muktinath Bank

इन्टरनेसनल स्पेस स्टेसन बाहिर सात घन्टाभन्दा बढीको मिसनमा महिलाहरूले भाँचिएको पावर नियन्त्रकको सफल मर्मत गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत मार्च महिनामा महिला मात्रको स्पेसवाक स्पेससुट नमिलेर रद्द गर्नुपरेको थियो । 


Advertisment
Nabil box
Kumari

अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी क्याथी सुलिभानले ३५ वर्षअघि मिसन पूरा गरेकी थिइन् । अहिले बनेको इतिहासले आफूलाई पुलकित बनाएको उनले बताइन् । 

Vianet communication
Laxmi Bank

नासाका एक प्रवक्ताले बताए, ‘हामीले पाएको उपलब्धिले संसारभरिका विद्यार्थीहरूलाई प्रेरणा दिएको छ अनि कडा मेहनतले महान् उचाइ हासिल गर्न सकिन्छ भनी प्रमाणित गरेको छ । सबै विद्यार्थीले यी उपलब्धिमा आफूलाई पाउन सक्नुपर्छ ।’

कोच र मेरले बीसीडीयू भनिने ब्याट्रीहरू परिवर्तन गरेका थिए । ती ब्याट्रीहरूले आईएसएसमा थप बिजुली दिन सकिरहेका थिएनन् ।

हुन त थप बिजुली नआउँदा कर्मचारी र मिसनलाई उल्लेख्य प्रभाव परेको थिएन तर तिनको मर्मत त गर्नैपर्ने थियो । 

कोच सन् २०२० को फेब्रुअरी महिनासम्म अन्तरिक्षमा रहनेछिन् र महिलाले पहिलोपटक सबभन्दा लामो स्पेसफ्लाइट गरेको कीर्तिमान पनि बनाउन लागेकी छन् । स्पेसवाक जस्ता लैंगिक कोशेढुंगाहरू निकै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x