कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – सोभियत संघको पतन भएपछि छाएको अव्यवस्थाका बीच राष्ट्रपति बनेका भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले विगत पाँच वर्षमा रुसको अर्थतन्त्रलाई विस्तार गर्नुका साथै भूराजनीतिक प्रभुत्व पनि बढाइरहेको छ ।
सन् २०१४ मा क्राइमियालाई नियन्त्रणमा लिएपछि अनि पूर्वी युरोपमा सैन्य हस्तक्षेप गर्न थालेपछि रुसमाथि पश्चिमी मुलुकहरूले प्रतिबन्ध लगाएका थिए । त्यतिखेर ऊ एक्लो र अछुत देश मानिएको थियो ।
पश्चिमीहरू एक सुरमा पुटिनको निन्दा गरिरहेका थिए । उनीहरूको दबाबमूलक रणनीतिका कारण रुसको दृष्टिकोणमा परिवर्तन आउने आकलन थियो । अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले रुसलाई क्षेत्रीय शक्ति भन्दै अपमान गरेका थिए । कुनै समयमा विश्व महाशक्ति बनेको रुसलाई यसले ठेस पुगेको थियो ।
अहिले रुस वैश्विक प्रभुत्व बढाउने काम गरिरहेको छ । अमेरिकाको जासूसी विभागका अनुसार, रुसले डोनल्ड ट्रम्पमार्फत अमेरिकी चुनावलाई प्रभावित पार्ने कोशिश गरेको थियो । रुसल् अफ्रिका र दक्षिण अमेरिकामा आफ्नो भूमिका बढाइरहेको छ अनि युरोपेली मुलुकहरूको मतभेदबाट पनि फाइदा उठाइरहेको छ ।
पश्चिम एसियामा यो परिवर्तन स्पष्ट देखिन थालेको छ । सिरियामा सैन्य अभियान शुरू गरेको चार वर्षपछि रुसले अमेरिकालाई स्थानापन्न गर्दै उक्त क्षेत्रको मुख्य खेलाडी बन्न थालेको छ ।
केही दिनको अन्तरमा पुटिनले टर्कीका राष्ट्रपतिसँग फोनमा कुरा गरेर मस्को आउने निमन्त्रणा दिए । उनले इरजरायलका प्रधानमन्त्रीसँग सुरक्षा विषयमा कुरा गरे र साउदी अरब तथा यूएईको भ्रमण गरेर आए ।
पश्चिम एसियामा रुसको बढ्दो सक्रियताको संकेत यसले दिएको छ ।
रुसी पत्रिका मोस्कोव्स्की कोम्सोमोलेट्स लेख्छ
पश्चिम एसियाको वर्तमान परिस्थिति अमेरिकाका पूर्व परराष्ट्रमन्त्री हेनरी किसिंगर र उनको वैश्विक भूराजनीतिक चेसको समयमा विश्वासयोग्य समेत थिएन । अमेरिका दिनको उज्यालोमै बाटो बिराउँदैछ भने रुसको कूटनीति निकै अघि बढेर गएको छ ।
रुस अहिले संसारभरि मध्यस्थकर्ता र राजनीतिक बिचौलियाको भूमिका निर्वाह गरिरहेको छ । कुनै पनि क्षेत्रीय शक्तिले उसलाई बेवास्ता गर्न सक्दैन ।
सिरिया–टर्की सीमाबाट अमेरिकी सैनिकहरू फिर्ता बोलाउने ट्रम्प प्रशासनको निर्णयले रुसको प्रभाव बढेको देखिन्छ ।
उत्तरपूर्वी सिरियाको वर्तमान हालतबाट रुसलाई विभिन्न किसिमका फाइदा हुन सक्छन् ।
सिरियाली राष्ट्रपति बशर अल असदको मुख्य राजनीतिक तथा सैन्य सहयोगी रुस नै हो । सिरियाली सरकारले जति बढी भूभागमा नियन्त्रण कायम गर्छ, रुसका लागि त्यति लाभदायक हुन्छ ।
कुर्दहरूलाई छोड्दा सिरियामा अमेरिकाप्रतिको विश्वसनीयता गुमेको छ । यस्तोमा रुसले पश्चिम एसियामा सबै पक्षहरूका अगाडि आफू मात्र मध्यस्थकर्ता र शान्ति स्थापना गर्ने देशका रूपमा प्रस्तुत गर्ने अवसर पाएको छ । रुसका सुरक्षा बलहरू पहिलेदेखि नै उक्त क्षेत्रमा गश्ती गरिरहेका छन् । सन्देश स्पष्ट छ– क्षेत्रमा शान्ति चाहिएमा रुसको शरण पर ।
हालैका वर्षहरूको रुस पश्चिमी देशहरूको गठबन्धन, विशेषगरी युरोपेली संघ र नाटोको आन्तरिक मतभेद, को फाइदा उठाएर उनीहरूलाई कमजोर बनाउन थालेको छ । नाटोको सदस्य मुलुक टर्कीले अन्य सदस्यसँग मतभेद कायम राखेमा रुसका लागि लाभदायक हुन्छ । अमेरिका टर्कीसँग पहिलेदेखि आक्रोशित छ किनकि उसले रुससँग एस–४०० एयर डिफेन्स सिस्टमको सम्झौता गरेको छ ।
सन् २०१५ मा रुसले सिरियामा अन्तर्राष्ट्रिय आतंकवादलाई पछार्ने प्राथमिकता रहेको भन्दै सैन्य अभियान थालेको थियो । तर अहिले ऊ पश्चिम एसियामा प्रभाव बढाउन थालेको छ ।
विश्व राजनीतिमा रुसको सक्रियता बढिरहेको बेलामा पश्चिममा राजनीतिक आत्मनिरीक्षणको समय चलिरहेको छ ।
फ्योदोर लुक्यानोभ भन्छन्, ‘अमेरिका र युरोपेली शक्तिहरू दुई वर्षअघिको तुलनामा अहिले बढी आत्मनिरीक्षण गरिरहेका छन् । रुसका प्रतिद्वन्द्वीहरूले रुसलाई एक्ल्याउन खोजेको भए पनि रुसले पश्चिम एसियामा बाह्य दबाबको वातावरणमा शानदार लचिलोपन र कौशलको परिचय दिएको छ ।’
रुसको प्रभाव विस्तार भए पनि केही कठिनाइ चाहिँ छन् ।
रुस आर्थिक महाशक्ति हैन । उसको अर्थतन्त्र कमजोर छ र यो कमजोरी कायम रहेमा उसको वैश्विक महत्त्वाकांक्षालाई झड्का लाग्न सक्छ ।
पश्चिम एसियाको कुरा गर्दा त्यो जटिल क्षेत्र हो । त्यहाँ विभाजन, अविश्वास र घृणाको वातावरण छ । रुस त्यहाँ मध्यस्थकर्ताका रूपमा अघि आएको भए पनि उसले शान्ति शहाल गर्न कठिन कूटनीतिक सन्तुलन बनाउनुपर्ने हुन्छ ।
बीबीसीबाट
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...