पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
काठमाडौं– आइतवार मिडिया हबका सञ्चालक सोम धितालले प्रहरीमा जेपीटी क्रियसन र जिग्री–पाँडेविरुद्ध कपिराइटको उजुरी दिए । जेपीटी क्रियसन जिग्री–पाँडेको कम्पनी हो ।
मिडिया हबसँग लामो समयको करार सहकार्यपछि कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को जेपीटी क्रियसनले भद्रगोलबाट बाहिरिएर नयाँ टेलिसिरियल ‘सक्किगोनि’ ल्यायो ।
यसैबीच मिडिया हबका सञ्चालक धितालले सक्किगोनिमा देखिएका चरित्रहरूको अधिकार मिडिया हबसँग निहीत हुने भन्दै कपिराइटको निवेदन दिए ।
मिडिया हबको निवेदनपछि सक्किगोनिका कलाकार अर्जुन घिमिरे, कुमार कट्टेल र शंकर आचार्य सोमवार दिउँसो नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय पुगेका थिए ।
उनीहरूलाई त्यहाँ सञ्चारकर्मीलाई अन्तर्वार्ता दिन भ्याइँनभ्याइँ देखिन्थ्यो । एउटा कोठामा अर्जुन घिमिरे ‘पाँडे’ले एउटा यूट्युब च्यानललाई अन्तर्वार्ता दिइरहेका थिए भने केही यूट्युबर ढोकामा पालो कुरेर बसिरहेका थिए ।
कार्यालयकी सूचना अधिकारी सुष्मा पोखरेलको कार्यकक्षमा कुमार कट्टेल ‘जिग्री’ एक यूट्युब च्यानललाई अन्तर्वार्ता दिइरहेका थिए । शंकर आचार्य ‘वरिष्ठे’ पनि आफ्ना कुरा राख्नमा व्यस्त थिए ।
घिमिरे, कट्टेल र आचार्यको एउटै भनाइ थियो – न्याय पाउँ ।
मिडिया हबले निवेदन दिएपछि प्रतिलिपि अधिकारको कार्यालयले आफूहरूसँग सल्लाह नगरिकन कारवाही प्रक्रिया अगाडि बढाएको उनीहरूको गुनासो थियो ।
मिडिया हबले उजुरी फिर्ता लिनुपर्छ : कुमार कट्टेल
कुमार कट्टेलले मिडिया हबले कपिराइटको उजुरी फिर्ता लिनुपर्ने बताएका छन् । उनले सञ्चालक सोम धिताललाई लक्षित गर्दै भने, ‘यदि तपाईंमा मानवीयता छ भने यो उजुरी पनि फिर्ता लिनुहुन्छ होला भन्ने मेरो अपेक्षा हो ।’
उनले हालसम्म पेशाप्रति जिम्मेवार रहँदै कुनै पनि सिरियलको नक्कल नगरेको बताए । ‘म पेशाप्रति जिम्मेवार भएर काम गरिरहेको छु । मैले अहिलेसम्म अरू सिरियलको नक्कल गरेको छैन,’ कट्टेलले भने, ‘मैले मेरै काम गरिरहँदा पनि उजुरी पर्यो । यति हुँदा पनि म मिडिया हबका सञ्चालक सोम धितालप्रति सम्मान व्यक्त गर्दै भन्न चाहन्छु कि तपाईंहरूकै प्लेटफर्मले गर्दा मैले कलाकारिता गर्न पाइरहेको छु । तपाईं जत्तिको व्यक्तिबाट म यो अपेक्षा पनि गर्दिनँ ।’
उनले सक्किगोनिको स्क्रिप्ट लेख्दै गर्दा आफ्नो टीमविरुद्ध कपिराइटको उजुरी परेको उनले सुनाए । उनले भने, ‘म सक्किगोनिको स्क्रिप्ट लेखिरहेको थिएँ । आजदेखि शूटिङ थियो । एक्कासी फोन आयो उजुरीको । अब फेस त गर्नैपर्यो । गर्छौं ।’
उनले बौद्धिक सम्पत्ति भनेको सर्जकको हुने भनिएपनि आज आफू प्रताडित भएको र आफूहरूमाथि अन्याय भएको पनि बताए ।
कट्टेलले जेपीटी क्रियसन र मिडिया हबबीचको सम्झौता अवधि २०७६ असार महिनामै सकिएकाले कपिराइटको उजुरी आफूहरूमाथि आकर्षित नहुने बताए । अवधि पूरा भइसकेको करारको बुँदा नम्बर १३ देखाउँदै मिडिया हबको उजुरी दुःख दिने नियतमा मात्रै भएको उल्लेख गरे ।
करारको बुँदा नम्बर १३ मा भनिएको छ, ‘भद्रगोलको कन्टेन्ट र भद्रगोलभित्रको सम्पूर्ण पात्रहरूको चरित्रको दोस्रो पक्षमा निहित रहनेछ ।’ सम्झौतामा दोस्रो पक्ष भनेको जेपीटी क्रियसन हो ।
यदि यो बुँदालाई मान्ने हो भने मिडिया हबको उजुरी/निवेदन दर्ता नै नहुनुपर्ने सक्किगोनि टीमको दाबी छ । प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालयसँग उनीहरूको एउटै मात्र गुनासो छ – हामीलाई किन छलफलका लागि बोलाइएन ? किन समन्वय गरिएन ?
सूचना अधिकारी सुष्मा पोखरेल भने मिडिया हबले आजै गर्नुपर्छ भनेर हत्ते गरेपछि निवेदन दर्ता गरिएको बताइन् । उनले भनिन्, ‘यतिसम्म हुन्छ भन्ने थाहा पाएको भए तपाईंहरूलाई पनि बोलाउँथ्यौं ।’
कार्यालयले प्रहरीमा पठाएको पत्रप्रति पनि सक्किगोनि टीमको असन्तुष्टि रहेछ । सक्किगोनि टीम भन्छ, ‘कार्यालयले हतार गरेर प्रहरीकोमा कारवाही गरिपाउँ भनेर पत्र पठाएको रहेछ । हामीलाई प्रहरीले एक्कासी कारवाही गर्यो भने के गर्ने ? हामीलाई न्याय चाहियो । सरकारी निकायबाट न्यायको अपेक्षा गरेका छौं ।’
अर्जुन घिमिरेले न्याय पाउँ भन्दै दिए निवेदन
मिडिया हबका सञ्चालक सोम धितालले जेपीटी क्रियसनविरुद्ध कपिराइटको उजुरी दिएपछि सक्किगोनिका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा न्याय पाउँ भन्दै निवेदन दिएका छन् ।
कार्यालयकी नायब सुब्बा रोशनी कार्कीले निवेदनको सार लोकान्तरलाई सुनाउँदै भनिन्, ‘निवेदनमा भएअनुसार मिडिया हब र जिग्री–पाँडेको जेपीटी क्रियसनबीच असारसम्म करार भएको रहेछ । करारमा कसले के गर्ने भन्ने व्यवस्था भएको रहेछ । पहिला भद्रगोलमा भएका चरित्र र पात्रहरू हामीले नै क्रिएट गरेको र त्यसमा हाम्रै अधिकार हुनुपर्ने भन्ने उहाँहरूको माग छ ।’
उनले थपिन्, ‘निवेदनमा चाहिँ ठ्याक्कै न्याय पाउँ भन्ने नै छ ।’ निवेदन लिएर सक्किगोनि टीम महानगरीय प्रहरी परिसर समेत टेकु पुगेको छ ।
निमित्त रजिस्ट्रार उत्तम दवाडी भन्छन्, ‘अधिकार हनन् भएको हो/होइन भन्ने अधिकार कार्यालयलाई छैन
मिडिया हबले प्रतिलिपि अधिकार हनन् भयो भनेर सक्किगोनि टीमविरुद्ध निवेदन पेश गर्नुभएको हो । प्रतिलिपि अधिकार हनन् भएको हो वा होइन भन्ने अधिकार प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई छैन । यसको अधिकार महानगरीय प्रहरी परिसरलाई भएको हुनाले प्राप्त निवेदनलाई महानगरीय प्रहरी परिसरलाई आवश्यक छानबिनका लागि फरवार्ड मात्रै गरेका हौं ।
छलफल गराउने विषयमा चाहिँ निवेदन दिने पक्षले अर्को पक्षसँग छलफल गर्न चाहन्छु भनेको खण्डमा एउटा अनौपचारिक छलफल गर्ने त हो तर जसले निवेदन दिनुभएको हो उहाँले हामी छलफल नै गर्न चाहँदैनौं, हाम्रो निवेदन प्रहरी कार्यालयमा फरवार्ड गरिदिनुस् भनेपछि हामीले त्यही गर्यौं ।
मिडिया हबको निवेदन करारनामाको ‘ख’ करारको विषयवस्तुमा टेकेर दर्ता भएको प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयकी सूचना अधिकारी सुष्मा पोखरेलले बताइन् । यद्यपि अन्य बुँदाहरू हेर्ने हो भने मिडिया हबको निवेदनको औचित्य रहँदैन ।
‘ख’ करारको विषयवस्तुमा ‘भद्रगोल नामक टेलिशृंखलाको प्रसारण अधिकार प्रथम पक्षमा सुरक्षित रहने गरी निम्न लिखित शर्तहरूमा दुवै पक्षको समझदारीमा यो करारनामा गरिएको छ ।’ करारमा प्रथम पक्ष मिडिया हब हो ।
करारको अवधि सकिएकाले निवदेनको अर्थ नहुने र बुँदा नम्बर १३ र १६ ले अझ स्पस्ट पार्ने जेपीटी क्रियसनको भनाइ छ ।
के छ बुँदा नम्बर १३ र १६ मा ?
बुँदा नम्बर १३ मा भनिएको छ, ‘भद्रगोलको कन्टेन्ट र भद्रगोलभित्रको सम्पूर्ण पात्रहरूको चरित्रको दोस्रो पक्षमा निहित रहनेछ ।’
बुँदा नम्बर १६ मा उल्लेख गरिएको छ, ‘यस करारनामाको अवधि २०७४ श्रावण १ गतेदेखि २०७६ असार मसान्तसम्म रहनेछ । करारनामाको अवधि अगावै कुनै समस्या आएमा दुवै पक्षको आपसी सहमतिमा समाधान गरिने वा करारनामा खारेजी गर्न सकिने छ ।’
यस विषयमा मिडिया हबका सञ्चालक सोम धिताललाई प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...