×

NMB BANK
NIC ASIA

हिजो दिनभर : शिलान्यास भयो सुरुङमार्ग, उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

  सुरुङमार्ग शिलान्यास

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताएका छन् । 
 
    चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    “टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङमार्ग पनि अध्ययनका क्रममा छन्, अब सुरुङमार्ग निर्माणको युग शुरु भएको छ, कहाँकहाँ सुरुङमार्ग निर्माण गर्न सकिन्छ भनी सम्भाव्यता अध्ययन भइरहेको छ”, प्रधानमन्त्री ओलीले भने ।


Advertisment
Nabil box
Kumari

    द्रुतमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत पूर्वाधार निर्माण एवं स्तरोन्नतिपछि समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विचार थियो । गत वर्षमात्र एक हजार ६०० किमी सडक कालोपत्र र २४३ पक्की पुल निर्माण भएको प्रधानमन्त्री ओलीले सुनाए ।
 

Vianet communication
Laxmi Bank

     भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशलाई सुरुङमा प्रवेश गराउनु ऐतिहासिक काम भएको उल्लेख गर्दै कहाँ कहाँ पहाड छेडेर छिटो सडक बनाउन सकिन्छ भन्ने विषयको अध्ययन भइरहेको जानकारी दिए । 
  
    नेपालका लागि जापानी राजदूत मासामिची साइगोले 
    नागढुङ्बाट सिस्नेखोला जोड्ने सुरुङ आधुनिकरुपमा बन्न लागेको पहिलो हुनेछ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशतको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको हो । सुरुङमार्ग निर्माणका लागि रु २२ अर्ब लाग्ने अनुमान छ । जाइकाले रु १६ अर्ब सहयोग गर्नेछ भने रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।
 
    प्रवेश मार्गसहित ५.५६ किमी सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताउनुभयो । करीब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
 
    धादिङको धुनिबेंसी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको छ । केही समयपछि त्यता पनि मुआब्जा वितरण शुरु गरिनेछ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 
 
    यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो । मार्गमा दुई वटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । 

    सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङ्दो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।
 
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो
 
    निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । 

    यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
 
    मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई सोमबार स्वदेश फर्किएका छन् । 

    सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय कानूनको सवलीकरणः क्षेत्रीय सहयोगमा संसदीय भूमिका र संयन्त्र’ विषयक छलफलमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो । साथै प्रजातन्त्र र मानवाधिकारको स्थायी समितिको बैठकमा सहभागिता जनाएको उनको सचिवालयले जनाएको छ ।

    अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रिप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत सहभागी थिए ।

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो 
    
नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो । 
    यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु चार हजार २०० रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु दुई हजार ५०० मात्र कायम गरिएको कम्पनीले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ । 
    
त्यसैगरी पहिले ११ देखि १०० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस रु चार हजारमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस रु दुई हजार ३०० मा र ५१ देखि १०० एमबीपिएस रेन्जको प्रति एमबीपिएस मात्र रु दुई हजार १०० मा उपलब्ध गराइनेछ । 
    
पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस रु तीन हजार ८०० महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस एक हजार ९०० मै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । 

    यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधँै बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ । 
    
मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने सङ्घ÷संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।

 मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

थप २५ विद्युतीय बस खरीद गर्दै सुन्दर यातायात
    
चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महीना शुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो । 
    
डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धन खर्च हुन्छ । विद्युत्मा भने औसत रु ७५० खर्च हुने बताइएको छ । गत महनिादेखि चक्रपथमा चार वटा बस सञ्चालन गरिरहेको कम्पनीले बस थप्ने योजना बनाएको हो । अहिले चक्रपथमा मात्रै बस सञ्चालन भइरहेकामा नयाँ भित्रिने बस नगरकाभित्र भागमा र उपत्यका बाहिरसमेत सञ्चालन गर्ने योजना रहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । 

    यो तिहारमा नखुल्ने भो बालगोपालेश्वर

भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो । 

    सोही वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । विसं २०७३ को भाइटीकामै मन्दिर खुला गरिने उद्देश्यले निर्माण गर्न लागिएको उक्त मन्दिर चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । 

    
अब त्रिविमा श्रम शिक्षा
श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिकसत्रदेखि श्रम शिक्षा अध्ययन गराउने तयारी थालेको छ । पहिलो चरणमा स्नातकोत्तर तहमा श्रम विषय अध्ययन गराउन विश्वविद्यालयले सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । 

    मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा श्रम शिक्षा अध्ययन गराउन विश्वविद्यालय र ट्रेड युनियनलगायत सरोकारवाला जुटेका छन् । जसअनुसार त्रिविले स्नातकोत्तर तहमा पढाइ हुने श्रम विषयका पाठ्यक्रमकोसमेत प्रारम्भिक प्रारुप तयार गरिसकेको छ । 

दोषीमाथि कारवाही गर्न सङ्घको माग

नेपाल चिकित्सक सङ्घ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ । सङ्घले जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाहीको माग गरेको हो । 

    सङ्घका अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा आइतबार चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक माथि लगाइएको आरोपका कारण काम गर्न नसक्ने जनाइएको छ । सङ्घले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार दोषीलाई कारवाही गर्नुपर्नेसहित विभिन्न छ बुँदे माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्रमा चितवन मेडिकल कलेजका चिकित्सक, विद्यार्थी माथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनुपर्ने, अस्पतालमा भएको क्षतिपूर्तिका सम्बन्धमा व्यक्ति वा समूहबाट भराइनुपर्ने, स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने लगायतका रहेका छन् । सङ्घले राखेका माग २४ घण्टाभित्र पूरा नभए जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने सङ्घले चेतावनी दिएको छ । 
    
अवैध चाँदीसहित दुई भारतीय पक्राउ
        
प्रहरीले अवैध रुपमा चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा भारतको पलिया घर भएका ३८ वर्षीय विनोद बर्मा र ३६ वर्षीय सुवोद बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
     
उनीहरुले अवैध रुपमा चाँदीका पाउजु झोलामा राखेर बिक्री गर्न लागेको सुराकीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुबाट ९३८ ग्राम चाँदी बरामद गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । बरामद गरिएको चाँदी आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

बाबुको हत्या गर्ने पक्राउ 

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङकोे हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई सोमबार काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा सामान्य विवाद हुँदा छोराले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । 

“बुबाको हत्यापछि वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएका छोरा रनकाजी काठमाडौँ आएपछि विभिन्न स्थानमा लुकेर बसेकाले २० वर्षपछि पक्राउ गरेका हौँ,” उहाँले भन्नुभयो । उनले काठमाडौँमा आएर आफ्नो वास्तविक परिचयसमेत लुकाई विभिन्न स्थानमा लुकेर बसेको ब्यूरोले जनाएको छ । 

अस्पताल तोडफोड

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका ११ विरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका १२ मध्ये ११ लाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको हो । 

एकजना बिरामी रहेकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको बताए । म्याद थपसँगै अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।  

आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो । सो क्रममा छ प्रहरी घाइते भएका थिए । पूर्वी नवलपरासीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा शनिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ ।

नयाँ हवाई नीति बनाउन कार्यदल गठन 

सरकारले हवाई यातायातका क्षेत्रमा विश्वव्यापीरुपमा ग्रहण गरिएको प्रविधि, असल अभ्यास र नयाँ आयामलाई दृष्टिगत गरी नयाँ हवाई नीति बनाउने भएको छ ।
    
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रमा आएको विश्वव्यापी आयाम, दक्षिण एशियाली मुलुकमा रहेको व्यवस्था र नेपालको बदलिँदो आवश्यकता समेतलाई समष्टिगत गर्दै नयाँ हवाई नीति तर्जुमाका लागि एक कार्यदल गठन गरेको हो ।
        
    विसं २०७६ असोज २९ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
    
    कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, नेपाल वायु सेवा निगमका पूर्वउपप्रबन्धक राजु केसी, प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक सङ्घका सुमन पाण्डे र वरिष्ठ विमानचालक (पाइलट) क्याप्टन दधिराम निरौला सदस्य रहनुभएको छ । कार्यलदको सदस्य सचिवमा पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महशाखा प्रमुख सहसचिव सुरेश आचार्य रहेका छन् । 
    
    कार्यदललाई ६० दिनभित्र हवाई नीतिको मस्यौदा तयार गरी मन्त्रालयसमक्ष पेश गर्ने समयावधि तोकिएको छ । कार्यदलले हवाई यातायातका क्षेत्रमा विश्वव्यापी प्रविधि, असल अभ्यास एवं सार्क मुलुकमा रहेको व्यवस्था र नेपालको बद्लिँदो आवश्यकता समेतलाई समष्टिगतरुपमा अध्ययन गरी नयाँ हवाई नीतिको मस्यौदा तयार गर्नेछ ।
    
    नीतिको मस्यौदा पेश गर्न दुई वटा कार्यशाला गोष्ठीकोसमेत आयोजना गर्ने कार्यादेश प्राप्त उक्त कार्यदलको सोमबार बसेको बैठकले हवाई क्षेत्रसँग आबद्ध एवं जानकारप्राप्त व्यक्ति वा संस्थाले सुझाव दिन चाहनुभएको खण्डमा सुझाव सङ्ग्रह गर्ने निर्णय गरेको छ । मन्त्रालयको हवाई उद्योग शाखामा स्वयं उपस्थित भई वा पत्राचार÷फ्याक्स वा इमलेमार्फत आफ्नो सुझाव उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

जापानी सम्राट्को गद्दी आरोहण समारोह मङ्गलबार
    
जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह मङ्गलबार इम्पेरियल प्यालेसमा हुँदैछ । नयाँ सम्राटलाई बधाई  तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो पुगेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारी पनि राज्याभिषेक समारोहमा सहभागी हुन  आइतबार  राजधानी टोक्यो पुगेकी छिन् । 

नेपाली युवा वैज्ञानिकले जिते पदक 

रुसमा सम्पन्न ‘आठौँ एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । कूल २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन् ।

    नेपालकोतर्फबाट सहभागी विभिन्न कलेजका नौ विद्यार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका हुन् । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
 
    यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौँ एशिया प्यासिफिक युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सम्मेलन आयोजना भएको थियो । नेपाल पोलिमर इस्टिच्युट काठमाडौँको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नौ नेपाली विद्यार्थीले प्रस्तुति दिएका थिए । गत महीना नेपाल पोलिमर इष्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश    
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
    
    बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । 

    उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । बैंकको कूल चुक्ता पूँजी रु आठ अर्ब एक करोड छ । बैंकले आव २०७५÷७६ मा कूल रु एक अर्ब ८० करोड वितरणयोग्य मुनाफा गरेको थियो । 

सोमबार पनि घट्यो नेप्से  

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम सोमबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ । 
    
    यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ । कारोवार रकम आइतबारको तुलनामा बढेपनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन । आइतबार कूल रु ११ करोडको मात्रै कारोवार भएको थियो । सोमबार कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए । 
    
    कारोवार भएका कूल ११ उपसमूहमध्ये सोमबार छ उपसमूहको शेयर उकालो लागेको छ भने पाँच उपसमूहको शेयर घटेर बन्द भएको छ । बैंङ्किङ १.८८, विकास बैंक ६.७, जलविद्युत् ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे । यस्तै होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ । 
    
    कारोवारका आधारमा सोमबार पनि प्रभु बैंक नै शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ८९ लाख ३७ हजार ३६७ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु ७६ लाख १८ हजार ७७१, मेगा बैंक रु ७० लाख ४४ हजार ३२६, शिवम् सिमेन्ट रु ६५ लाख ५६ हजार २७५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ६० लाख १७ हजार ३९७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 
    
    स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए । त्यस्तै एभरेष्ट बैंक ९.२८, राधी विद्युत् कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x