किचेनमा चिकेन : कुखुराको मासु क्यान्सरको स्रोत !

चैत ३०, २०७३

काठमाडौं, २९ चैत – ‘कुखुरा खाऔं, अण्डा खाऔं’ भनेर रेडियो र टिभीमा अचेल नेपाली सञ्चारमाध्यममा सरकारले नै विज्ञापन बजाउने गरेपनि वास्तवमा अहिले बजारमा पाइने कुखुराको मासु डरलाग्दो भएको अध्ययनहरूले देखाएका छन् ।

औषधी र आधुनिक फिड खुवाएर हुर्काइएका कुखुराको मासु खानु क्यान्सरलाई निम्त्याउनु स्वास्थ्यसम्बन्धी साइट अण्डरग्राउण्डहेल्थले जनाएको छ । कुखुराहरूमा प्रयोग गरिने आर्सनीकका कारण नै मान्छेको शरीरमा क्यान्सर बढ्ने उसले उल्लेख गरेको छ । कुखुरालाई खुवाइने फिडमा प्रयोग गरिएका यस्ता आर्सनिकको खास उद्देश्य कुखुराको तौल बढाउनु हो । कुखुरालाई कोकाडाइसिसजस्ता परजीविहरूबाट बचाउनका लागि समेत आर्सनिकको प्रयोग गरिने साइटमा उल्लेख छ ।

आर्सेनिक मासु वृद्धि प्रयोग गरिने रोक्सारसानको एक भाग हो जबकि अमेरिकाको खाद्य गुणस्तर नियन्त्रणसम्बन्धी निकाय एफडिएले पहिले यसको प्रयोगलाई उचित मानेको थियो तर पछिल्लो पटक एफडिएले रोक्सारसोन ख्वाइएका कुखुराहरूमा अत्यन्तै धेरै कार्सिनोजेकिन आर्सनिक तत्त्व हुने कुरालाई स्वीकार गरेको छ । रोक्सारसोन प्रायजसो संसारभरका कुखुरा उद्योगमा प्रयोग हुने गर्दछ ।

त्यसका साथै फ्याक्ट्री अथवा फार्महरूमा हुर्काइने ९० प्रतिशत कुखुरामा नै क्यान्सर रोग हुने गरेको बताइएको छ । कुखुरामा लाग्ने क्यान्सरलाई ल्युकोसिस भन्ने गरिन्छ ।

चैत ३०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस