बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
कोविड–१९ नाम दिइएको कोरोना भाइरसको प्रकोपबाट मित्रराष्ट्र चीन केही समययता आक्रान्त छ । कोरोनाका कारण हालसम्म २ हजारभन्दा बढीले ज्यान गुमाउनुपरेको छ ।
हुवानबाट शुरू भएको कोरोनाको महामारी नियन्त्रण गर्न चीनले हरसम्भव प्रयास गरिरहेको छ । कोरोना भाइसर अन्यत्र नफैलियोस् भन्नका लागि चीनले सुरक्षाका कनेकन उपाय गरिसकेको छ ।
कोरोना नियन्त्रणका लागि चीनले १ हप्तामा १ हजार शय्याको अस्पताल निर्माण गर्नेदेखि कुनै कसर बाँकी राखेको छैन । कोरोनाविरुद्ध लडिरहेको मित्रराष्ट्र चीनलाई सहयोग गर्नुपर्ने आवाज नेपालको संसदमा उठ्यो ।
संसदमा आवाज उठेपछि सरकारले चीनलाई १ लाख मास्क पठायो । रातारात करोड मास्क बनाउन सक्ने र हप्तादिनमै हजार शय्याको अस्पताल बनाउने क्षमता भएको चीनको लागि १ लाख मास्क ठूलो कुरा भएन । ठूलो कुरा त मित्रता थियो, नेपालले प्रदर्शन गरेको ।
नेपाल–चीन कूटनीतिक सम्बन्धमा ६ दशकमा चीनले नेपाललाई सहयोग मात्र गरिरहेको छ । ५ वर्ष अगाडिको विनाशकारी महाभूकम्पमा गरेको मानवीय सहयोग तथा पुनर्निर्माणमा उसले देखाएको तत्परता प्रशंसायोग्य छ । सबभन्दा ठूलो कुरा त नेपालमा हुने राजनीतिक घटनाक्रमको सम्बन्धमा चीनले कुनै हस्तक्षेप गरेको छैन ।
नेपाल–चीन सम्बन्धमा राष्ट्रपति सी चिनफिङबाट असोजमा भएको नेपाल भ्रमणका क्रममा व्यक्त सद्भाव स्मरण गर्न सकिन्छ । ‘चीन र नेपालबीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा २ देशले छिमेकी मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको बीचमा केही समस्या छैन, मित्रता मात्र छ,’ नेपाल भ्रमणको क्रममा सीले भनेका थिए ।
अप्ठ्यारो परिस्थितिमा रहेको छिमेकी मित्रराष्ट्र चीनलाई हरतवरले सहयोग गर्नु छिमेकी राष्ट्रको कर्तव्य र दायित्व हुन आउँछ । कोरोनाको प्रकोपबाट चीनले छिट्टै मुक्त भयो भने नेपालमा चिनियाँ पर्यटक आउने विश्वास गरिएको छ ।
विश्वमा उदीयमान अर्थतन्त्रको छवि बनाएको चीनले गर्ने आर्थिक प्रगति नेपालको आर्थिक समृद्धिको लागि एउटा आधार बन्न सक्छ ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...