असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
प्रधानमन्त्रीज्यू, सादर नमन !
एउटा जिम्मेवार नागरिकको नाताले सानो सुझाव दिँदैछु, स्वीकार गर्नुहोला । देशहित, राष्ट्रहित, पार्टीहित र अन्ततः तपाईंकै समेत हित देखेर सुझाव दिने जमर्को गरेको हुँ । आशा छ, अन्यथा रूपमा लिनुहुने छैन ।
तपाईं जबरजस्त राष्ट्रिय अडान भएका मानिस, राष्ट्रका लागि केही गर्छु भन्ने मानिस, गर्नुपर्छ भन्ने मानिस । नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि झुकेन तपाईंको अडान । उल्टै मुलुकले इतिहासमै पहिलोपटक भारत परिवेष्ठित अवस्थाबाट वास्तविक भूपरिवेष्ठित हुने अवसर प्राप्त गर्यो । त्यतिबेला सगरमाथाजत्तिकै चुलिएको थियो तपाईंको उचाइ । पार्टी एकीकरणपछि शिखर नै छोएको थियो, उचाइले । दुई तिहाइको कम्युनिष्ट सरकार गठन गरी विश्व इतिहास रच्ने पनि तपाईं नै हो । मुलुकमा विकास समृद्धिको नारा दिने पनि तपाईं नै हो ।
सानातिना हावाहुरी र बबण्डरले छुँदैन थियो तपाईंलाई, तपाईंको सोचलाई, विचारलाई र अडानलाई । तपाईंमा वाकचातुर्य मात्र होइन बौद्धिक चातुर्य पनि उत्तिकै रहेको सबैले अनुभव गरेकै हुन् । तपाईंको कार्यकालमा परराष्ट्र सम्बन्ध अब्बल रहेको विपक्षीहरूले पनि स्वीकारेका छन् । यदाकदा ठूलै नेताहरूका समेत बोली चिप्लने गर्छन्, गरेका छन् परराष्ट्र सम्बन्धमा, तर तपाईंको कूटनीतिक चातुर्यले त्यसलाई समेत सुधार्दै आउनुभएको नजिर छ, विगतमा । तथापि पछिल्लो अवस्थामा भने तपाईं आफै लर्बराउन थाल्नुभएको छ ।
तपाईंको बोली लर्बराउन थालेको छ, विचार स्खलित हुन थालेको छ, व्यवहारमा विचलन आउन थालेको छ । यो राम्रो संकेत होइन मुलुकका लागि, जनताका लागि, पार्टीका लागि र स्वयं तपाईंकै लागि पनि । हो, तपाईंको इच्छाशक्ति जब्बर छ । त्यसैले उमेरगत कमजोरीलाई छिपाउँदै ल्याएको सत्य हो, तर यथार्थ यही हो शारीरक रूपले निकै कमजोर भइसक्नुभएको छ । १२ वर्षअघि नै मिर्गौला प्रत्यारोपण गराउनु परेको मानिस । हाल डाइलासिसका भरमा चल्दैछन् ती अंगहरू । पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ । त्यसैमाथि पछिल्लो अवस्थामा मानसिकरूपले समेत शिथिल देखिन थाल्नुभएको छ ।
जति नै इच्छाशक्ति भएपनि आखिर हो तपाईं पनि मानिस नै । तपाईंले जति गर्नुभयो, गर्नुभयो । मानवीय औसतभन्दा धेरै नै गर्नुभयो । एउटा मानिसले यहाँभन्दा कति गर्ने ? एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेर मुलुकी राजनीतिलाई यति माथि शिखरमा पुर्याउनु भयो । सबैभन्दा बढी उग्रवामपन्थी भड्कावलाई राजनीतिको मूलधारमा ल्याएर हिंसाको राजनीति अन्त्य गर्नुभयो । लाग्छ, अब तपाईंले अवकाश लिएर अभिभावकीय भूमिकामा रहने बेला भयो । यसै पनि तपाईंको उमेर वानप्रस्थी जीवनको उत्तराद्र्धतिर पुगेको छ । यो उमेर भनेको सक्रिय कर्मबाट विश्राम लिएर अभिभावकीय भूमिकामा रहने अवस्था हो ।
हुन त तपाईंका सल्लाहकारहरूबाट पनि आएको हुनुपर्छ यस्ता सुझाव । तिनका अघि यस्ता नमागिएको सुझावको के अर्थ भन्ने कुरा पनि आउला । तथापि नमागेकै भए पनि यसलाई समेत थप्न चाहेको हुँ । निसन्देह यो नमागिएको सुझाव नै हो, तर सुझाव भन्ने कुरा मागेर मात्र दिन मिल्छ भन्ने छैन । यदाकदा नमागिएको सुझावले पनि ठूलै काम गर्न सक्छ । नमागेको सुझाव भए पनि सर्वहितको पक्षमा छ भने लिँदा के फरक पर्छ र !
तपाईंले जति गर्नुपर्ने गरिसक्नुभयो । जहाँ पुग्नुपर्ने त्यहाँ पुगी पनि सक्नुभयो । शिखरमा पुगेपछिको गन्तव्य भनेको छाड्नु नै हो । नचाहँदा नचाहँदै पनि छाड्नुपर्छ सबैले । छाड्न नचाहनेलाई छोडाउन लगाउँछन् अन्य कसैले । समय घर्केपछि छाड्नुभन्दा पहिले नै स्वेच्छाले छाड्दा नै राम्रो हुन्छ जस्तो लाग्छ ।
स्वेच्छाले बाहेक छाड्नुपर्ने कारण अन्य जे भएपनि अरूले गर्ने भनेको कुरा काट्ने नै हो । कुरा काट्ने मानिस संसारमा कहाँ कमी छन् र, अनेक लान्छना लगाउन सक्छन् । नानाभाँतीका अफवाह फैलाउन सक्छन् । पदलोलुपको संज्ञा दिन सक्छन् । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने त उखानै छ । तपाईं मृग होइन बाघ हो । बाघ पनि जिउँदो बाघ । तपाईं जस्ता जिउँदो बाघलाई त्यस्तो अवस्था आउन दिनु पटक्कै सुहाउँदैन । जिउँदो बाघले शिकार छाडेको इतिहास कतै छैन । तपाईंलाई त्यसको समेत विश्व इतिहास रच्ने अवसर प्राप्त छ । त्यसैले पनि तपाईंका लागि अवकाश लिने हरतरहले उपयुक्त समय यही हो । यस्तो अवसर जो पायो त्यसले पाउँदैन । प्राप्त अवसर गुमाउनु हुने छैन भने आशा गरेको छु ।
प्रधानमन्त्रीज्यू, शिखरमा पुग्नुभन्दा त्यहाँ टिकिरहन बढी कठिन हुन्छ । फेरि चाहेको चीज प्राप्त नहुँदाको पीडा जति हुन्छ, त्यो भन्दा कति हो कति बढी हुन्छ प्राप्त चिजलाई जबरजस्ती छाड्नुपर्दाको पीडा । पार्टी निर्णय नमान्दा विगतमा केकस्ता दुर्घटना भए, त्यसको केकस्तो मूल्य चुकाउनुपर्यो देश र जनताले भन्ने कुरा तपाईं थाहा छैन भन्न मिल्दैन । पक्कै थाहा छ । थाहा हुँदाहुँदै यस्तो कुरा गर्दै हुनुहुन्छ भने भन्नैपर्छ निसन्देह त्यो मानसिक कमजोरीको लक्षण हो ।
जमिनको टिप्न खोज्नु नराम्रो होइन तर जमिनको टिप्न खोज्दा पोल्टाको पोखिनु पनि राम्रो होइन । त्यसैले फेरि पनि भन्न चाहन्छु, अवकाशको हरतरहले उपयुक्त समय यही हो तपाईंको । समय आउँछ पर्खंदैन भन्छन् । कति गर्नुहुन्छ यहाँभन्दा बढी गर्ने लोभ । लोभको भाँडो कहिल्यै भरिन्न । भरिएपनि नतिजा हात लागि हुँदैन । जति गर्नुभयो, गर्नुभयो । अब सिंगजुरो केही आउँदैन । त्यसैले अवकाश लिएर वानप्रस्थी जीवनमा रहनु सर्वाधिक उत्तम हुन्छ, पार्टीका लागि, देशका लागि र अन्ततः तपाईं स्वयंकै लागि पनि ।
प्रधानमन्त्रीज्यू, एउटा हितैषीको नाताले दिएको सानो सुझाव हो, अन्यथा नमान्नुहोला । हित पनि गर्ने र सुन्दा राम्रो पनि लाग्ने कुरा दर्लभ हुन्छ भन्ने कुरा पक्कै थाहा पाउनुभएको छ भन्ने आशा गर्दै कलमलाई यहीँ विश्राम दिन चाहन्छु ।
उही शुभाकांक्षी,
कमल रिजाल ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...