कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
१८ औं आहा रारा गोल्डकप उपाधि नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
विभागीय नेपाल पुलिस क्लबसँगको फाइनलमा १ सय २० मिनेटसम्म गोलरहित बराबरी खेलेको मनाङले टाइब्रेकरमा ४–३ गोलअन्तरको शिकार बनाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
यो सहित यस सिजनमा ए डिभिजन लिग, बूढासुव्वा गोल्डकप गरी मनाङले लगातार ३ पटक पुलिसलाई हराउन सफल भयो ।
उता, मनाङले आहा रारामा सर्वा्धिक ६ पटक उपाधि जित्ने टिममा आफूलाई शीर्ष स्थानमा दर्ज समेत गर्यो । पुलिसले आहाराराको संस्करणमा ५ पटक उपाधि जितेको थियो । सहारा क्लब पोखराले आयोजना गरेको पहिलो क्याराभान प्रतियोगितामा मनाङलाई नै हराएर इतिहास रचेको थियो । २०६१ र ६२ अर्थात दोस्रो र तेस्रो संस्करणमा पुलिसलाई पराजित गरी उपाधि जितेको मनाङले त्यसयता १५ वर्षपछि मात्र फाइनलमा प्रतिद्वन्द्वी पुलिस पाएको थियो । निर्धा्रित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै पक्षबाट गोल ननिस्कँदा प्यारापिटमा उपस्थित झण्डै ११ हजार दर्शक फाइनल खेल टाइब्रेकरसम्म अविचलित रहे ।
दोस्रो हाफमा बिमल रानाको स्थानमा मैदान छिरेका मनाङका रञ्जित बिष्टले पेनाल्टी सुटआउटमा गरेको पाँचौ तथा अन्तिम प्रहारले जाली चुम्दा पोखरा रंगशाला गुञ्जिन पुगेको थियो ।
मनाङको जितमा त्यसअघि क्रमशः अञ्जन बिष्ट, पुजन उपरकोटी र सुरज बिकले गोल गर्दा कप्तान कमल श्रेष्ठको प्रहार विपक्षी कीपर रोशन खड्काले छेकेका थिए ।
उता, विभागीय पुलिसका लागि अजित भण्डारी र तेज तामाङको पेनाल्टी मनाङका कीपर अशोक बरालले उत्कृष्ट बचाउ गरेका थिए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले मात्र गोल गर्न सकेन ।
उपाधिसहित मनाङले नगद १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रमुख प्रायोजक हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी, आयोजक सहारा क्लब पोखरा केशवबहादुर थापा लगायतले पुरस्कार वितरण गरे ।
निर्धा्रित समयको खेलमा पुलिसको तुलनामा बढी मनाङले विपक्षी पोष्टमा आधा दर्जन प्रहार गरेको थियो ।
जितपछि मनाङ प्रशिक्षक फुजा टोपेले सन्तुष्टि व्यक्त गरे । उनले यो जित सम्पूर्ण खेलाडीमा सुम्पिन चाहेको बताए ।
यता, पुलिसका प्रशिक्षक अनन्तराज थापाले केही गल्तिका कारण गोल निस्कन नसकेको स्वीकार गरे । पाएका अवसर खेर जानु र पेनाल्टी सुटआउटसम्म धकेलिनु आफ्नो लागि दुर्भाग्य भएको बताए । गत २२ फागुनदेखि सुरु प्रतियोगितामा १० टिमले भाग लिएका थिए ।
पुलिसले आहा गोल्डकपको पहिलो, छैटौं, सातौं, आठौं र १६ औं संस्करण जितेकोमा मनाङले दोस्रो, तेस्रो, दशौं, चौधौं र पन्धौं संस्करण जितेको इतिहास छ ।
मनाङले क्वाटरफाइनलमा झापा–११ लाई १–० र सेमिफाइनलमा आर्मीलाई ३–२ गोलअन्तरले चुनौती पन्छाउँदै फाइनल यात्रा तय गर्दा पुलिसले क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२, सेमिफाइनलमा थ्रीस्टारलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल भिडेका हुन् । आहा रारामा नेपाल पुलिस चौथो संस्करणबाहेक सबै खेल खेल्दा मनाङले २ वटामात्र खेल खेलेको छैन ।
विधागत उपाधिअन्तर्गत सर्वोत्कृष्ट खेलाडी नेपाल पुसिसका अजित भण्डारी घोषित भए । उनले स्कुटर चढे । अन्य उपाधि मनाङको पक्षमा गयो । जसमा उत्कृष्ट गोलरक्षक मनाङका अशोक बराल, डिफेन्समा सुरज बिक, मिडफिल्डर नीतिन थापा, स्ट्राइकर अञ्जन बिष्ट, प्रशिक्षक फुजा टोपे बनेका छन् ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...