कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
चैत १०, २०७६
चीनको वुहानबाट शुरू भएको कोरोना भाइरस (कोभिड-१९) ले विश्वभर महामारीको रूप लिएको छ ।
हालसम्म यस भाइरसका कारण ११ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३ लाखको हाराहारीमा संक्रमित छन् ।
चीनबाट शुरू भएको कोरोनाले अमेरिकादेखि यूरोपका देशहरूलाई समेत छाडेको छैन । अमेरिकामा र यूरोपमा संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।
कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतमा हालसम्म ३३२ जनामा संक्रमण देखिएकोमा ५ जनाले ज्यान गुमाएका छन् ।
चिकित्सकका अनुसार कोरोनाबाट बच्न साबुन पानीले हात धोइरहने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजाने तथा बाहिर निस्किँदा मास्कको प्रयोग गर्नुपर्छ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आह्वानसमेत गरेको छ ।
यतिबेला विद्यालय, कलेज, निजी तथा सरकारी कार्यालयहरू पनि अधिकांश बन्द छन् । कोरोनाको संक्रमणबाट बच्न मानिसहरू घरमै बसिरहेका छन् । यसलाई सेल्फ क्वारेन्टाइन तथा होम क्वारेन्टाइन पनि भन्ने गरिन्छ ।
गायन क्षेत्रका कलाकारहरू पनि यतिबेला आफ्ना सबै कार्यक्रम रोकेर होम क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू कोरोना भाइरसबाट बच्च घरभित्र थुनिएर बसेका हुन् ।
रोइला तथा लोक दोहोरी गायक शिरीष देवकोटा पनि अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनी कोरोना भाइरसको संक्रमणबाट बच्न बुटवलस्थित घरमा पुगेका छन् ।
उनी भन्छन्, 'जन्मघर पाल्पा भएपनि अहिले हामी बुटवलमा बस्छौं । कोरोनाको संक्रमणबाट बच्न हामी सपरिवार बुटवल आएका छौं । काठमाडौंभन्दा शान्त र सुरक्षित पनि छ । सरकारको अर्को स्टेटमेन्ट नआएसम्म म सेल्फ क्वारेन्टाइनमा बस्छु ।'
उनी संकटको समयले हरेक नेपाली धैर्य भएर सावधानीपूर्वक बस्न आग्रह गर्छन् । विपद्को बेलामा सरकारको निर्णय मान्दै सहयोग गर्नुपर्ने बताउँछन् । 'मैले पनि फोन तथा सामाजिक सञ्जालमार्फत सचेतना फैलाइरहेको छु ।'
उनी अफवाहको पछि नलागी भ्रमित भएर बस्न नहुने बताउँछन् ।
देवकोटा खाली समयमा केही गीत रचना गर्ने योजनामा पनि छन् । परिवारसँग बिताएर बचेको समयमा आफू ओशोको किताब पढ्ने सुरमा रहेको उनले बताए ।
अभिनेत्री वर्षा शिवाकोटी पनि यतिबेला सेल्फ क्वारेन्टाइनमा छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक भिडियो सन्देश जारी गर्दै आफू क्वारेन्टाइनमा बसेको बताएकी हुन् ।
'संसार अहिले दु:खमा छ । विश्वभर कोरोना भाइरस फैलिरहेको अवस्थामा नेपाल सरकारको स्टेटमेन्ट अनुसार नेपालमा एक जनामा पनि यो संक्रमण देखिएको छैन र कसैले ज्यान गुमाउनु पनि परेको छैन । तथापि हामी शतप्रतिशत सुरक्षित भने छैनौं,' उनले भनेकी छन्, 'यसका लागि हामीले सामान्य संयमताहरू अपनाउन जरुरी हुन्छ । जस्तै साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, भीडभाड अभोइड गर्ने, लामो यात्रा अहिले नगर्ने, हाइजेनिक फूडहरू खाने र स्वच्छतामा ध्यान दिने । र महत्त्वपूर्ण कुरा भ्रमित र त्रसित भएर हल्लाहरूको पछि नलाग्ने । यति गर्नाले हामीले आफूलाई बचाउन सक्छौं । आफू बच्नु भनेको देशलाई पनि बचाउनु हो ।'
गीतकार डीपी खनाल पनि यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । फिल्मका गीत लेखनमा व्यस्त उनी अहिले कोरोना भाइरसको संक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा बस्दा फुर्सदमा छन् ।
'अहिले फिल्मका कार्यक्रमहरू पनि स्थगित छन् । कोरोना संक्रमणको जोखिमबाट बच्न म अहिले लगभग सेल्फ क्वारेन्टाइनमा बसेको छु भन्दा हुन्छ,' उनले भने ।
क्वारेन्टाइनमा बस्दा आफूले कमर्सियल्लीभन्दा पनि सामाजिक र मोटिभेट गर्ने खालका गीत सिर्जना गर्नमा आफू केन्द्रित हुने उनको भनाइ छ ।
उनले थपे, 'सरकारले भनेअनुसार अत्यावश्यक बाहेक अन्य काममा बाहिर ननिस्किइ कोरोनाबाट बच्न सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु ।'
लोकदोहोरी गायिका सम्झना भण्डारी अहिले जन्मघर लमजुङमा छिन् ।
काम विशेषले उनी लमजुङ पुगेकी थिइन् तर काठमाडौंमा कोरोना भाइरस संक्रमणको त्रासका कारण मान्छेहरू गाउँ फर्किरहेको अवस्थामा उनलाई गाउँ छाड्न मन लागेन ।
भन्छिन्- 'यता स्वच्छ हावा छ । शान्त र हरियाली पनि छ । अनि जोखिम पनि कम छ । कोरोनाको त्रास कम नहुँदासम्म म काठमाडौं फर्किन्नँ । परिवारसँग नै समय बिताउँछु ।'
उता हाँस्य टेलिसिरियल 'सक्किगोनि'ले पनि कोरोना भाइरस संक्रमणको सम्भावनालाई कम गर्न कार्यक्रम प्रसारणलाई स्थगित गरेको छ ।
साथै सिरियलका कलाकारहरूले आफूहरू क्वारेन्टाइनमा बस्ने निर्णय समेत गरेका छन् ।
त्यस्तै गायक हेमन्त शर्मा पनि यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । उनी कोरोना संक्रमणबाट बच्न भन्दै सकेसम्म घरबाट बाहिर निस्किएका छैनन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...