×

NMB BANK
NIC ASIA

‘लक–डाउन’ उल्लंघन गर्नेलाई नयाँ कारवाही : पक्राउ होइन, जहाँ भेट्यो त्यहीँ ‘बोल्ड’

चैत १५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईं विना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ? अब त्यसरी जानुभयो भने तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ ।
कारवाही पनि विल्कुल फरक खालको । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ त्यहीँ ठाउँमा बस्नुपर्नेछ । 

Muktinath Bank

यसअघि सरकारी आदेश उल्लंघन गरेर निस्किँदा प्रहरीले पक्राउ गथ्र्याे । अब प्रहरीले जुन ठाउँमा भेटेको छ, त्यहीँ ठाउँमा केही घण्टाका लागि ‘होल्ड’ गर्ने (एकै ठाउँमा राख्ने) छ । त्यहाँबाट कहीँ जान पाइँदैन, केही घण्टापछि जुन ठाउँबाट आएको हो, त्यहीँ ठाउँमा फर्कनुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश उल्लंघन गर्ने क्रम बढेपछि शुुक्रवारदेखि नेपाल प्रहरीले नियन्त्रण अभियानलाई तीब्रता दिएको थियो । यसरी नियन्त्रणमा लिँदा जोखिम बढ्ने देखेपछि प्रहरीले कारवाही अभियानलाई परिवर्तन गरेको हो । 


Advertisment
Nabil box
Kumari

विभिन्न ठाउँबाट पक्राउ गर्दा सयौंको संख्यामा एकै ठाउँमा मानिसको भीड हुन्छ । भीड जम्मा गर्दा कसैमा रोगको संक्रमण भए फैलनसक्ने सम्भावना अधिक हुन्छ । प्रहरीमा रोग फैलियो भने समुदायमा जाने सम्भावना झन् बढी हुन्छ । त्यसैले शनिवार मात्रै उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आदेश उल्लंघन गर्नेका लागि कारवाहीको नयाँ नियम लागू गरेको छ । 

Vianet communication
Laxmi Bank

कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज सुवेदीले भने, ‘पक्राउ गरेर लैजाँदा मानिस धेरै जम्मा हुने र राख्ने ठाउँको अभाव तथा भीड बढी हुँदा जोखिम बढ्ने देखियो, त्यसैले अब कारवाही स्वरुप जसलाई जहाँ भेटिन्छ, उसलाई त्यहीँ होल्ड गर्न थालेका छौं ।’

उनका अनुसार सडकपेटीमा जहाँ भेटिन्छन्, त्यहीँ ठाउँमा केही मिटरको दुरीमा मानिसलाई कम्तिमा २ घण्टा राखिने छ । त्यसो गर्दा उनीहरूलाई प्रहरीले छुन पनि पर्दैन । जसले सबैजना सुरक्षित हुन सकिन्छ । 

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरलाई उक्त विषयमा निर्देशन नै दिइसकेको पोखरेलले बताए । एकै ठाउँमा बस्दा उल्लंघनकर्तामा एउटा चेतावनी पनि हुने र जोखिम पनि कम हुने प्रहरीको विश्लेषण छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने विरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले अपराह्नसम्ममा ५ सय बढीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूमध्ये धेरैलाई प्रहरीले आजै छाडिसकेको छ । यसरी फक्राउ गर्दा समस्या देखिएपछि प्रहरीले शनिवारदेखि उक्त काम थालेको हो । 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने क्रम भने अझै रोकिएको छैन । चेतना भएर पनि मानिसमा लापरवाही गर्ने क्रम देखिएको छ । अन्य बेलाको जस्तो बन्द नभएकाले स्वास्थ्यमा खेलवाड गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

साँझ–बिहान अझै बढी मान्छे निस्किने गरेका छन् । दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले कुनै सम्झौता गर्न नसक्ने प्रहरीले जनाएको छ । घरमै बसेर घरमै रमाउनुभन्दा अन्य विकल्प नहुने मनोविद् पदमराज जोशी बताउँछन् ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी यही चैत १८ गते बिहान ६ः०० बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । शनिवार पाँचौं दिन मुख्य सडक र बजारमा सरकारी आदेशको पूर्ण कार्यान्वयन भएको देखिएको छ तर भित्री बजार र सडकमा भने अझै मानिसको चहलपहल देखिन्छ । साँझको समयमा बढी निगरानी जरुरी रहेको स्थानीयले बताएका छन् । 

मुलुकमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ । मुलुक लकडाउन भएपछि  खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था समेत मिलाएको गृह मन्त्रालयले जनाएको छ । – नारायण ढुंगाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x