कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
किशोर पहाडी
हतार हतार पवन एम्बेसीतिर कुदयो । कुदयो मतलब आफ्नो कार लिएर कुदयो । अमेरिकामा मानिस त्यति हिंडदैनन् ।
एम्बेसी पुगेपछि त्यहाँ रहेका अधिकृतसँग पवनले भन्यो – "सर मलाई भिसा चाहियो नेपाल जान । "
अधिकृतले उसलाई भर्न एउटा फाराम दियो । पवनले त्यो भरेर अधिकृतलाई बुझाएपछि अधिकृतले पवनलाई भोलि छाडी पर्सि सम्पर्क राख्नका लागि भन्यो ।
फर्कंदा कार हाँक्दै पवनले हिसाब गर्यो – ऊ नेपाल नगएको त साढे ६ वर्ष भइसकेछ । आमालाई फोन नगरेकै ६ महिना भएछ । ६ महिनाअघि दशैँमा फोन गरेर दशैं खर्च पठाएथ्यो त्यसपछि फोन गरेको छैन । फूर्सदै हुँदैन ।
काम, काम र काम – जति घण्टा काम गर्यो त्यति धेरै डलर आउँछ । त्यही काम र डलरले गर्दा नै दुई वर्षअघि आफूलाई अत्यधिक माया गर्ने काकाको निधन हुँदा पनि नेपाल गएन ऊ । अमेरिकामै कपाल खौरेर काकाको शोक मनायो उसले । फूर्सदै हुँदैन ।
अमेरिकामै रमेर उसले नेपाल र नेपालका सबै आफन्तलाई नजाँनिदो किसिमसँग बिर्सेको थियो । आमाको स्वास्थ्य सम्बन्धि सोधपुछ त नियमित गर्नु पर्ने हो – तर फूर्सदै छैन । आमाको रेखदेख नेपालमै कलेज पढ्दै गरेको भाइ मनोहरले गर्ने गर्थ्यो उसैलाई महिनाको सय दुई सय डलर पठाइदिएपछि पवनले आमालाई फोन गर्न पनि बिर्सने गर्दछ । फूर्सदै छैन ।
अहिले त उसलाई जसरी हुन्छ नेपाल जानु नै छ । अमेरिकालाई कोरोना भाइरसले खर्लप्पै निलेको छ । डिपार्टमेन्ट स्टोर वालमार्ट रित्तो भइसक्यो । चकलेट बाहेक केही पाइंदैन । चामल, दाल ट्वाइलेट पेपर जम्मै सिद्धिएर बेहाल छ । सिसीको पानी पनि किन्न पाइंदैन । किचनको पाईपमा आउने पानी तताएर पिउनु परिरहेछ । डलर त छ नि टन्न कमाएको तर के गर्नु कागजको डलर खाएर पेट भर्न मिल्दैन ।
उता नेपालमा कोरोना भाइरसको संक्रमण कम छ । जनजीवन यति धेरै बिग्रेको छैन भन्छन् । त्यसैले पवनलाई जसरी हुन्छ नेपाल जानु नै छ ।
पवनले एटलान्टिक स्ट्रीटस्थित आफ्नो निवासस्थान पुगेर कारलाई ग्यारेजभित्र टक्क अडायो । कारबाट निस्केर सिधै कोठामा पुग्यो र थचक्क सोफामा बस्यो । अनि खल्तीबाट फोन झिकेर आमालाई फोन गर्यो ।
आमाले फोन उठाइन् ।
आमाको परिचित आवाज सुन्नासाथ पवन बेसहारा मान्छेले सहारा पाएझैँ चिच्यायो – "आमा ! म आउँदैछु । "
"कहाँ ?" आमाको उदास आँखा धपक्क बल्यो ।
"नेपाल, आमा ! म केही महिना नेपाल बस्न आउँदैछु । "
आमाको आँखा खुशीले झन् उज्यालो भयो । छोरोले मलाई कति सम्झिरहेको रहेछ भनेर आमा खुशी भइन् । आँखा भित्तामा रहेको आफ्ना मृत पतिको तस्वीरतिर गयो । पवनको अनुहार उसको बावुसँग ठ्याक्कै मिल्छ ।
"ल जाउँ जाउँ । " भन्दै स्ट्रेचरमा सुतेकी बिरामी आमालाई घरको ढोकामा अड्याइएको एम्बुलेन्सभित्र राखेर कान्छो छोरो मनोहरले एम्बुलेन्सको ढोका ढ्याक्क बन्द गर्यो । अमेरिकासंगको फोन त अघि नै सम्पर्क विच्छेद भइसकेको रहेछ ।
** ** **
अफलडोल, ललितपुर
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...