×

NMB BANK
NIC ASIA

केही घटनाहरू यस्ता हुन्छन्, जसले मानिसलाई डोर्‍याउँछ । मानिसको बृत्ति र प्रवृत्तिलाई डोर्‍याँउछ । संघर्षलाई डोर्‍याउँछ । थाक्न दिँदैन र निरन्तर डोर्‍याइरहन्छ तर सबै घटना यस्ता हुँदैनन्, धेरैजसो घटनाहरू सामान्य हुन्छन्, जो घटिरहन्छन्, दैनिकीकै भागमा रहेर । 

Muktinath Bank

केही सपनाले पनि मानिसलाई डोर्‍याउँछ । संघर्षमा पुर्‍याँउछ । थाक्न दिँदैन । आशामा निरन्तर डोर्‍याइरहन्छ । सपनाले शिखर पुग्ने आशामा दौडाउँछ, यात्रा सिसिफसको कथा भएपनि । सपनाले आशा जगाएको हुन्छ । आशाले अव्यक्त उत्साह थप्छ र व्यक्ति त्यही उत्साहमा हिँडिरहेको हुन्छ । जीवनमा शक्ति दिन्छ र त्यही शक्तिले यात्राका बाटाहरू बन्ने गर्छन् र त्यै बाटो जीवनरुपी गाडी बन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सपना नहँुदो हो त कलिला बालकहरू उद्देश्यको यात्रामा शिथिल हुने थिए । मानव सभ्यता र विकासको यात्रालाई तीव्रता दिन पनि सकिँदैनथ्यो । आइन्स्टाइनमा गणित नजान्दै पनि सपना थियो, ग्यालिलियो र एडिसनमा सपना थियो । लि क्वान यूमा राष्ट्र निर्माणको सपना थियो । मुलुकलाई सम्पन्न र सफा बनाउने सपनाले नै उनले अभियान चलाए । विस्मार्क र नेपोलिएनमा विश्व सम्राट बन्ने सपना थियो । सबैका सपना हुन्छन्, सपनाशून्य जीवन जड हो तर सपनाका पनि स्तर र आयतन हुने रहेछन् ।


Advertisment
Nabil box
Kumari

साथी संगति, परिवार, परिवेश र समाजमा उभिएर कसैले सपना देख्छ । सपना ठूला हुन्छन् वा साना तर सपना देख्नेका लागि सबै–सबै सपना ठूला हुन्छन् । सपना विपनाजस्ता कठिन पनि हुँदैनन् तर सपनालाई विपनामा बदल्न चाहिँ कठिन हुन्छ । त्यो कठिनलाई सपनाको शक्तिले निर्देश गरिरहेको हुन्छ । नत्र आफ्ना नाम भुलेर किन एडिसनले आविस्कार गर्थे ? वा बुद्धले बुद्धत्व प्राप्ति ?

Vianet communication
Laxmi Bank

अनुभव र स्वयम्का भोगाइले पनि मानिसलाई यात्रामा तान्छ । भनौ तानिन्छ । आप्mनै भोगाइ र अनुभूतिले ऊर्जा र आधार दिन्छ । अनुभवले कही पुर्‍याएको मानिस सितिमिति रोकिन्न । कति यात्रामा भोगेका दुःखहरू, सुखहरू, दुःखीसुखहरू सबै मानिस बाँच्ने आधार बन्छन् । दिक्दार भएर पनि दिक्दारीबाट उम्कन मानिस अनवरत हुन्छ । सफलताबाट झनै सफलता लिन मानिस हौसिएको हुन्छ । भोगाइ मीठा वा तीता भएपनि ती उसका ऊर्जा र शिक्षा हुन् । 

कहिले त विन्दास, बेपर्वाहमा पनि रमिन्छ र मानिस बाँच्छ । कथा नुहुन पनि कथा हो । कथाहीन कथा बढ्छ र कथामाथि कथा थप्छ । त्यत्तिकै रमाउँछ । प्रकृतिसँग रोमान्टिक बन्छ । विन्दास पनि निश्चल हुन्छ । हावाको झोक्कासँग बहन्छ । बागबगैचाका सुगन्धसँग बयेलिन्छ । गौडाको चिया दोकानमा एक्लै चियाको तातो सुर्कोसँग रमाउँछ । मनोलापमा गफिन्छ । कोलाहलमा एक्लिन्छ । विन्दास, विन्दास, बेग्लै कथासँग रमाउँछ, मानौं मनोलाप पनि निकै ठूलो उपलब्धि र रमाइ हो । जीवनको आस्वाद हो । विन्दासहरू प्रत्येक दिन यसैगरी रमाउने गर्छन् । 

अरुको जस्तो जीवन, जीवनशैली, उपलब्धि, प्रतिष्ठा र पहिचानको कल्पनामा पनि मानिस रमाउँछ । अरुभन्दा उम्दा, सम्पन्न, प्रतिष्ठित, ख्यातिवान र अरु धेरै कुराको कल्पनामा गद्गदिन्छ, उसको जस्तो हुनु पो जीवन ! अरुको जस्तो धेरै कुरा उसलाई मन पर्छ । कति गर्न सकेको, कति पढ्न सकेको, कति कमाउन सकेको, कति बोल्न सकेको ! बोलाइको कवितात्मकता, अरुलाई लपक्कै पार्न सक्ने, पगाल्न सक्ने, द्रवित बनाउन सक्ने, मुग्ध पार्नसक्ने–त्यस्तो हुनु पो जीवन !

बैठकमा पनि जनक जोशीको बोली कति माधुर्यमय, दिनेश अधिकारीको कविता जस्तो । बोलीमा कृतिमता पनि छैन, कति छोटा, मीठा र छरिता वाक्य बोल्न सकेको ? ट्रिमिङ गरेका विरुवा जस्तै, छन्द मिलेका श्लोक जस्तै । वाक्यका कद पनि उस्तै, शब्द संरचना र विन्यास पनि एकै प्रकारका । कविता जस्ता । साँच्चै कविता ! आधुनिक कविका कविता जस्ता !

लियो शायरा, नारायण गोपालहरूको श्वरमा पोखिन पाए पो हुने । रोजे सेरेसको ‘उदास आइतवार’ सुनेका कति तत्काल जीवनबाट बिदा भए । कुन शक्ति थियो उनको श्वरमा ! उदितनारायण, मुरलीधरको जसरी भ्वाक्कै श्वरमा पोखिन पाए पो ! मन नै घ्वाप्पै पोखिएको श्वर ! शब्द विन्यासले त्यसो बनायो कि म्यूजिक नोटेसनले ? होइन गायन कलाले । जे होस् धेरै रियाज खर्चिएको हुनसक्छ । ईश्वरीय बरदान होला, रियाज त अरुहरूले पनि गरे होलान् नि !

रोमन मेगासेसे र पद्यश्री सम्मान विभूषित सन्दुक रुइतले आफ्नै प्रविधिमार्फत लाखौलाई नेत्रज्योति, जीवनज्यति दिएर संसारलाई छक्क पारे । त्यो सफलता कस्कोभन्दा कम हो ? जीवनज्योति पाउनेले रुइतलाई ईश्वर मान्नु परेन ? सफलताको त्यो सिढीमा पुग्न पाए पो हुने ! उपयोग र उपभोग मात्र जीवन हो ? अरुको उत्पादन र आविस्कारको उपभोग मात्र जीवन हो ? 

बाराक ओवामाको साहस, उपलब्धि र आस्थामा बाँच्न पाए पो । ‘दी वाराक पोर्टेट’ हेर्न केही दिनमै ४० लाख मानिस गएछन् । राष्ट्रपतिबाट निवृत्त भएपछि पनि कति प्रीय ! गगनको वक्तृत्वसीपभन्दा उम्दा भाषण गर्न पाए पो । विषयवस्तु उठान कति सहज, तर्क र प्रस्तुति कति स्वाभाविक । केनेडी धेरै ओरेटर थिए रे ! यस्तै वक्तृत्वसीपले नै राज्य कौशल दिने हो, राजनेता बनाउने हो । 

देवकोटा र इमिली डिकिन्सनको जस्तो शैली संरचना भए पो मनका भावना छताछुल्ल पोख्न सकिन्थ्यो । उनीहरूलाई मसलाको रुखको सुस्कुरावट र समुद्री छालको छछल्काहटमा पनि मनकै भावना पोखिएका । शायद मन पोख्ने भाषा नपाएर बिम्ब योजना गरे होलान् । मेरा त बिम्ब पनि मधुरा, पातला र कमजोर !
बर्टेन रस्सेलका विद्वतापूर्ण तर्कहरू, रजनिसको हिप्नोटिज्म के ती लोभलाग्दा छैनन् र ? उनीहरूमा अक्षरका खेती गरेर पनि कति मानिसहरू दौडिएका छन् । 

ब्राड पिट र अमिताभ बच्चनका फिल्मी डायलगहरू कति स्वाभाविक, ओजनदार र सदावहार । रुपक, नाटकमा मात्र होइन, साथीसंगति र जमघटमा पनि त्यसको इज्जत कति हुनेथ्यो ! नाना पाटेकर र सावना आज्मीको अभिनय कति जीवन्त ! अमजद खान र अमरिस पुरीको खलनायकी कति सास्वत ! हाम्रै हरिहर शर्मा र नीर शाह पनि कम्ता गम्भीर छैनन् आफ्ना अभिनयमा । क्रिस्टोफर रिभ सबै बालकका हृदयमा बसे, साँच्चै सुपरम्यान उड्छ भन्ने विश्वास बालकहरूमा पर्‍यो । उनीहरूले कोबाट सिके होलान् ? के सिकेर पनि यति बढी जानिन्छ र ? आफूभन्दा मेधावी हुने गरी सिकाउनेले सिकाउँछ र ? 

सुख र वैभव, प्राप्ति र उपलब्धिलाई पनि त्यत्तिकै भएका होइनन् होला नि ! प्राप्तिका पीडा अभिलेखित हुँदैनन्, वैभवका प्रयास भुलिए होलान्, उपलब्धिका आधार पनि परै छुटिसके । अरुको देखेर चोखे लगाउँदैमा भोग्न पाइन्छ र ? के चिट्ठा जस्तो अस्वाभाविक प्राप्ति सम्भव हो ? सम्भव भएपनि स्थायी हुन्छ ? 

ओस्कर हमरस्टाइनले ठीकै त भने – नवजाएसम्म घण्टीको के अर्थ, नगाएसम्म गीतको के माने, नदिएसम्म मायाको के सार्थकता ? त्यति मात्र होइन, नदिएसम्म जीवनको के मूल्य ? अरुलाई दिनुजति खुशी केमा पो पाइन्छ र ? दिएर नै दधिचि बनिन्छ । 

मानिस भ्रममा पनि बाँच्छ । अनगिन्ती भ्रम नै उसका जीवनका अर्थ भैदिन्छन्, बाँच्ने आधार भैदिन्छ । ती भ्रम वास्तविक होइनन्, आफ्नै बुझाइ पनि सत्य होइन भन्ने लाग्दालाग्दै पनि उ भ्रमबाट उम्किँदैन, उम्किन सक्दैन । भ्रममा बाँच्ने बानी पनि एउटा यथार्थ भइसकेको हुन्छ । 

जीवन दुःख हो । दुःख भएरै त जीवन छ । दुःख भएर पो सुखको मूल्य छ । दीपेन्द्र क्षेत्रीले भन्नु भएझै दुःख पनि सेट मिलाएर एकैचोटि आउने गर्छ । आइदेओस् पनि त्यसैगरी । रोशीमा लुटेराले खेत लुटे, बुवा र दाजुहरू घरमा बस्न सक्ने स्थिति भएन, गर्न सक्ने दाजु बिमारी पर्नु भो । दाजुहरूलाई झण्डै मर्ने गरी त्यै लुटेराले पिटे । छिमेकी नातागोता लुटेराको डरले बोल्न पनि छाडे । उमेर नपुगेका अबोध बालक र महिलाहरू मात्र घरमा रहनुपर्ने बाध्यता ! रोशी खोलो बाढी आएर सञ्चार र आवतजावत पनि बन्द ! सेट मिलाएर आएका दुःखहरू ! एकपछि अर्को दुःखका खात लागेर आएका दुःखहरू । दुःखका यी खातहरूले अरुभन्दा दुःखी भएकोमा पनि स्वान्त सुखाएको अनुभूति !

हो त धेरै दुःख एकैचोटि आओस् । आउनुपर्नेजति दुःख एकैचोटि आओस् । पीडा यति होओस्् कि सहन पनि नसकियोस् । व्यक्त गर्न पनि नसकियोस् । चेतनाभन्दा माथि पुगोस् । हवाइजहाजलाई आँधीले हल्लाउँदा सोचे थिए – त्यो डराइ अझै बढी होस्, सोच्नै नसकियोस् कि म दुःखमा छु । एक जना विद्वानले भनेथे, मरण त त्यो पो मरण, समुद्रमाथिबाट जहाज निमेषमै समुद्रमा झ्वाम्म खसोस् र जीवनलिला थाहै नपाइ निमेषमै समाप्त होओस् । पीडा भोगेर मर्नु पनि के मर्नु !
दुःखमा सबैले च्च..च्च गरुन् । प्रगतिमा ईष्र्या गरेकै हुन् । अरुको प्रगतिमा मनहरू ईष्र्यालु भएकै हुन् । दुःखमा पनि सबैले त्यो दुःखको कल्पना गरोस् । सामान्य दुःख त के दुःख ? सामान्य त सामान्य न हो । दुःख पनि विशेष नै भए पो दुःख । बालकृष्ण समले त्यसै भनेका हुन् र ? ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अरु दुःख दे’ । 

निजत्वले स्वतन्त्रताको खोजी गर्छ, दुःखमा होस् कि सुखमा होस् । प्राप्तिमा होस् कि विपत्तिमा होस् । स्वतन्त्रताको माया, निजत्वको माया बोध–अबोध, चेत–अवचेत तहसम्म हुन्छ । त्यसैले मानिस आफू बन्छ, आफू हुनुको अर्थबत्ता खोज्छ र आफ्नोपनप्रति मरिमेट्छ । सबैलाई आफ्नै बानी मन पर्छ । जानी–नजानी आफ्नै बृत्ति–प्रवृत्तिका लागि आशक्त हुन्छ । स्वभाव र संस्कारका लागि मरिमेट्छ । कसैले उसको ‘पन’ र ‘स्व’ माथि आलोचना गरेको उ कत्ति मन पनि पराउँदैन, उस्तै परे आक्रमण गर्छ । अबोध बालक पनि सकेजति प्रत्याक्रमणमा उत्रिन्छ । 

जीवन अध्ययन पनि हो । पढाइको मात्र अध्ययन हुँदैन, अध्ययन अक्षरमा मात्र गरिन्न । पराइको अध्ययन, भोगाइको अध्ययन र अझ आप्mनै अध्ययन । आफ्नो अध्ययन, किताबको अध्ययन, जीवनको अध्ययन अध्ययनको अर्थ हो । कुनै अध्ययन नै पूरा नगरी इतिबृत्त सकिने अध्ययन न हो जीवन । चलचित्रका मोन्टाज जस्तै अध्ययनका पानाहरू गतिशील छन्, भोगाइहरू गतिशील छन् । प्रतिस्पर्धा र ईष्र्या–आवेगहरू गतिशील छन् र मानिस जानी–नजानी आफ्नै कथा पढिरहेको छ । लाग्छ, अरुले उसलाई पढेभन्दा उ आफ्नै अर्थ र स्वादमा आप्mनै जीवन पढिरहेको छ तर थाहा पाउँदैन त्यो अध्ययनको अन्त कहिले हुन्छ ? 

पढ्न प्रज्ञा चाहिन्न तर विवेक र तेस्रो चेतना चाहिन्छ । जानकारी भएकै आधारमा पढेको भ्रममा रहन्छ मानिस । शिव खेराले सफलताका पौल उपदेश लेखे । वव प्रोक्टरले सकारात्मक ऊर्जाका उपदेश लेखे । अक्षरी शिक्षाले सफलता सिकाउने भए स्वयम् अक्षरहरू कहाँ पुग्थे होलान् ? अरुभन्दा जान्छु भन्ने भ्रममा, दम्भमा रहन्छ मानिस । ‘इमोसन इज मोर द्यान नोलेज’ हुनुपर्ने हो, भित्रीभन्दा बाहिरी नै बढी हुँदैछ । विद्वता र प्रज्ञा उपयोग गर्न नसकिएको ज्ञान के को ज्ञान ? त्यो त भ्रम न हो । बहुधा ज्ञानीहरू भ्रमी हुन् । भावनात्मक परिपक्वता विना बैयक्तिक प्राज्ञ स्वयम् भ्रम हो, त्यसको न अर्थ हुन्छ न उपलब्धि नै । त्यसैले विश्व सिर्जनाभन्दा विध्वंशमा छ, विवेकभन्दा विनिर्माणमा छ । विवेकसहितको ज्ञान, र त्यसको प्रयोगले नै मानव सभ्यतामा इँटा थपिने हो । 

यी गति–प्रगतिका कुरा नभए पनि हुने । इष्र्या–आवेग नभए पनि हुने । लालसा–उच्छवास नभए पनि हुने । प्रतिस्पर्धा–उछिनापछिन नभए पनि हुने । दुःखमा दया र सफलतामा ईष्र्या गर्ने उसको बानीलाई सहयोगमा बदल्न पाए पो हुने । 

कति दम्भी मानिस ? ज्ञानमा पनि दम्भ देखाउँछ । अज्ञानी तर बुझाइमा दम्भ, भ्रममा दम्भ । रुप, सम्पत्ति, शक्ति, जवानी, प्रतिष्ठा, पहिचान, अरुहरू धेरैमा दम्भ तर ढाँट्छ, माया, बात्सल्य, अहिंसा, शुभकामना, स्यावासी, साथी संगति सबैैतिर ढाट्छ र आफ्नै ढोङ र आदर्शमा ठिङ्ग उभिन्छ । लाग्छ जीवन एक अभिनय हो । कतै यो अभिनयले आफैंलाई उपहास त गरिरहेको छैन ? 

संसार जत्रो भएपनि, बृत्ति र वातावरण जस्तो भएपनि मानिस आफैंमा बाँच्छ । त्यो भ्रम होस् वा सपना, त्यो निमेष होस् वा सास्वत । त्यो दुःख होस् वा सुख । केवल आफू र आफ्नै कर्मको आफू उसको कथा हो । 

प्रत्येक मानिस आफ्नै कथामा बाँच्छ । आफ्नै कथाहरू विशेष हुन्छन् । आफ्ना लागि आफं  विशेष हो । यो बुझाइमा कहीँकतै कोही नअल्मिलियोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x