×

NMB BANK
NIC ASIA

कोरोनाको कहर

लालाबाला काँधमा बोकी काठमाडौंबाट पैदल हिँडेर सप्तरी र सिराहा !

लकडाउनको समय अनिश्चित भएपछि बीपी राजमार्ग हुँदै पूर्वी पहाड र तराईतिर

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बनेपाको एउटा रुखको छहारीमुनि ३० जनाको संख्यामा रहेको समूह शीतलमा आराम गरिरहेका छन् । बालबालिका चाउचाउ र बिस्कुट खाइरहेका छन्, केही सुतिरहेका छन् । बुधवार दिउँसो १२ः३० बजे देखिएको दृष्य हो यो । 

Muktinath Bank

कोरोनाभाइरसको सन्त्रासका कारण लकडाउन भएपनि सप्तरी र सिराहाबाट काठमाडौं आई मजदूरी गर्ने परिवार गाउँ फर्किन पैदल यात्रामा निस्केका छन् । राति २ बजे खाना खाएर झण्डै ३ बजे कुपण्डोलबाट यात्रा शुरू गरेको उनीहरूले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुपण्डोलबाट बनेपा पुग्न नै उनीहरूलाई झण्डै ९ घण्टा लाग्यो । ‘कुपण्डोलबाट यहीँ आउँदा थकाइ लाग्यो कसरी हो सप्तरीसम्म पुग्ने ?’ सप्तरी कल्याणपुरका भिखन चौधरीले लामो श्वास फेरे ।  


Advertisment
Nabil box
Kumari

बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास हुँदै जादा काठमाडौंदेखि सप्तरीको दूरी २ सय ६८ किलोमिटर छ । 

Vianet communication
Laxmi Bank

कल्याणपुरकै एउटा समूह अघिल्लो साता नै गाउँ पुगेपछि उनीहरूमा पैदलै गाउँ जाने हिम्मत पलायो । ‘हाम्रो साथीहरू साढे ३ दिन लगाएर सप्तरी पुगेछन्, त्यही हिम्मतले  हमी पनि हिँडेका छौं, कहिले पुगिने हो थाहा छैन,’ भिखनले लोकान्तरसँग भने । 

लकडाउन खुल्नुको सट्टा लम्बिने खतरा देखेपछि उनीहरू पैदलै भएपनि गाउँ जाने निधोमा पुगेका हुन् । ‘अझै कति दिन कुर्ने ? सरकारको राहत लिनका लागि घरबेटीको सिफारिश चाहिने रहेछ, घरबेटीले सिफारिश त बनाइदिन्छु, तर कर तिर्छौ भनेर प्रश्न गरेपछि म पनि हिँडें,’ बनेपामा भेटिएका सिरहाका राम नारायण शर्माले भने । उनी चाबहिलमा बसेर मिस्त्रीको काम गर्थे ।

सप्तरीको शम्भुनाथ नगरपालिकाका जीतेन्द्रप्रसाद चौधरी ३ वर्षको छोरो र ७ वर्षकी छोरी सहित पैदलै गाउँ पुग्ने लक्ष्यका साथ समूहमा मिसिएका छन् । ‘हामीमात्र भएको भए त अघि नै धुलिखेल कटिसक्थ्यैं, बालबच्चा हिँड्न सकेनन्,’ जीतेन्द्रले लोकान्तरसँग भने । मध्यरातमा उठेर हिँडेका कारण बालबालिका र केही वयस्कहरू पनि बनेपाको छहारीमा निदाइरहेका भेटिए ।

भएको पैसा सकिँदै गएको र काम पाउन समस्या भएका कारण के खाने भन्ने पिरले गाउँ फर्किन लागेको यो समूहका महिलाहरूले बताए ।

‘गाउँमा पुगे त जसोतसो गरिएला, यहाँ साँघुरो कोठामा बच्चालाई थुनेर राख्न पनि समस्या भयो,’ सुमित्रा चौधरीले भनिन् । 

बीचबाटोमा हिँड्दै जादा भगवानले ट्रक, ट्याक्टर या बयलगाडा भएपनि फेला पारिदिने उनीहरूको विश्वास छ । ‘पानी परेन भने त हामी रातभर हिँडेर भएपनि शनिवारसम्म घर पुग्छौं भन्ने विश्वास छ,’ राम नारायाणले भने ।

****

बुधवार काठमाडौंको थानकोटबाट मध्यरातमा हिँडेर अर्को टोली दिउँसो १ बजेको समयमा धुलिखेल पुगेको थियो । धुलिखेल अस्पताल अगाडिको प्रतिक्षालयमा आराम गरिरहेको १७ जनाको टोली सिन्धुलीको दूधौलीसम्म पैदलै यात्रा गरेर पुग्ने अठोटमा थियो ।

‘१८ गतेपछि लकडाउन खुल्छ भनेर बस्यौं, फेरि २५ गतेसम्म कुर्‍यौं, लकडाउन खुल्ने लक्षण देखिएन त्यसपछि २६ गते बाटो लाग्यौं,’ दूधौलीका भीम सुनारले लोकान्तरसँग भने ।

बालबालिका र महिलासहित हिँडेका उनीहरूले च्युरा, दालमोठ लगायत खानेकुरा साथमै लिएर हिँडेका छन् । 

ईश्वर र इशा कार्की साढे २ वर्षको छोरो काँधमा राखेर पैदल हिँडेका छनं । ‘गाडी पायौं भने त आजै पुगिएला, पैदलै हिँड्नु परे तीन दिनमा पुगिएला कि भन्ने विचार गरेका छौं,’ ईश्वरले लोकान्तरसँग भने, ‘कटारीबाट हलेसी हिँड्ने बानी परेकोले हामीलाई त समस्या छैन, महिला र केटाकेटी हिँड्न सक्दैनन् जस्तो छ ।’

ठाउ–ठाउँमा प्रहरीले केहीबेर अवरोध सिर्जना गरेपनि आफूहरू गाउँ जान लागेको बताएपछि छाडिदिएको उनीहरूले सुनाए ।

सिन्धुली दूधौलीको यो समूहले काठमाडौंको थानकोटमा ज्यामी काम गर्ने गरेको थियो । 

‘यस्तो होला भन्ने थाहा पाएको भए त हामी पहिल्यै घर गइसक्थ्यौं, के भयो, के भयो ?’ यो टोलीका एक जनले भने, ‘यो रोग पूरै ठीक भएपछि मात्र काममा फर्किने हो ।’

****

सिराहा बिसुपुरका किशोरी ठाकुर लगायतका ४ जना बिहान ४ बजे काठमाडौंको शंखमुलबाट हिँडेर दिउँसो साढे १ बजेको समयमा काभ्रेभञ्जाङ नजिक पुगेको थियो । ‘खुब परेशानी भयो सर, हामीलाई २ किलोमिटर परसम्म भएपनि पुर्‍याइदिनु पर्‍यो,’ महतोले हात जोडेर भने, ‘हामी रातदिन हिँडेर भएपनि घर पुग्नुपर्नेछ ।’

कार्पेन्टरको काम गर्ने उनीहरूले खानेकुरा र पैसा सकिएकाले गाउँ हिँडेको बताए । ‘काम गर्ने ठाउँबाट पैसा पनि पाइएन, अलिअलि भएको निकाल्नलाई बैंक पनि खुलेन, त्यसैले हामी घर चल्ने निधो गर्‍यौं,’ किशोरीले भने । 
यो ४ जनाको समूहमा रहेका एक जनाले मास्क समेत किन्न नपाएपछि रुमालले मुख छोपेर हिँडेका छन् । 

पढ्नुहोस्, यो पनि :

कोरोना संकटका बीच धुलिखेल चोकमा राखिएका पुराना जुत्ताको कथा

धुलिखेलका स्थानीयका अनुसार दैनिक सयौंको संख्यामा घर फर्किनेको लर्को लाग्ने गरेको छ । बिहान र साँझको समयमा पैदलै हिँडेर तराइका जिल्लामा जानेको भीड लाग्ने गरेको धुलिखेलमा पैदल यात्रीलाई पुराना जुत्ता र खाजा–पानीको व्यवस्थामा खटिएका अभिषेक श्रेष्ठले लोकान्तरसँग भने । 

बीपी राजमार्गबाट गाउँ फर्किन लागेका नागरिकलाई कतिपय गाउँपालिकाले आफ्नो सीमा कटाइदिने गरेका छन् ।

हेर्नुहोस्, थप तस्वीर :


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x