×

NMB BANK
NIC ASIA

नयाँ वर्षको शुभकामना (कविता)

बैशाख ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रमेश भट्टराई ‘सहृदयी’

Muktinath Bank

आयो मङ्गल यो सुखान्त पलको नाच्दो छ प्राणी यहाँ
हट्दो सङ्कटमा वसन्त ऋतु यो आएर वर्षै नयाँ
बित्ने त्यो इतिहास हो जगतमा सोचौं नयाँ कल्पना
मेरो यो शुभकामना छ सबमा आनन्द चम्कोस् यहाँ । १ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    साना बाल रमे सुरम्य धरती हाँस्दो छ नाच्दो जहाँ
    हावा मन्द छ कोइली रुख बसी गाओस् सुरैले यहाँ
    बारीमा बिउ उम्रिए कृषकले खोस्रेर पोखे जहाँ
    मेरो यो शुभकामना छ सबमा आनन्द चम्कोस् यहाँ । २ ।


Advertisment
Nabil box
Kumari

फुल्दो वृक्ष र पालुवा छ वनमा मौरी डुले हर्षमा
पाखामा रमिता छ हेर उसले पस्क्यो नयाँ सिर्जना
घुम्दो यो युगको छ चक्र यसमा सालौँ बिते सम्झना
मेरो यो शुभकामना छ सबमा आनन्द चम्कोस् यहाँ । ३ ।

Vianet communication
Laxmi Bank

    बाँचौँ यो युगको अमूल्य तन हो सौगात हो जिन्दगी
    पृथ्वीमा बलवान् छ यो समय नै फर्कन्न केही गरी
    झोलामा अब लौ न साँच्न सकिने हो शक्ति साँचोपना
    मेरो यो शुभकामना छ सबमा आनन्द चम्कोस् यहाँ । ४ ।

पाक्दो केश झरी नयाँ मनुजको उम्रन्न अर्को तर
त्यो पाखो हर साल फेर्छ उसको आकार त्यो सुन्दर
आशाले मनमा र हर्ष जनमा बोकोस् छ यो भावना
मेरो यो शुभकामना छ सबमा आनन्द चम्कोस् यहाँ । ५ ।
    

छन्द : शार्दूलविक्रीडित
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x