फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बैशाख ५, २०७७
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नरपालिका ५ लास्कोटमा १४ जना सडकमै ओछ्यान लगाएर आराम गरिरहेका छन् । टोलीका अविभावक सन्दीप विक कतिबेला गाडीलाई रोकाउन खोज्छन्, कसैले रोक्दैनन् । बालबच्चालाई खानाको लागि बिलौना गर्छन्, तर कतैबाट सहयोग मिल्दैन ।
उपयपुरको कटारी नगरपालिका बसेरी र लिम्पाटारका १४ जना बुधवार काठमाडौंबाट हिँडेर बिहीवार दिउँसो लास्कोट पुगेका थिए । ‘ठूला मान्छे त भोकभोकै हिँडेका थियौं, बालबच्चाको बिचल्ली भयो, कसैले खाना खान दिँदैन,’ उनले गुनासो गरे ।
ललितपुर ग्वार्कोमा मजदुरीको काम गर्ने सन्दीप विक, सागर मगर सहितको टोली बुधवार राति भकुण्डेबेसीको प्रतिक्षालयमा बसेको थियो ।
‘कति ट्रकलाई रोकायौं, कसैले लैजान मानेन, बीच बाटोमै अलपत्र परिएला जस्तो भयो,’ सागरले भने ।
चिनजानेका व्यक्ति र नेतालाई फोन गर्दा पनि केही सीप नलागेपछि पैदलै गाउँ हिँडेको उनीहरू बताउँछन् ।
आफूहरूका लागि राहतको व्यवस्था पनि नगरेको र गाउँघर जान पनि अवरोध गरेको भन्दै मजदुरहरू सरकारप्रति आक्रोशित छन् ।
‘दुःखका बेला नेताहरूले हेरेनन्, हामी बाटोमा अलपत्र पर्दापनि नहेर्नेहरू अर्कोपटक चुनावमा भोट माग्न कसरी आउलान्, हामीले पनि जानेका छौं,’ सुतेकी महिला जुरुक्क उठेर सरकारप्रति आक्रोश जनाइन् ।
लास्कोटभन्दा अलिपर सडक किनारामा २ युवा खुट्टामा रुमाल बाँधेर सडकमा बसिरहेका थिए ।
‘हिँड्दा–हिँड्दा खुट्टा फुटेर रगत आउन थाल्यो, त्यही भएर रुमाल बाँधेको,’ उदयपुरका बमबहादुर मगरले भने ।
‘खुट्टा दुखेपछि एउटा दह्रो लौरो समाएर विस्तारै हिँडेको छ, यही पाराले घर पुगिएला जस्तो छैन,’ बमबहादुरले भने ।
‘यो भाइको पनि खुट्टामा ठेला उठेर हिँड्न सकेन,’ टोलीमा हिँडेका सिन्धुलीका भीमबहादुर तामाङले भने । खुट्टामा रुमाल बाँधेर हिँडेका अर्काले आफ्नो नाम खुलाउन चाहेनन् ।
लमजुङमा निर्माण क्षेत्रमा काम गर्ने भीमबहादुर केही दिन अगाडि काठमाडौं आएर पैदलै घर हिँडेका रहेछन् ।
‘हिजो ३ बजे राति हिँडेको १२ बजेतिर दाप्चामा आएर रुखमुनि सुतें, बिहान हिँड्दै आउँदैछु,’ दिउँसो काभ्रे र सिन्धुलीको सीमानजिक भेटिएका भीमबहादुरले भने ।
सिन्धुली जानका लागि काभ्रेको मंगलटार पुगेको एउटा समूहका ७ वर्षीय बालक खालीखुट्टा सडकमा हिँडिरहेका थिए । ‘भकुण्डे आउँदा जुत्ता फाट्यो, अहिले खालीखुट्टा हिँडिरहेको छ,’ ती बालकका बुवाले लोकान्तरसँग भने ।
यो समूह पनि राति भकुण्डेबेसीभन्दा अलि तल क्रमशः उद्योगनजिकै बास बसेको थियो । उनीहरूले राति सुत्नका लागि म्याट र ओड्ने कम्मप साथमा लिएर हिँडेका छन् ।
सप्तरी दौलतपुर कलवामा ज्ञाने सदा लगायतको बिहीवार मध्याह्न टोली पैदलै गाउँ पुग्ने भन्दै काभ्रे भञ्ज्याङ पुगेका थिए ।
‘काम नपाएको महिनादिन भयो, रासनपानी र खर्च सकियो त्यसपछि घर हिँड्यौं,’ उनले भने ।
नमोबुद्ध नगरपालिकाका पृथ्वीमान लामाका अनुसार पैदल यात्रीहरू राति आफ्नो घरको पेटीभरि सुत्ने गरेको बताउँछन ।
‘दिनरात गाउँ फर्किनेको लर्को छ, कसैले केटाकेटी बोकेर हिँडिरहेका छन्,’ उनले भने ।
लकडाउनको समय लम्बिएपछि बीपी राजमार्ग भएर गाउँ फर्किने लर्को सडकभरी छ । सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहालका अनुसार बुधवारसम्म बीपी राजमार्ग भएर ६ हजार ८ सय जना आफ्नो गन्तव्यमा गएको बताइन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटकी इञ्चार्ज प्रहरी इन्सपेक्टर शान्ता वाइबाले गाउँपालिकासँगको समन्वयमा नेपालथोकसम्म आएका पैदल यात्रुलाई सिन्धुलीको सीमासम्म कटाइदिएको जानकारी दिइन् ।
सिन्धुपाल्चोकबाट सुर्खेत र बर्दिया
सुर्खेतको म्यालकुना हिँडेका तिलक पुलामी मगर, टेकबहादुर ओली, रामबहादुर घर्ती, रवीन पुन मगर लगायतका युवा बिहान ११ बजे धुलिखेल आइपुगेका थिए ।
सिन्धुपालचोकको सुकुटेबाट बुधवार हिँडेका उनीहरू राति पाँचखालनजिकै बास बसेर बिहीवार धुलिखेल आइपुगेका थिए ।
‘बेलुकासम्म नागढुंगा पुग्न सकियो भने राति ट्रक चढेर जान पाइन्छ कि भन्ने आशा छ, पाइएन भने पैदलै भएपनि घर पुग्ने हो,’ तिलक पुलामीले लोकान्तरसँग भने ।
लकडाउन खुल्ने आशामा बसेपनि खर्च र खानेकुरा सकिएपछि गाउँतिर हिँडेको उनीहरूले बताए । उनले घर बनाउने ठाउँमा मिस्त्रीको काम गर्ने गरेका थिए ।
सिन्धुपाल्चोकको खाडीचौरबाट बर्दियाका लागि हिँडेको अर्को एउटा समूह बिहीवार राति ८ बजे भक्तपुरको जगातीमा आइपुगेको थियो ।
दोलालघाटबाट एक जनाले पाँचखाल नजिकसम्म टिप्परमा ल्याइदिएका कारण उनीहरू हिँडेर ८ बजे भक्तपुर आइपुगेका थिए ।
‘थानकोटदेखि प्रहरीले पठाउँछ भन्ने थाहा पाएर हिँड्दै आएको हो, रातभरि हिँडेर भएपनि आज थानकोट पुग्ने हो,’ बर्दिया राजापुरका धर्मराज कठायतले लोकान्तरसँग भने ।
ज्यामी मजदूरीका लागि बर्दियाको राजापुरबाट दोलालघाट पुगेका मजदुर काम ठप्प भएपछि बेखर्ची भएर फर्किनु परेको बताउँछन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...