×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेका बेला नेपालमा चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

Muktinath Bank

यान्छीले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् भने शुक्रवार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल नेकपाको विदेश विभाग प्रमुखसमेत हुन् । यान्छीले शुक्रवार दुवै नेताहरूलाई उनीहरूकै निवास पुगेर भेट गर्नुले नेपालको राजनीतिक फेरबदलमा चीनले राख्ने चासोमा बढोत्तरी भएको अर्थमा बुझिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा सत्ता फेरबदल हुने चर्चा शुरू भएपछि चीन मात्र नभएर भारत, अमेरिका र युरोपियन देशहरूको चहलपहल बढेका उदाहरणहरू प्रशस्त पाइन्छ ।

Vianet communication
Laxmi Bank

गत वैशाख १५ गते चिनियाँ राष्ट्रपति सी चिनफिङले टेलिफोन गरेर नेपालकी समकक्षी विद्यादेवी भण्डारीलाई कोभिड– १९ सँग लड्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

राष्ट्रपति सीले नेपाल मात्र नभएर इरानका समकक्षीलाई पनि फोन गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जनाएको थियो ।

संसारको महाशक्ति मानिएको अमेरिकामा कोभिड महामारीको प्रकोप अनियन्त्रित भएको अवस्थालाई चीनले आफ्नो प्रभाव बढाउने समयका रूपमा लिएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणीका रूपमा प्रकाशित गर्ने गरेका छन् ।

अहिले भारत पनि कोभिड– १९ कै प्रकोपसँग लडिरहेको छ । कोभिड- १९ को नियन्त्रण र रोकथामको दिशामा भारतले नेपालकै तहमा पनि काम गर्न नसकिरहेको अवस्था छ ।

यद्यपि नेपालमा सत्ता परिवर्तनको हल्ला चलिरहेका बेला काठमाडौंमा भारतीय पक्षको सक्रियता पनि बढेको तर त्यो देखिने तहमा नरहेको अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति स्नातकोत्तर कार्यक्रमका संयोजक डाक्टर खड्ग केसीले नेपालमा जब–जब राजनीति तरल हुँदै जान्छ, तब–तब विशेष गरेर नेपालस्थित भारत र चीनका कूटनीतिक नियोगहरू सक्रिय हुने प्रचलन पुरानै रहेको बताउँछन् ।

‘केही समययता नेपालमा विदेशी चलखेल देखिने स्तरमा थिएन,’ डाक्टर केसीले लोकान्तरसँग भने, ‘सत्तारूढ दल नेकपामै सत्ता परिवर्तनको बहस शुरू भएपछि भेटघाट बढाएर आफ्नो उपस्थिति देखाएको हुन सक्छ ।’

डाक्टर केसीले सरकारसँग स्थिरताका लागि प्रशस्त बहुमत भएको भएपनि यो अवस्था आउनु दु:खद् रहेको बताए ।

‘नेपालमा चलखेल बढ्यो भनेर कुनै छिमेकी या कुनै तहको शक्तिराष्ट्र कसैलाई दोष दिनु मूर्खता हो,’ डाक्टर केसीले भने, ‘हामी एकदमै आरामदायी ढंगले राजनीतिकरूपमा स्थिर भएको बेलामा पनि घर सम्हाल्न सक्दैनौं । उनीहरूका लागि आफ्नो प्रभाव क्षेत्रमा उपस्थिति देखाउनु त नाजायज होइन नि !’

उनले नेपालमा चलखेल बढ्ने स्थिति ल्याउन यहाँका दलहरू नै लागिपरेको बताए । ‘हामी आफैं आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हामी असक्षम छौं भने पुष्टि हुँदै गएको अवस्था हो यो ।’  

‘साइलेन्ट डिप्लोमेसी’मा विश्वास गर्ने चीन पछिल्लो समयमा नेपाल मामिलामा आक्रामक हुँदै गइरहेको छ ।

गत सालको अक्टोबर दोस्रो साता दुईदिनका लागि नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति सीले नेपालका नेताहरूसँगको भेटमा चीनविरुद्ध हुने गतिविधिलाई आफूले सहन नसक्ने सन्देश दिएका थिए ।

राष्ट्रपति सी चीन फर्केलगत्तै ‘चीनलाई विभाजन गर्न खोज्नेको हड्डी भाँचिने’ प्रतिक्रिया दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चीनको आक्रमकतालाई चित्रित गर्न खोजेका थिए ।

नेपालस्थित चिनियाँ राजदूतावास सक्रिय भएको यो पहिलोपटक होइन ।

यान्छी यसअघिका चिनियाँ राजदूतहरूभन्दा बढी ‘सक्रिय’ देखिन्छिन् । तर नेपालमा सत्ता फेरबदलको बहस चलिरहेको बेला उनको सक्रियताको अर्थ भिन्न लाग्न सक्छ ।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भगिनी सम्बन्ध भएकाले भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने नेकपाका एक नेताले बताए ।

‘अहिले चिनियाँ राजदूतले नेताहरूसँग गरेको भेटघाट सत्ता समीकरण आफ्नो पक्षमा पार्ने हिसाबले रहेको मैले बुझेको छैन,’ ती नेताले लोकान्तरसँग भने, ‘यसलाई उचाल्नुपर्ने कुनै कारण छैन । नेपालको सत्तारूढ पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भगिनी सम्बन्ध छ । यो कूटनीतिको नियमित प्रक्रिया हो ।’

उनले सरकारको नेतृत्व कसले गर्ने, कसले छोड्ने जस्ता विषयहरू नितान्त नेपालको आन्तरिक विषय रहेको र छिमेकीको स्वार्थ देखिएपनि त्यसले कुनै अर्थ नराख्ने स्पष्ट पारे ।

गत असोजको पहिलो साता नेकपासँग अन्तर्क्रियाका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सङ ताओ काठमाडौं आएका थिए ।

उनीसँगै आएका करीब २० जनाको टोलीले नेकपाका २ सयभन्दा बढी केन्द्रीय कमिटीका सदस्यहरूसँग राजधानीको एक होटलमा अन्तरक्रियासमेत गरेको थियो ।

त्यतिबेला राष्ट्रपति सीले अघि सारेको ‘सी विचारधारा’लाई नेकपाले अंगीकार गर्न लागेको चर्चासमेत भएको थियो ।  

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ चिनियाँ राजदूतले देखाएको सक्रियता अहिलेसम्म सामान्य रहेको र यसमा टिप्पणी गर्नुपर्ने कुनै विषय नरहेको बताउँछन् ।

‘विदेशी कूटनीतिज्ञहरूले नेपालका नेताहरू भेट्नु सामान्य हो, यसको बारेमा अहिल्यै टिप्पणी गर्नु छिटो हुन्छ,’ श्रेष्ठले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x