×

NMB BANK
NIC ASIA

शनिवारको सचिवालय बैठकपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद साम्य भएको मानिएपनि विवादको ‘पराकम्प’ले नयाँ–नयाँ संशय सिर्जना गरिरहेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले फ्याँकेको ‘चारो’मा नफस्ने सहमति गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनि उपाध्यक्ष वामदेव गौतम शनिवारको सचिवालय बैठकमा प्रवेश गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा ‘राजानीमा’ भन्ने शब्द उच्चारण नै भएन । त्यसअघि बुधवारको सचिवालय बैठकमा भने अध्यक्ष प्रचण्डले ‘म भए राजीनामा दिन्थें’ भन्ने खालको घुमाउरो वाक्यांश प्रयोग गरेर प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।


Advertisment
Nabil box
Kumari

चारै नेताहरू ओलीको राजीनामाबाट पछि नहट्ने आंकलन भइरहेका बेला नेकपाको विवाद भने ओलीको राजीनामा नै नमागी ‘नाटकीय’ ढंगले साम्य भएको हो ।

Vianet communication
Laxmi Bank

ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बन्ने प्रस्ताव गरेपछि विवाद अझ बढेको थियो । यद्यपि शनिवारको बैठकले ‘उपयुक्त समय’मा उनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय भने गरेको छ ।

सचिवालय बैठकमा ओली लगायतका नेताहरूले आत्मालोचना गरेपछि विवाद साम्य भएको भनेर मान्न नेपाल पक्षीय नेताहरू तयार छैनन् ।

आइतवार नेता नेपालसँग उनीनिकट केही स्थायी कमिटी सदस्यहरूले ‘सहमति कसरी भएको हो ? प्रचण्डको भूमिका के हो ?’ भनेर प्रश्न गरेका थिए ।

उसो त शुक्रवार साँझ तिनै नेताहरूले प्रचण्डलाई ओलीसामु नझुक्न दबाब पनि दिएका थिए । प्रचण्डले अघिल्लो दिन नेपाल समूहका स्थायी कमिटीलाई आश्वस्त पारे तर भोलिपल्टको बैठकमा ओलीसँग चोचोमोचो (नेता नेपालको शब्दमा) मिलाएको आरोप लागेको थियो ।

आइतवारको कोटेश्वर भेलामा प्रचण्डको भूमिकाप्रति नेताहरूले संशय व्यक्त गरे । स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रचण्डको भूमिकाको बारेमा प्रश्न उठेको स्वीकार गरे ।

‘धेरै साथीहरूले यस्तो प्रश्न गर्नुभयो तर वरिष्ठ नेता नेपालले भने त्यस्तो होइन भनेर हामीलाई आश्वस्त तुल्याउन खोज्नुभएको थियो,’ पन्तले लोकान्तरसँग भने ।

पछिल्लो समय प्रचण्ड ओलीसँग मिलेर नेता नेपाललाई पुनः ‘कर्नर’मा पुर्‍याउन खोजेको त होइन भन्दै नेपालसमूहका नेताहरूले प्रश्न गर्न थालेका छन् ।

पार्टी एकीकरणपछि देखिएका धेरै विवाद प्रचण्ड ओलीतिर मिलेपछि मात्र समाधान भएका उदाहरणहरू नेकपाभित्र प्रशस्तै छन् ।

‘जताततै लपक्कै हुने प्रचण्डको स्वाभाव हामीले पहिल्यैदेखि बुझेका हौँ,’ नेपाल समूहका एक नेताले लोकान्तरसँग भने, ‘सरकारको अराजकता, प्रधानमन्त्रीको एकलौटी र स्वेच्छाचारिताविरुद्ध मिलेर संघर्ष गर्ने प्रतिबद्धता जनाएका नेताहरूले नै यसरी क्याम्प चेञ्ज गर्दै हिँडेपछि पार्टी कसरी उँभो लाग्छ ?’

उनले सचिवालयमा नेताहरूले राजीनामा माग्न डराएपनि स्थायी कमिटीमा भने राजीनामा मागिने बताए ।

नेकपामा त्रीपक्षीय शक्ति सन्तुलन छ । ओली, प्रचण्ड र नेपालका छुट्टाछुट्टै समूहहरू छन् । तीमध्ये दुईजना जतातिर हुन्छन्, त्यतैतिर नेकपा ढल्कने गरेको इतिहास छ । पार्टीका कुनै पनि कमिटीमा तीनमध्ये कुनै एकजनाको बहुमत छैन ।

आइतवार नेता नेपालले आफ्ना समूहका स्थायी कमिटी सदस्यहरूलाई ‘पावर सेयरिङ’ गरेर अघि बढ्ने सहमति भएको जानकारी गराए ।

पार्टीको विवाद समाधान गरेर अघि जानुको विकल्प नभएकाले सहमतिमै सबै नेताहरू एक कदम पछाडि हटेको भन्दै नेता नेपालले आफूनिकट नेताहरूलाई आश्वस्त पार्न खोजेपनि सबै नेताहरू प्रचण्डसँग विश्वस्त भइसकेका छैनन् ।

तर आफ्ना समूहका स्थायी कमिटी सदस्यहरूसँग भेट्नुअघि नेता नेपाल प्रचण्डसँग भेट गरेका थिए । दुवैबीच भैंसेपाटी गठबन्धनलाई कायमै राखेर अघि बढ्ने सहमति भएको स्रोत बताउँछ ।

तत्कालका लागि पार्टी विवादको वैकल्पिक समाधान नभएकाले सचिवालयमा प्रधानमन्त्रीको राजीनामा नमागिएको विषयमा दुवै नेताहरू स्पष्ट देखिन्छन् । प्रचण्डसँग भेटेपछि नेता नेपालले कोटेश्वरमा आफूनिकट नेताहरूलाई बोलाएका थिए ।

शनिवारको सचिवालय बैठकले २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटीमा प्रस्तुत गर्नेगरी प्रचण्ड दस्तावेज निर्माणको प्रक्रियामा अघि बढिसकेका छन् । प्रचण्डले नेता नेपालले उठाएको एक व्यक्ति, एक जिम्मेवारीको मागलाई दस्तावेजमै उल्लेख गर्ने आश्वासन दिएको स्रोतको दाबी छ ।

स्थायी कमिटी बैठकमा आउला त राजीनामाको माग ?

नेता नेपालनिकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी कमिटीमा ओलीको राजीनामा माग्ने तयारी रहेको संकेत गरेकी छन् ।

लोकान्तरसँगको कुराकानीमा उनले भनिन्, ‘विषयवस्तुहरू अलि उपलब्धिमूलक होस् भनेर हामीले तयारी गरिरहेका छौं । सबै कुरा बैठकमै हुन्छ । राजीनामादेखि लिएर विधि, विधान र पद्धतिका कुराहरू बैठकमा स्वाभाविक ढंगले उठ्छन् । कसरी उठाउने भन्ने हामीले तयारी गर्दैछौं ।’

स्थायी कमिटी बैठकमा राजीनामा लगायत धेरै कुराहरू उठ्ने प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि बताइसकेका छन् । ‘मुख्य कुरा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । उहाँको जवाफ चित्तबुझ्दो नभए प्रश्नहरू त उठिरहन्छन्,’ गजुरेलले भने, ‘राजीनामा मात्र होइन, बैठकमा धेरै कुराहरू उठ्नेवाला छन् । केही कुराहरू पहिलेकै बैठकहरूमा पनि उठेका थिए ।’

यद्यपि स्थायी कमिटी बैठक बस्नु एकदिन अघि सचिवालय बैठक पुनः बस्नेछ । सोही सचिवालय बैठकमा स्थायी कमिटी बैठकको एजेन्डाका बारेमा छलफल हुनेछन् । प्रचण्डले तयार गरेको दस्तावेजसमेत सचिवालयमा छलफल गरेर अघि बढाउने तयारी नेताहरूको छ ।

गत माघको दोस्रो सातामा बसेको केन्द्रीय कमिटी बैठकमा ओली र प्रचण्डबीच पार्टी एकताको एउटै सन्देश दिने सहमति भएको थियो । दुई नेताबाट फरक–फरक कुरा आउँदा जम्बो केन्द्रीय कमिटीमा गलत सन्देश जानेमा दुवै सजग थिए ।

‘अब बस्ने भनिएको स्थायी कमिटी बैठकमा पनि सबै शीर्ष नेताहरू एक भएर प्रस्तुत हुनुहुनेछ,’ ओलीनिकट एक नेताले भने ।

अप्ठेरोको निकास : ओली-प्रचण्डबीच सहमति

यसअघि पार्टी एकीकरणका धेरै प्रक्रियाहरू ओली र प्रचण्ड एकमत भएपछि मात्र पूरा भएका थिए । अझै पनि पार्टी एकताले पूर्ण रूप लिइसकेको छैन । यस्तो अवस्थामा प्रचण्ड ओलीसँग मिलेर अघि बढेनन् भने नेकपाभित्र दोषको भारि प्रचण्डले नै लिनुपर्ने हुन्छ ।

नेकपाभित्र त्रीपक्षीय शक्तिसन्तुलन भएपनि कतिपय निर्णयहरू ओली र प्रचण्डको तजबिजीमा हुने गरेका थिए । नेता नेपालले चाहेका विषयमा छलफल नभएपछि एकाधपटक सचिवालयको निर्णयविरुद्ध फरक मतसमेत राखिसकेका छन् । तर अहिलेसम्म ओली र प्रचण्डले फरक मत राखेका छैनन् ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पक्ष र निरन्तरता दिनेपक्षका सांसदहरू बीच हस्ताक्षरको प्रक्रिया अघि बढिसकेको अवस्थाले पार्टी सहजै फुट्ने संघारमा थियो । यस्तो बेलामा ओलीसँग सहमति गरेरै अघि बढ्ने प्रचण्डको कदमले पार्टीलाई एकजुट बनाउन मद्दत गरेको छ ।

नेता नेपालको आग्रहअनुसार मुख्यमन्त्री र संघीय सरकारका केही मन्त्री हेरफेर गरेर अघि बढ्न ओली पनि तयार भएका छन् ।

यसको छनक आइतवार प्रचण्डले नेता नेपाललाई दिएका थिए । नेता नेपाल केही लिएर चुपचाप बस्नुपर्ने स्थितिमा देखिन्छन् ।

‘सचिवालय बैठकमा एकाध प्रदेशको मुख्यमन्त्री र संघीय मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलफल भएको होइन,’ एक सचिवालय सदस्यले भने, ‘यो नेताहरूबीचको अन्डरस्ट्यान्डिङ हो र त्यो हुने सम्भावना छ । पार्टीभित्र एक व्यक्ति एक पदको माग उठेको धेरै पहिलादेखि हो । यसको टुंगो पनि स्थायी कमिटी बैठकले नै लगाउनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x