×

NMB BANK
NIC ASIA

'हात्तीवन गठबन्धन'ले ओली सशंकित, स्थायी कमिटी नबोलाए विकल्प खोज्ने अर्को पक्षको चेतावनी !

बैशाख २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक देखिएपछि विवादले नयाँ स्वरूप ग्रहण गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

गत शनिवार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति नै तय गरिसकेको थियो । बिहीवार (वैशाख २५ गते) तय गरिएको बैठक बुधवारको सचिवालय बैठकपछि अनिश्चित बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले स्थायी कमिटी बैठक अध्यक्षद्वयको छलफलपछि तय हुने जानकारी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेका थिए ।

Vianet communication
Laxmi Bank

त्यसपछि प्रधानमन्त्री शारीरिक र अन्य कारणले बैठक छोडेर बीचैमा निस्केको प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई ब्रिफिङ गरेका थिए । यसलाई कतिपयले प्रधानमन्त्री समस्याबाट भाग्न खोजेको भन्दै टिप्पणी गरेका छन् ।

नेता नेपाल समूहका एक स्थायी कमिटी सदस्यले भने, ‘हेरौं उहाँ कतिदिन यसरी भाग्न सक्नुहुन्छ । देखिएको समस्या सुल्झाउने भन्दा पनि उहाँमा समस्या झन् थोपर्ने प्रवृत्ति देखिएको छ । यसले उहाँलाई पनि फाइदा गर्दैन र समग्र पार्टीलाई पनि फाइदा गर्दैन ।’ ओली बाहिरिएपछि बाँकी नेताहरू निष्कर्षविहीन बने । 

उनीहरूले तयारी नपुगेको भन्दै अध्यक्ष प्रचण्डलाई ओलीसँग सल्लाह गर्न आग्रह गरे, त्यसपछि बैठक सकियो । अन्य नेताहरू बालुवाटारबाट निस्के भने ओली र प्रचण्डबीच थप केही समय छलफल भएको थियो । 

स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट पेश गर्ने गरी दस्तावेज बनाउने जिम्मेवारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पाएका थिए । 

अध्यक्ष प्रचण्डसँगको छलफलमा ओलीले भने, ‘तपाईंहरूले बनाएको दस्तावेज सर्वसम्मत ढंगबाट सचिवालयले पास गरेपछि मात्र स्थायी कमिटी बैठक तय गरौंला ।’ त्यसपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए ।

२० गतेको सचिवालय बैठकमा नेकपाको विवाद साम्य भएको ठानिएको थियो । 

त्यतिबेला ओलीले आफ्नो तर्फबाट सरकार र पार्टी सञ्चालनमा केही कमजोरी भएको स्वीकार गरेका थिए । तर त्यतिले मात्र नपुग्ने भन्दै प्रचण्ड-नेपाल समूह विभिन्न चरणको छलफलमा जुट्यो ।

नयाँ विवादको शुरूआत- हात्तीवन ‘गठबन्धन’  

सोमवार प्रवक्ता श्रेष्ठको निवास हात्तीवनमा प्रचण्डसहित वरिष्ठ नेताद्वय नेपाल र खनालसँगै प्रवक्ता श्रेष्ठ बसेर प्रधानमन्त्रीलाई कडा शर्त राखेर निर्णय कार्यान्वयनमा दबाब दिने रणनीति बनेपछि ओली बिच्किए । 

लोकान्तरले चार नेताको बीचमा भएको सहमति सार्वजनिक गरेको थियो । त्यसपछि ओलीले आफूविरुद्ध थप प्रहार हुँदै गइरहेको महसूस गरे । 

‘प्रधानमन्त्रीज्यूले मिलेर अघि बढौं, कमीकमजोरी सच्याऔं भनेर भनिसक्नुभएको थियो,’ ओलीनिकट एक प्रभावशाली नेताले लोकान्तरसँग असन्तुष्टि पोखे, ‘तर अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई त्यो पचेन ।

कोरोनाको महामारीविरुद्ध लड्नुपर्ने समयमा आफ्नै पार्टीका नेताहरूले प्रधानमन्त्रीविरुद्ध मोर्चा कसिरहेका छन् । यो बिल्कुलै सही होइन ।’

पूर्वमाओवादी समूह लचिलो, नेपालसमूह आक्रामक 

स्थायी कमिटी बैठकको माग गर्दै हस्ताक्षर गरेका २० मध्ये १९ सदस्यको बैठक मंगलवार अपराह्न ललितपुरको धोबीघाटस्थित अगेनो रेस्टुरेन्टमा बसेको थियो । 

हस्ताक्षर गरेकामध्ये देव गुरुङबाहेक सबै सदस्य उपस्थित उक्त बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध तयार पारेको ११ पेज लामो २७ बुँदे आरोप पत्र प्रस्तुत गरेका थिए ।

रावलको आरोप पत्रमा प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाइएको थियो । तर रावलको आरोपपत्रमा भएको भाषा कडा भएको भन्दै पूर्वमाओवादीका अधिकांश स्थायी कमिटी सदस्यहरूले त्यसलाई सच्याउनुपर्ने माग गरे । 

उक्त बैठकमा नेपालसमूहका नेताहरू ओलीविरुद्ध आक्रामक देखिएका थिए भने पूर्वमाओवादी समूहका नेताहरू भने केही लचिलो देखिएको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री ओलीलाई कारवाहीकै शैलीमा बहिर्गमन गराउनुपर्छ भन्ने निष्कर्षमा हामी पुग्न सकेनौं,’ बैठकमा सहभागी एक पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यले भने, ‘त्यस्तो भयो भने कम्युनिस्ट पार्टीमै बिग्रह आउनसक्ने सम्भावना देखिन्छ, तर सरकारको कार्यशैली ठीक नभएको, पार्टी विधि र पद्धतिअनुरुप नचलेको, पार्टीको निर्णय सरकारले कार्यान्वयन गर्न नचाहेको जस्ता विषयहरूमा भने हाम्रो साझा मत छ ।’

नेताहरू भन्छन् – २/४ दिनमा बैठक नबोलाए विकल्प खोजिन्छ 

नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीको एकलौटी धेरै दिन नचल्ने टिप्पणी गरिन् । बोलाइसकेको बैठक पनि स्थगित गरेर प्रधानमन्त्री ओलीले गल्ती गरेको उनको भनाइ छ । 

‘अब बैठक कहिले बोलाउने भन्ने उहाँ (ओली)माथि नै भर पर्छ,’ शाक्यले भनिन्, ‘बोलाइसकेको बैठक पनि स्थगित भयो । अरूको कुरै सुन्न नचाहने प्रवृत्ति कहिलेसम्म देखिने हो ? हामीले पनि बैठक कतिदिन टर्छ भनेर हेर्छौं नि !’
उनले आफूविरुद्ध कुरा उठ्छ भनेर प्रधानमन्त्री बैठक ‘फेस’ गर्न डराएको आरोप समेत लगाइन् ।

‘एकलौटी गर्न नडराउने तर बैठक बोलाउन चाहिँ डराउने ?’ उनले प्रश्न गरिन्, ‘आफूविरुद्ध उठ्ने सबै कुराहरू बैठकमै सामना गरेको भए हुन्थ्यो ।’  

उनले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गर्ने स्थायी कमिटी सदस्यहरूबीच कुराकानी र छलफल भइरहेको बताइन् । ‘हामीबीच छलफल कुराकानी भइरहेकै छ । केही दिन हेर्छौं, उहाँहरूले बैठक कहिले बोलाउनुहुन्छ । यदि बैठक नै नबोलाउने हो भने त्यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने हुन्छ ।’

स्थायी कमिटी सदस्य भीम आचार्यले पनि बैठक नबस्ने स्थिति आए विकल्पमा जानुपर्ने हुनसक्ने बताए । 

‘सकेसम्म हामीले करेक्सनलाई जोड दिने हो,’ आचार्यले भने, ‘सरकार सच्चिएर अघि बढ्नुपर्छ । अर्को चुनाव पनि जित्नु छ । सरकारले पार्टीको निर्देशनअनुसार काम गर्नुपर्छ भनेर हामीले धेरै पहिलादेखि जोड दिएका हौँ ।’

आचार्यले पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री अघि बढ्न खोजे दुर्भाग्य हुने बताए । ‘पार्टीभित्र समूहगत छलफल हुन सक्छन्, तर नेतृत्वले त्यसलाई पनि समेटेर अघि बढ्न सक्नुपर्छ,’ आचार्यले भने । 

अर्का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल उपयुक्त समयमा बैठक बस्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँछन् ।

‘अहिले विषम परिस्थिति छ, आजै बैठक चाहियो भन्ने कुरा पनि ठीक होइन,’ मण्डलले लोकान्तरसँग भने, ‘बैठक उपयुक्त समयमा बसौं, बरू दुईचार दिन बढी नै छलफल गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x