×

NMB BANK
NIC ASIA

कृषकको पीडा

असिना र लकडाउनले डुबायो स्ट्रबेरी खेती, किसानलाई घरैपिच्छे १ देखि ५ लाखसम्म घाटा !

बैशाख २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोटको ककनी गाउँपालिका– २ का खिलमान तामाङले अघिल्लो वर्ष यो समयमा २ लाख ५० हजार रुपैयाँको स्ट्रबेरी बिक्री गरेका थिए ।

Muktinath Bank

उक्त सिजनमा उनले ५ लाख रुपैयाँको स्ट्रबेरी बिक्री गरे । विगत ३ वर्षदेखि स्ट्रबेरीको खेती गर्दै आएका खिलमान यो वर्ष भने घाटामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पोहोर साल यो बेलासम्म मैले ५ लाखको स्ट्रबेरी बिक्री गरिसकेको थिएँ, तर अहिले लकडाउनले गर्दा सबै घाटा लाग्यो,’ खिलमानले भने, ‘लकडाउनले गर्दा बारीमा भएका सबै स्ट्रबेरी कुहियो ।’


Advertisment
Nabil box
Kumari

लकडाउनभन्दा केही समयआगाडि परेको असिनापानीले गर्दा कतिपय स्ट्रबेरी बिगारेको थियो, बाँकी रहेका सबै लकडाउनले कुहायो ।

Vianet communication
Laxmi Bank

असिना पानीले क्षति पुर्‍याउनबाट बचेको स्ट्रबेरी बिक्री गरेर लगानी उठाउने सोच बनाएका तामाङको मेहेनत र सपना लकडाउनले चकनाचुर बनाएको छ ।

‘असिनाले कुटेपनि बाँकी रहेको स्ट्रबेरी बेचेर खर्च उठाउँला भनेको थिएँ, त्यो पनि लकडाउनले सत्यानास बनाइदियो, अब के गर्ने ? सहनै पर्‍यो,’ खिलमानले गुनासो गरे ।

२ रोपनी जग्गामा स्ट्रबेरीको खेती गर्दै आएका उनले यसैबाट आफ्ना २ छोरीलाई काठमाडौंमा पढाउँदै आएका छन् । 

मकै खेतीभन्दा स्ट्रबेरी खेती गर्दा झण्डै ४ गुणा बढी आम्दानी हुने तामाङको भनाइ छ । 

‘मकै लगाउँदा एक वर्षमा त्यही १ लाखदेखि १ लाख ५० हजार रुपैयाँ आम्दानी हुन्थ्यो, यो लगाउँदा त ५ लाखदेखि ६ लाख ५० हजारसम्म आम्दानी हुन्छ,’ उनले लोकान्तरसँग भने ।

उनीजस्तै लकडाउनको मारमा पर्ने अर्की कृषक हुन्, ककनी गाउँपालिकाकै मनमाया तामाङ ।

१ रोपनी जग्गामा स्ट्रबेरी खेती गर्दै आएकी उनलाई यो वर्ष लगानी गरेको १ लाख पनि डुब्दा ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।

‘१ लाख ऋण लिएर खेती गरेको पहिला असिनाले फेरि अहिले लकडाउनले गर्दा कुहिएर फाल्नुपर्‍यो, ऋण पनि कसरी तिर्ने थाहा छैन,’ मनमायाले लोकान्तरसँग भनिन्, ‘स्ट्रबेरी बेचेर दिउँला भनेकी थिएँ, सबै कुहियो ।’

२ रोपनी जग्गामा स्ट्रबेरी खेती गर्न वार्षिक १ लाख पचास हजार रुपैयाँ खर्च हुने कृषकहरू बताउँछन् । २ रोपानी जग्गामा एक दिन बिराएर स्ट्रबेरी टिप्दा २० केजीसम्म हुने कृषकहरूको भनाइ छ ।

कृषकहरूका अनुसार ठेकेदारले स्ट्रबेरीलाई ३ वटा गुणस्तरमा छानेर लैजाने गरेका छन् । पहिलो ए क्लासको प्रतिकेजी ३ सय, बी क्लासको प्रतिकेजी २ सय र सी क्लासको प्रतिकेजी १ सय रुपैयाँका दरले बिक्री हुन्छ । 

२ रोपनी जग्गामा एक वर्षमा खर्च कटाएर लगभग ५ लाखदेखि ६ लाखसम्म आम्दानी हुने गरेको खिलमानले बताए ।

पूर्ण अर्ग्यानिक !

ककनी गाउँपालिकामा उत्पादन हुने स्ट्रबेरी पूर्णरूपमा अर्ग्यानिक रहेको कृषकहरूको दाबी छ ।

गाइवस्तुको मल र झारपातलाई प्रांगारिक मल बनाएर प्रयोग गर्ने गरेको खिलमान तामाङले बताए ।

‘अरू औषधि प्रयोग गर्न पाइँदैन, गाइवस्तुको मल र झारपातबाट प्रांगारिक मल बनाएर प्रयोग गर्नुपछ,’ खिलमानले लोकान्तरसँग भने ।

यदि अन्य मल प्रयोग गरेको थाहा पाएका खरिदकर्ताले किन्दैनन् ।

‘अन्य औषधि प्रयोग गरेको थाहा पाएमा ठेकदारले उठाउँदैनन्,’ उनले भनिन् । 

गाउँमा लगभग १ सय ६२ घरपरिवार संगठित भएर र अन्य ६०/७० घर परिवार आफूखुशी स्ट्रबेरीको खेतीमा छन् । 

शुरूमा जाप्निज संस्था जापान इन्टरनेशनल को–अपरेसन एजेन्सी (जाइका)ले गाउँमा बिरुवा उपलब्ध गराएको थियो । 

पछि जाप्निज प्रोजेक्टले नै स्ट्रबेरी खेतीको लागि टनेल उपलब्ध गरायो ।

कृषि अनुदान कुन चराको नाम ?

स्ट्रबेरी उत्पादन गर्दै आएका किसानलाई स्थानीय गाउँपालिकाले कुनैपनि तरिकाले सहयोग नगरको किसानहरूले बताएका छन् । 

‘असिना पानीले खेती बिगार्दा पनि गाउँपालिकाले हेरेन । हामीले खेती गर्दा कृषि अनुदान पाइन्छ भनेर सुनेका थियौं, खै के हो गाउँपालिकामा थाहा छैन भन्छन्,’ ककनी– २ का खिलमान तामाङले भने ।

खेती किसानी गर्दा राज्यले अनुदान दिन्छ भन्ने रेडियोमा सुन्दै आएका तामाङले वडामा धेरैपटक अनुदानको कुरा गरेका थिए, तर जवाफ अहिलेसम्म पाएका छैनन् ।

यस्तै अनुभव छ, मनमायाको पनि । ‘समाचारमा खेती किसानीलाई अनुदान मिल्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म पाएको छैन,’ उनले भनिन् ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x