×

NMB BANK
NIC ASIA

लोकान्तर टिप्पणी

मदन भण्डारी र पार्टी एकीकरण सम्झन ओली–प्रचण्डको एक वक्तव्य, ६ सन्देश !

जेठ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टी एकता भएको २ वर्ष पूरा भएको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार प्रकाशित गरेको संयुक्त वक्तव्यमा केही महत्त्वपूर्ण सन्देशहरू लुकेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सतहमा अन्य कुरा लेखिएको भएपनि ओली–प्रचण्डको वक्तव्यमा स्पष्ट ६ वटा सन्देश लुकेका छन् । २७ औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको अवसरमा ओली र प्रचण्डले हस्ताक्षर गरेर संयुक्त वक्तव्य प्रकाशित गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली–प्रचण्डको वक्तव्यको पहिलो सन्देश – नेकपाभित्र विभाजनको डिलमा पुगेको झगडा सहमतितर्फ फर्कियो । सरकार र पार्टीबीचको असमझदारीका कारण गत महिना नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको थियो । गत फागुन १४ गते उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय कार्यान्वयन नभएपछि शुरू भएको विवाद मध्य वैशाखसम्म आइपुग्दा विभाजनको डिलमा पुगेको थियो ।


Advertisment
Nabil box
Kumari

‘स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत संगठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै हामीलाई यो ऐतिहासिक दायित्व पूरा गर्ने सामथ्र्य प्रदान गर्दछ भन्ने यथार्थप्रति पार्टी स्पष्ट छ,’ ओली–प्रचण्डद्वारा शनिवार जारी संयुक्त वक्तव्यमा भनिएको छ । शनिवारको वक्तव्यमार्फत २ अध्यक्षले पार्टी भित्रको विवाद सहमतितर्फ उन्मुख भएको सन्देश कार्यकर्तालाई दिएका छन् ।

Vianet communication
Laxmi Bank

ओली–प्रचण्डको वक्तव्यको दोस्रो सन्देश – यही सरकारको निरन्तरता । सरकार विरुद्धमा पार्टी भित्रबाटै विरोध र विकल्प खोजिरहेको समयमा चुनौतीबीच सरकारले राम्रो काम गरेको र अझै राम्रो काम गर्दै जाने भन्ने उल्लेख गरेर प्रधानमन्त्रीमा ओलीको विकल्प नखोजिने संकेत शनिवारको वक्तव्यबाट बुझ्न सकिन्छ । शुक्रवार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारका नीति तथा कार्यक्रममा पनि ठाउँठाउँमा यो सरकारको पूर्ण कार्यकाल भन्ने शब्द उल्लेख थियो । 

सरकारको निरन्तरतालाई जोड दिँदै संयुक्त वक्तव्यमा भनिएको छ, ‘गएका २ वर्षमा पार्टी नेतृत्वको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको छ । थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित छ ।’

स्थायी कमिटी बैठक बोलाउन लिखित हस्ताक्षर बुझाएका केही नेताहरूले स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गर्ने तयारी गरेका थिए । वैशाख २० गते बसेको सचिवालय बैठक पनि नेकपामा ओलीको राजीनामाको विषय गौण बन्न पुगेको थियो ।

ओली–प्रचण्ड वक्तव्यको तेस्रो सन्देश – नेकपा अब पूर्ण लोकतान्त्रिक पार्टी । विश्वव्यापी रुपमा नै कम्युनिस्टहरूको र्‍याडिकल अधिनायकवादी धार थियो । लेलिन, स्टालिन र कतिपय सन्दर्भमा चीनमा माओले समेत लिएको धार छाडेर नेकपा पूर्ण रुपले लोकतान्त्रिक धारमा जान तयार रहेको शनिवारको व्यक्तव्यबाट प्रस्ट भएको विश्लेषण गर्न सकिन्छ । 

‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ,’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यता र सिद्धान्त, कानूनी राज, स्वतन्त्र न्यायपालिकाप्रतिको प्रतिबद्धतालाई पार्टी एकता दिवसको असवरमा विशेष हाइलाइट गरिएको छ । यी कुरा पार्टी एकताको दस्तावेजमा पनि उल्लेख गरिएको थियो तर यो बेला पुनः हइलाइट गरेर नेकपा अधिनाकयवादी होइन, लोकतान्त्रिक पार्टी हो भन्ने अध्यक्षद्वयको सन्देश देखिन्छ ।

सरकारले राज्यका अंगलाई प्रभावमा पारेर अधिनाकवादी शैलीमा सरकार सञ्चालन गर्न खोजेको आरोप प्रतिपक्षी दलहरूले नेकपाप्रति आरोप लगाउँदै आएका छन् । सरकार अधिनायकवादी शैलीमा अगाडि बढ्न खोजेको भन्दै प्रतिपक्षी आरोपलाई खण्डन गर्न संयुक्त वक्तव्यमा भनिएको छ, ‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’ 

ओली–प्रचण्डको वक्तव्यको चौथो सन्देश – जबजको महत्त्वलाई एउटै भाषामा आत्मसात । मदन भण्डारीको स्मृति तथा पार्टी एकताको सन्दर्भमा ओली–प्रचण्डले जारी गरेको वक्तव्यको चौथो सन्देश चाहिँ जबजको महत्त्वलाई एउटै भाषामा आत्मसात गर्दै कम्युनिस्ट आन्दोलनको र्‍याडिकलभन्दा नयाँ धारको रुपमा नेकपालाई अगाडि बढाउन खोजेको सन्देश । पार्टी एकतापछि पनि पार्टीको तात्कालिक कार्यक्रम जबज हुने कि नहुने भन्नेमा नेकपाभित्र विवाद देखिएको छ । 

‘मार्क्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका छन्,’ २७ औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ । ३ पेज लामो वक्तव्यमा जबजलाई ‘जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधारशीला निर्माण गर्ने ऐतिहासिक पहलकदमी’ भन्दै ठाउँठाउँमा उल्लेख गरिएको छ ।

ओली–प्रचण्डको वक्तव्यको पाँचौ सन्देश – मदन भण्डारी २० औं शताब्दीको नेपालको सबभन्दा लोकप्रिय नेता । संयुक्त वक्तव्यमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका मदन भण्डारीलाई धेरै उचाइबाट मूल्यांकन गरेको देखिएको छ । नेकपा वक्तव्य पढ्दा २० औं शताब्दीको नेपालको सबभन्दा लोकप्रिय नेताको रुपमा मदन भण्डारीलाई उच्च सम्मान गरेको देखिन्छ । 

‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न उहाँले प्रतिपादन गर्नुभएका विचारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्,’ मदन भण्डारीको योगदानलाई स्मरण गर्दै ओली र प्रचण्डले संयुक्त व्यक्तमा उल्लेख गरेका छन् । यसबाट अबको नेकपा मदन भण्डारीको लिगेसीमा चल्छ भन्ने स्पष्ट देखियो वा प्रस्ट संकेत गर्‍यो,’ नेकपाका ती नेताको विश्लेषण छ ।

ओली–प्रचण्ड वक्तव्यको छैटौं सन्देश – जनयुद्धलाई नेकपाले इतिहास मान्छ तर आत्मसात गर्दैन । पार्टी एकता दिवसको अवसरमा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा जारी संयुक्त वक्तव्यले माओवादी जययुद्धलाई इतिहास मात्र मान्ने संकेत गरेको छ । माओवादी जनयुद्धको स्वामित्व लिने विषयमा नेकपाभित्र एकमत छैन । २०६४ सालको संविधानसभा निर्वाचनपछि एक समितिमा एमाले सभासद्हरूले संविधानमा ‘जनयुद्ध’ शब्द राख्न नमिल्ने अडान लिँदै विपक्षमा मतदान गरेका थिए ।

शनिवारको वक्तव्यले जनयुद्ध भनेको २०६२/०६३ को आन्दोलनभन्दा अगाडिको कुरा हो, माओवादीले जनयुद्ध बिसाएर आएको हो, यसर्थ नेकपाले इतिहास मान्छ तर आत्मसात गर्दैन भन्ने देखिन्छ । तर पूर्व माओवादी खेमाले भने जनयुद्धलाई गणतन्त्र स्थापनाको जग भन्दै आएका छन् ।

‘विभाजन र एकताका अनेकौं शृंखला पार गर्दै आउनेक्रममा शान्तिपूर्ण जनआन्दोलन र संसदीय संघर्षको बाटोबाट अघि बढेको नेकपा (एमाले) र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा (माओवादी केन्द्र) बीच संवादका अनेकौं सिलसिलाबाट २०६२/६३ को जनक्रान्तिको आधार निर्माण भएको थियो,’ ओली र प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यिनै दुई पार्टीको पहलकदमी र वैचारिक नेतृत्वमा सम्पन्न २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिबाट राजतन्त्रको अन्त्य भई आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धीहरू हासिल भएका छन् ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भइ नेकपा गठन भएको थियो । कोरोना संकटका कारण नेकपाले २७ औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको अवसरमा कुनै औपचारिक कार्यक्रम राखेको छैन । 

संयुक्त वक्तव्यको पूर्णपाठ –

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x