फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
- सूर्यबहादुर थापा
नेपालको भौगोलिक सामाजिक र आर्थिक अवस्थाले गर्दा विभिन्न प्रकोपका कारण सिर्जित हुने विपद्ले हरेक वर्ष नेपालले ठूलो मात्रामा जनधनको क्षति व्यहोर्दै आइरहेको छ । विपद्का कारण नेपालको विकासको प्रक्रियामा समेत ठूलो क्षति हुन पुगिरहेको छ ।
विशेषत नेपालले हरेक वर्ष बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, शितलहर, हिमपात, महामारी, सडक दुर्घटना जस्ता विपद् कारण ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरिरहेको छ । यसको अलावा लामो समयको अन्तरालमा आउने भूकम्पका कारण झनै ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।
गृह मन्त्रालयद्वारा प्रकाशित सन् २०१९ को नेपाल विपद् प्रतिवेदन अनुसार विभिन्न विपद्का कारण सन् १९७१ देखि सन् २०१८ सम्म मा ४१ हजार ६ जनाको मृत्यु भएको, १ लाख २७ हजार ११८ घरपरिवार प्रभावित र २८ हजार ५७० घरहरू नोक्सान भएका उल्लेख गरेको छ ।
सन् २०१७ देखि सन् २०१८ सम्ममा २४ हजार ५४१ यातायात दुर्घटनाबाट ५ हजार ५३७ जनाको मृत्यु, ९ हजार २१७ जना गम्भीर घाइते र १९ हजार ८३ जना सामान्य घाइते भएको देखिन्छ । सन् २०१७ र २०१८ को मात्र तथ्यांक हेर्ने हो भने पनि सडक दुर्घटनाबाहेक ९६८ जनाको विभिन्न प्रकोपका कारण मृत्यु भएको देखिन्छ । जसमध्ये ५६९ पुरुष ८ हजार ३९९ जना महिला रहेका छन् ।
समीक्षा अवधिमा सबैभन्दा बढी १८३ जना बाढी, १६१ जना पहिरो, १६० जना चट्याङ र १ जनाको आगलागीका कारण मृत्यु भएको देखिन्छ । सन् २०१७ देखि सन् २०१८ सम्मको आर्थिक क्षति लगभग ६ अर्ब ८३ करोड ८८ लाख २३ हजार ३२० रुपैयाँ बराबर भएको विपद् प्रतिवेदनबाट देखिन्छ । विक्रम संवत् २०७२ सालमा आएको भूकम्पबाट मात्रै नेपालले अनाहकमा ८ हजार ७९० जनाले ज्यान गुमाउनुपर्यो भने २२ हजार ३०० जना घाइते हुन पुगेका थिए । भूकम्पबाट ८० लाख जनता प्रभावित हुन पुगेका थिए । भूकम्पबाट ८ लाखभन्दा बढी घर पूर्णरुपमा क्षति भएका थिए र यसको अलावा शैक्षिक संस्था, सरकारी भवन, स्वास्थ्य संस्था, खानेपानी, सिचाइँ, पर्यटन लगायतका क्षेत्रमा समेत ठूलो क्षति हुन पुगेका थियो ।
विपद्पछिका आवश्यकता आकलन प्रतिवेदन अनुसार भूकम्पबाट ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । हाम्रो जस्तो गरीब मुलुकको लागि यति ठूलो मात्रामा आर्थिक नोक्सानी हुनु भनेको बहुतै गम्भीर विषय हो । यस्ता विपद्का घटनाले हाम्रो विकासका प्रक्रियालाई नै पछाडि धकेलिदिने गरेको छ ।
नेपाल अहिले पनि उच्च भूकम्पीय जोखिमको अवस्थामा रहेको छ । कुनै पनि समयमा भूकम्प जान सक्दछ । हामीले निर्माण गरेका भौतिक संरचना पनि कमजोर अवस्थामा रहेका छन् । २०७२ सालको जस्तै भूकम्प गएमा फेरि पनि ठूलो मात्रामा जनधनको क्षति हुन सक्दछ । नेपाल प्राकृतिक विपद्का कारणले पनि अति नै जोखिम अवस्थामा रहेको छ । हरेक वर्ष विभिन्न विपद्को सामना गरिरहनुपर्ने अवस्थालाई ध्यानमा राखेर विपद् जोखिम न्यूनीकरणलाई विकासमा मूल प्रवाहीकरण गर्नका लागि हामीले विगत २५ं(३० वर्षदेखि वकालत गर्दै आइरहेका छौं । यसको साथै विपद् व्यवस्थापनको कामलाई समग्र रुपमा हेर्न र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन सम्बन्धी छुट्टै ऐनको व्यवस्था गरिएको छ । त्यसअनुसार विपद्का सबै चरणमा नियमित रुपमा कार्य गर्ने, योजना बनाउन, समन्वय गर्नका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गर्नका लागि समेत वकालत गर्नुपरेको थियो ।
जसअनुरुप २०७४ सालमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थपन ऐनको तर्जुमा र २०७६ सालमा आएर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भइ कामको शुरूआत हुन खोजिरहेको देखिन्छ । यद्यपि प्राधिकरणले के कसरी आफ्ना कार्यहरू अगाडि बढाउने छ भनेर हेर्न भने बाँकी नै रहेको छ ।
अहिले विश्वभर नै कोभिड–१९ को संक्रमणको कारण, बन्दाबन्दीको अवस्थामा रहेको छ । विश्वभर लाखौं संक्रमित छन् भने मृतकको संख्या ३ लाख नाघेको छ । नेपालमा पनि विभिन्न जिल्लामा गरेर संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको थप संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरू गरेको लकडाउन जेठ ५ गतेसम्मका लागि निरन्तरता दिने घोषणा गरिसकेको छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि बृहत्तर रुपमा संक्रमण फैलिएला कि भनेर आमजनता त्रासमा रहेका छन् । सरकारको तर्फबाट थप संक्रमण फैलिन नदिनको लागि पहल भइरहेको छ । यद्यपि पर्याप्त हुन सकिरहेका छैन ।
अबका दिनमा कोभिड–१९ साथै नेपालमा हावाहुरी, आगलागी, चट्याङ जस्ता प्रकोपको पनि शुरू हुन थालिसकेको छ । विगतको अवस्थालाई हेर्दा यस प्रकारको प्रकोपबाट पनि थप विपद्का घटनाहरू हुनसक्ने बढी सम्भावना रहेको छ । अर्कोतर्फ केही समयपछि शुरू हुने मनसुनका कारण बाढी, पहिरो र भू–क्षयले गर्दा थप विपद्को अवस्था सिर्जना हुन सक्दछ । विपद् हरेक वर्ष सानो–ठूलो रुपमा हुँदै आइरहेको छ । यस प्रकारको विपद्बाट ठूलो मात्रामा जनधनको क्षति हुने गरेकोे छ । अब हाम्रासामु रहेको मुख्य चुनौती भनेको कोभिड–१९ को रोगथाम, उपचार र नियन्त्रणका साथै माथि उल्लेख गरिए अनुसारका विभिन्न प्रकोपबाट उत्पन्न हुन सक्ने विपद्को पूर्व तयारी र जोखिम न्यूनीकरणलाई कसरी सँगसँगै व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको छ । यसका लागि आजबाट नै सबै किसिमले तयारी हालतमा नरहने हो र पूर्व तयारीको कामहरूको थालनी नगर्ने हो भने थप विपद्को अवस्था सिर्जना हुन गइ ठूलो मात्रामा जनधनको क्षति हुन पुग्दछ । यसको लागि संघ, प्रदेश र स्थानीय सरकारले आजैदेखि विस्तृत योजना बनाएर कामको थालनी गर्न नितान्त आवश्यक देखिएको छ । यसको लागि स्थानीय तहमा स्वयंसेवकको गठन, आवश्यक तालिम, जोखिम क्षेत्रको पहिचान, राहत र उद्दार सामग्रीको बन्दोबस्ती, अस्थायी सुरक्षित आवास निर्माण, उपयुक्त सुरक्षित स्थानको छनोट, स्वच्छ खानेपानी, शौचालय, खाद्यान्न तथा औषधि जस्ता आधारभूत वस्तुको व्यवस्था गर्नु अतिआवश्यक छ । यसका साथै सम्भावित कोभिड–१९ बाट संक्रमितलाई सुरक्षित साथ राख्नको लागि क्वारेन्टाइनको स्थापना तथा व्यवस्थापन र स्थानीय अस्पतालमा वा अस्थायी रुपमा आइसोलेसन वार्डको निर्माण गरी आवश्यक सामग्री समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लागि आजैबाट विभिन्न सरोकारवाला निकायबीच सहकार्य र समन्वय थालनी गर्न, बैठक गर्ने, योजना निर्माण र जिम्मेवारी बाँडफाँड समेत गर्नुपर्दछ ।
स्थानीय स्तरमा रहेको सामुदायिक संघ, संस्था, क्लब, सहकारी तथा समूह, निजी क्षेत्रहरू परिचालन सम्बन्धी योजनाहरू पनि आजैदेखि बनाउन जरुरी छ । यस्ता योजनाहरू निर्माण गर्दा सहभागितात्मक विधि अवलम्बन गर्नुपर्ने हुन्छ । यसको साथै सरोकारवालासँग नियमित बैठक, छलफल गर्ने र त्यसको तयारीको अवस्थाका सम्बन्धमा पनि नियमित अनुगमन गरिराख्नुपर्दछ । योजना अनुसार आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन र समन्वय प्रदेश र संघीय सरकारले गर्नुुपर्ने हुन्छ । यसका साथै स्थानीय सरकारले पनि आफूसँग भएको स्रोतसाधनको पहिचान गरी परिचालन गर्नुपर्ने हुन्छ । यसरी विशेष योजना र तयारीका साथ आजैदेखि काममा लाग्न सकिएमा मात्र प्राकृतिक विपत्ति र कोभिड–१९ बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । होइन भने नेपाल र नेपालीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
(लेखक थापा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) तथा प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट नेपाल) का अध्यक्ष हुन् ।)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...