मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
भारतका टीभी कलाकार मनमीत ग्रेवालले आत्महत्या गरेपछि उनका नातेदार र साथीभाइ स्तब्ध भएका छन् । बेरोजगारी र ऋणका कारण संघर्ष गरिरहेका ग्रेवालले शुक्रवार आत्महत्या गरेका हुन् ।
उनका साथी मनजितले द टाइम्स अफ इन्डियासँग कुरा गर्दै आफूहरू परिवार जस्तो भएको र मनमीतसँग बिहीवार साँझ कुरा गरेका बताए ।
‘हामीहरू दाजुभाइ जस्ता थियौं र म उनको विवाहमा पनि गएको थिएँ । हामी विगत ६ वर्षदेखि साथी छौं र उनी साथी मात्र नभई परिवारको सदस्य जस्तै थिए,’ मनजितले भने । ‘मैले उनीसँग बिहीवार अपराह्न ५ बजे कुरा गरेको थिएँ । उनी ठीकै छन् जस्तो लागेको थियो । चिन्तित जस्तो सुनिएका थिएनन् । उनी मसँग सबै पीरव्यथा बाँड्ने गर्थे ।’
मनजितले कोरोनाभाइरस लकडाउनका कारण कामको अवसरको गुमेको विषयमा आफूहरूले कुरा गरेको चाहिँ स्वीकार गरे । पैसाको अभाव हुन थालेको उनले बताएका थिए ।
मनमीतका अर्का नजिकैका साथीले पनि त्यसको चार दिनअघि आत्महत्या गरेको मनजितले बताए । ‘ती साथी पनि ऋणमा डुबेका थिए । मनमीत र उनी विदेश गएर आएका थिए र त्यसक्रममा ऋणको भारी बोकेका थिए ।’
मनमीतले छतको पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी कोरोनाभाइरस पोजिटिभ छन् कि भन्ने डरले कसैले पनि उनको मृत शरीरलाई झार्न मानेनन् ।
मनजितले भने, ‘सबैजना भिडियो बनाउनै व्यस्त थिए ।’
मनमीत 'आदत से मजबूर' र 'कुलदीपक' जस्ता टीभी सिरियलमा देखापरेका थिए । उनको विवाह दुई वर्षअघि भएको थियो ।
केही समयअघि मात्र अर्का टीभी कलाकार कुशल पञ्जाबी र सेजल शर्माले पनि आत्महत्या गरेका थिए ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...